उज्ज्वल प्रसाईं/ १६ असार
सिंगो प्रजातन्त्रले संकट बेहोरेका बेला, बोधनाथ शर्मा चैनले बस्न सक्ने कुरै भएन। देशका अन्य प्रजातन्त्रप्रेमीहरूको तुलनामा उनको व्यग्रता बढी छ। त्यसो त प्रजातन्त्रप्रतिको प्रेमको हिसाब किताबमा उनी जतिको अब्बल अरू कोही हुन पनि सक्दैन। मुलुकको राजनीतिबारे सबैभन्दा बढी बुझेको मान्छे हुनु र प्रजातन्त्रको गुरूत्तर जिम्मेवारीबारे गहिरो बोध हुनु गाह्रो रहेछ भन्ने उनलाई महसुस हुन थालेको छ।
बेचैनीले गाँजेर उनको दैनिकी बदलियो। आफ्नो स्वामित्वमा भएको मानव अधिकारवादी गैरसरकारी संस्थाको कार्यालय जाने उनको समय अहिले राजदुत र प्रजातन्त्रको रक्षा खातिर काठमाण्डुमा तैनाथ दाताहरूका कार्यालयमा राजनीतिक छलफल गरेर बित्न थाल्यो। कार्यालयमा धेरैबेर बस्नु खतरा महसुस गर्न थाले। बरू, विदेशी मित्रहरूका डेरामा अलमलिए, प्रहरीले समात्नै खोज्यो भने पनि सहजै फेला पार्दैन। राजाले प्रतिनिधि सभा विघटन गर्दा उनी यसरी नै व्यग्र भएका थिए। केही समयपछि राजाले प्रतिगमन आधा जति सच्याए, उनको अशान्त मनोदशा आधा जति नै कम भयो। त्यसले उनको दैनिकीमा धेरै हेरफेर ल्याएको थिएन। अहिले आएर राजाले पूरै सत्ता आफ्नो हातमा लिए। जसै प्रजातन्त्र र मानव अधिकार संकटग्रस्त बन्यो, उनका ब्रेकफास्ट र लन्च मिटिङहरूको संख्या ह्वात्तै बढ्यो। बोधनाथ शर्मा जतिको यथार्थबोध भएका मानिसको छटपटी यसै बढ्दैन।
बोधनाथ शर्माको यो छटपटी देखेका थिए, उनकै टोलमा बस्ने सोम सेढ्याईंले। वि.सं २०४६ पछि धन सम्पत्ती कमाएका मानिसहरूको बसोबास भएको टोलमा बस्थे यी दुवै। बिराटनगरमा विद्यार्थी राजनीतिमा चाख बस्न थालेका बेला सोमले बोधनाथलाई भेटेका थिए। केही वर्षसम्म देखभेट जारी रह्यो, पछि दुवैका बाटा अलग भए। बोधनाथ ऊबेलाका चल्तापुर्जा नेता थिए, जनआन्दोलनमा उनको सक्रिय सहभागिता थियो। त्यसैले सोमको नजरमा उनी सम्मानका पात्र थिए। आजभोलि बोधनाथको टोलबासी भएपछि, सोमले उनलाई यदाकदा सडकमा भेट्न थालेका छन्। बोधनाथले सोमलाई बिर्सिएछन्। सोमको अभिवादन फर्काउँदा उनले चिनारू भएको कुनै संकेत दिएनन्। त्यसो त सोम काम गर्ने दुतावासमा बोधनाथ पुगेको उनले धेरैपटक देखेका थिए। राजदूत र फस्र्ट सेक्रेटरीभन्दा तलका कर्मचारीसँग उनको खासै सम्बन्ध हुने कुरै भएन। चिनजान नवीकरण गर्ने लेठो उठाउनु पर्ने कुनै खाँचो थिएन त्यसैले सोम र उनको सम्बन्ध सडकको नमस्कारमा सीमित रह्यो।
राजाले सत्ता हातमा लिएपछिको कुनै बिहान सोम र बोधनाथको जम्काभेट भयो। बोधनाथको घर हुँदै मुल सडक निस्किने मोडमा उनीहरूको जम्काभेट भएको थियो। एकदमै नजिकबाट सोमले, ‘नमस्कार सर’ भने। उनले किञ्चित ठूलो स्वरमा सम्बोधन गरेछन् क्यारे, बोधनाथ झस्किए। उनी एकछिन हडबडाए, केही झोंकिए जस्तो गरेर सोमलाई हेरे। सोमले स्वर अलि नरम पारेर फेरि ‘नमस्कार सर’ दोहोर्याए। बोधनाथ केही नबोली, यसो हात उठाएर बाटो लागे। उनी त्यसरी झस्किनुको कारण बुझेनन् सोमले।
........ ........... ............
यो संकटग्रस्त बेलामा बोधनाथलाई त्यही पश्चिमा राजदूतावासमा तय गरिएको बैठकमा पुग्नु छ जहाँ सोम काम गर्छन्। यो प्रातकालीन बैठक ठूलो महत्वको हुनेछ। देशमा छाएको खग्रासले आफूलाई व्यक्तिगत रूपमा कति असर गरेको छ भनेर बुझाउनु यो बैठकको मुख्य उद्देश्य हो। प्रजातन्त्र र मानव अधिकारमा संकट उत्पन्न हुँदा, उनको भूमिका कसरी अहम बन्दै जान्छ भनेर गोडा बिसेक मिनेट उनले नबोली हुँदैन। राजदुत बेन इष्टर्लीलाई परस्थितिको बोध गराउन यति गर्नैपर्छ भन्ने बोधनाथलाई थाहा छ। तर राजाको कदमविरूद्ध भूमिका बढाउन कस्ता तगाराहरू छन्, यो पनि नबुझाई भएको छैन। आफूले केही नगरी, यहाँ अरू कोही अघि सर्नेवाला छैन। फसाद कस्तो छ भने, आफू अघि सरेर केही गर्नलाई ज्यानको सुरक्षा नै ठूलो चुनौती भएको छ। बैठकमा यति कुरो एकसरो बुझाउन पाए, राजदुतले पक्कै केही कदम चाल्नेछन् भन्नेमा बोधनाथ विश्वस्त छन्।
बैठकमा जानुअघि उनले बाहिरको माहोल बुझ्नै पर्छ। कारण, प्रजाको तन्त्र अब रहेन। छेउछाउका आफ्ना हितैषीलाई सोधपुछ गरेर प्रहरीको चहलपहल बुझ्न लगाउँछन्। आफैले सोर्स लगाएर अनुसन्धान विभागको निरीक्षक बनाएको एकजनालाई घरमा फोन गरेर आईपर्न सक्ने खतराको आँकलन गर्छन्। आफ्ना गैससकर्मी साथीहरूको अवस्था पनि बुझेपछि, उनले घरबाट निष्कने निर्णय गर्छन्।
सधैं हिँड्ने बाटोमा मोटर गुडाउँदा, निगरानी बढ्न सक्ने खतराको अन्दाज गरेर उनी फरक गल्लीबाट गुड्ने निधो गर्छन्। गोरा साहिबहरूको समय तलबितल पार्नु हुँदैन भन्नेमा उनी अतिरिक्त सचेत हुन थालेको दसौं वर्ष भइसकेको छ। त्यसैले उनी प्रशस्त समय राखेर निस्कन खोज्दैछन्। निस्कनुअघि उनी यसो कोठामा फन्को मार्छन्। केही बिर्सेजस्तो भान भइरहन्छ तर बिर्सेको के हो भन्ने मेसो पाउँदैनन्। कुर्सीबाट उठेर दराजसम्म, दराजबाट कुर्सीसम्म हिँडेर केही मिनेट बिताउँछन्। झट्ट सम्झेजस्तो गरेर उनी ऐना हेर्छन्।
ऐनामा उनले आफूलाई अतिरिक्त राम्रो देख्छन्। त्यसो त उनको सुन्दरताको प्रायः सधैं तारिफ नै हुने गरेको छ। ढाका टोपी सधैंभन्दा बढी मिलेको छ शिरमा, अगाडिको चुचो पनि ठिक्क ठाउँमा बसेको छ। टोपीको तल्लो मुखले छोप्नु पर्ने जति मात्रै निधारको भाग छोपेको छ। पछिल्तिर हेर्दा, टोपीले छोप्न बाँकी रहेको कपाल सपक्क मिलेर बसेको देखिन्छ। जुँगा हलुका बढेका छन् तर छरितो नै देखिन्छ, ओठका किनारा छोडेर कुनै रौं उछिटिएका छैनन्। अघि भर्खरै काटेको दारी कतै काहीँ छुटेको छैन, सफाचट चिल्लो देखिन्छ गाला। आँखाको चमकमा कुनै कमी आएको छैन। कञ्चन सिसा भएको र पातलो फ्रेममा बसेको राम्रो चस्माले उनको अनुहारलाई सजाएको छ।
भित्रपट्टि केही बाक्लो सर्ट र बाहिर शरीरमा छपक्क मिलेर बसेको छ इस्टकोट। पाँच महिना पहिले हेग सहरमा भएको गोष्ठीमा जाँदा किनेको इष्टकोटले उनको व्यक्तित्व भव्य बनाएको छ। आफू सधैं यतिकै भव्य देखिने हो वा आज मात्र राम्ररी नियालेकाले यति राम्रो देखिएको? उनी गम्न थाल्छन्। कसोकसो उनलाई सकसजस्तो केही हुन्छ। ऐना अघिल्तिर स्थिर उभिएर एकछिन आँफैलाई हेरेपछि, आफ्नै सुन्दरता भारी भएको भान हुन्छ बोधनाथलाई। प्रजातन्त्र र मानव अधिकारले बेहोरेको संकटबाट उत्पन्न बेचैनी छँदै थियो, आफ्नै भव्यताले तनाव थपिदियो।
मनमनै भन्छन्, ‘आज बढी नै एलिगेन्ट देख्छु त आफैलाई। बरू फुङ्ग उडेको देखिनु पर्ने।’ हिँड्ने समय घर्किन लागेको छ, उनी ऐना अघिल्तिर उभिएर अगाडिपछाडि सबैतिर हेरिरहेका छन्।
मुख खोलेर किच्च दाँत ऐनातिर देखाउँदै सोच्छन्, ‘राजनीतिक समस्याको निदान कसरी गर्ने भनेर सोचेर त्यत्रो बेर ननिदाई बसेको, त्यसको असर अनुहारमा पर्नुपर्ने नि। केही संकेत नै छैन।’
फर्केर कुर्सीमा बस्छन्, भुइँमा लडेका मोजा टिपेर खुट्टामा उन्दा, उनी फेरि तर्कना गर्न थाल्छन्, ‘सानो चिन्ताले सताउँदा पनि ती सनत आचार्यजीको अनुहार हेरी नसक्नु हुन्छ। निदारमा सात पत्र पारेर, नुर गिराएर आइपुग्छन् मेरामा। यति ठूलो समस्यासँग जुधेको छु, मेरो चाहिँ के सारो चम्केको अनुहार।’
दुईटै खुट्टामा मोजा उनेर उनी जुरूक्क उठ्छन्, अरू बेला अलिअलि दुख्ने कम्मर पनि आज त कहीँ कतै केही पत्तो पाउँदैन। ज्यान पुरै हलुङे र फुर्तीलो पो भएको छ। प्रष्टसँग बाहिर प्रकट हुनुपर्ने देश–चिन्ताको संवेदना कतैबाट चुहिएला जस्तो छैन।
एउटा जुक्ति सुझ्छ बोधनाथलाई। पुराना र खुइलिएका लुगा लगाएर गए कसो होला? त्यसो गर्दा आफू केही दिनदेखि घरमा बस्न नसकेको, कहिले कता, कहिले कता बस्नुपरेको भान पार्न सकिन्छ। एकैछिन पछि सोच्छन्, ‘पुराना लुगा पनि त्यस्तो परस्थिति इंगित गर्न सक्ने खालका छैनन् होला।’ जुक्ति उति गतिलो नलागेकाले त्यो लेठो गर्दैनन्।
बरू पुरानो चस्माले केही सहयोग गर्ला। ठूला ढ्याब्रे फ्रेम भएको चस्मा लगाए उचित होला भनेर उनी पुरानो चस्मा खोज्न थाल्छन्। तर, भनेका ठाउँमा त्यो फेला पर्दैन। घरका सबैलाई पालैपालो बोलाएर सोध्छन्, अहँ कतै छैन। यसो घडी हेर्छन्, समय घर्किनै लागेको देखेपछि, उनी यतिकै निस्कने निचोडमा पुग्छन्। आफैलाई सम्झाउन खोज्दै भन्छन्, ‘परस्थितिको गाम्भीर्य म बोलेर व्यक्त गर्न सक्छु। शरीरमा नदेखिएर केही नहोला। बरू यस्तो भव्य व्यक्तित्वलाई समेत यति ठूलो संकट आइपरेको छ भनेर बेन इष्टर्लीले सहानुभूति नै राख्ला।’
यो आफैमा गजबको सान्त्वना हुन्छ उनलाई। अलिअलि बढ्न थालेको चिन्ता तुरून्तै दुर हुन्छ। शारीरिक सुडौलपन र पहिरनादिले बढाएको व्यक्तित्वबारे चिन्ता सर्लक्क पन्छिएपछि, उही प्रजातन्त्र र मानव अधिकारको चिन्ता मात्रै बाँकी रहन्छ। ढुक्क भएर उनी मोटर चढ्दै चालकलाई उर्दी दिन्छन्, ‘आज पछाडिको गल्लीबाट निस्कने है बाबु, बागडोल पुग्नुछ।’
बेन इस्टर्लीको वासस्थानमा पुग्दा, भनिएको समयभन्दा लगभग ४ मिनट ढिलो भइसकेको हुन्छ। बैठक कोठामा पुगेर केही छिन कुरेपछि, बेन हात तेस्र्याउँदै उनलाई स्वागत गर्न आइपुग्छन्। हात मिलाएर सोफामा बस्नासाथ बोधनाथ भन्छन्, ‘परस्थिति कस्तो आइलाग्यो भने, आफू सधैं हिँड्ने सोझो बाटो हिँड्न पनि गाह्रो छ। जताततै सरकारी जासुस छन्, निगरानी गर्छन्। त्यसैले अर्कै बाटोबाट आउँदा ढिलो भयो।’ बेनले खासै ढिलो नभएको उत्तर दिएर, बोधनाथले उल्लेख गरेको निगरानीबारे सोध्छन्। यो प्रश्नलाई मौकाको रूपमा गजबले सदुपयोग गर्ने मनसुबाले देश र जनताले भोगेका समस्याबारे बोधनाथ लामो व्याख्यानमा उत्रिन्छन्।
बोधनाथको लगभग ३० मिनेटको व्याख्याको मजबुन यति नै होः ‘तपाईले थाहा पाउनु भएकै छ, राजाले कू गरे। प्रजातन्त्र मासेर सत्ता आफ्नो हातमा लिए। एकातिर शाही सत्ताको जगजगी बढ्न थालेको छ भने अर्कातिर माओवादीको आतंक जारी छ। यो दुईटाको चेपुवामा परेर जनता नराम्ररी थलिएका छन्। मानव अधिकार हननका घटना जताततै बढ्न थालेका छन्। हामी हाम्रो संस्थामार्फत मानव अधिकार रक्षा र प्रजातन्त्र सुदृढ बनाउनेमा गम्भीर रूपमा पहल गरिरहेका छौं। तर, हाम्रो जस्तो मानव अधिकार र प्रजातन्त्रप्रति समर्पित संस्थालाई अहिले राजाका मान्छेले तारो बनाएका छन्। म आफै असुरक्षित महसुस गरिरहेको छु। अनौठा मानिसहरू मेरो कार्यालयमा पत्रकारका भेषमा आएर मसँग अप्ठ्यारा कुरा गर्न थालेका छन्। सादा पोशाकका प्रहरीहरू मेरो घरवरपर निगरानी गरिरहेको मैले आफै देखेको छु। म माथि दिनरात निगरानी बढाइएकोले परिवारका अरू सदस्यमा समेत ठूलो मनोवैज्ञानिक असर परेको छ। सन् १९९० को जनआन्दोलनमा म आफैले सक्रियतापूर्वक पूर्वको कमाण्ड सम्हालेका कारण, पञ्चायती शासकहरूका नजरमा ऊबेलादेखि नै म तारो बनेको हुँ। त्यसैले अहिले पनि अरू सबैभन्दा बढी ममाथि निगरानी बढाइएको छ। यस्तो बेला प्रजातन्त्र र मानव अधिकार रक्षाको खातिर खतरा मोलेर भए पनि हामीले केही गर्नैपर्छ। तर, अहिले मलाई व्यक्तिगत रूपमा नै केही पर्यो भने, यसबारेमा काम गर्ने अरू साथीहरू समेत हतोत्साही हुनेछन्। मलाई कथं पक्राउ गरियो भने, बाहिर मान्छे परिचालन गर्ने, लेख्ने, बोल्ने, र अन्तर्राष्ट्रिय स्तरमा यहाँका संकटका बारेमा कुरा पुर्याउने मान्छेकै खाँचो हुन्छ। एउटा अनुभवी र सिनियर मान्छे नै खोरमा थुनिए भने, यस्तो अवस्थामा अरू कसैले केही काम गर्नै सक्दैन। त्यसैले विषयको गाम्भीर्यलाई अन्तर्राष्ट्रिय समुदायले आत्मसाथ गर्नु जरूरी छ। अहिलेको परस्थितिमा राज्यबाट जोगिएर हामी जस्ता मानव अधिकार र प्रजातन्त्रको पक्षमा लडेका मानिसलाई केही सहयोग गर्न आवश्यक छ। अहिलेसम्म तपाईंहरूकै सहयोग पाएर हामीले प्रजातन्त्र र मानव अधिकारको धुकधुकी बँचाएका थियौं। बल्लतल्ल हुर्काएको प्रजातन्त्रको यो बिरूवा अहिले मास्न खोजिएको छ, तपाईंहरूले तत्परता देखाउनु पर्यो।’
बोधनाथ शर्माले आफ्नो बेचैनी प्रष्ट देखिने गरी संकटपूर्ण अवस्थाको चित्रण गरे। बेनले बडो धैर्यतापूर्वक उनका कुरा सुने। बेला बेला विषयको गम्भीरता र संकटको गहिराइले छोइएर उनी आँखा विस्फारित पार्छन्, निदार खुम्च्याउँछन्, र लामो सास तानेर खुइय गर्छन्। राजदूत आफ्नै लवजमा बेलाबेला ‘ओ माइ गड, माइ गुडनेस’ दोहोर्याइरहन्छन्। दुईका अघिल्तिर ल्याइएका तातो चिया सेलाएर चिसो भइसकेको छ। बोधनाथले कुरा सकेपछि राजदूत बेन केही मिनट मौन बसे र चिसो चियाको दुई घुट्को लिए। बोधनाथतर्फ आफ्ना दयालु नजर अड्याए, आफूले पक्कै केही गर्ने वचन दिँदै सोधे, ‘यस्तो जटिल अवस्थामा हामीले हाम्रो सीमितताबीच के गर्न सक्छौं त? तपाईंले केही सुझाउन सक्नुहुन्छ?’
आफूले दिएको व्याख्या बेनलाई घत परेको थाहा पाएपछि बोधनाथले पूर्ण आत्मविश्वासका साथ चियाका तिन चिसो घुट्की लिए। उनले अब धेरै कुरा चपाउनु हितकर हुँदैन भन्ने बुझेर सोझै प्रस्ताव राखे, ‘म काठमाण्डु बस्न सक्ने अवस्था रहेन। राजनीतिक दलका केही भरपर्दा नेता समेत जोगिएर भारतको दिल्ली र सिलिगुढीतिर गएर बसेका छन्। अबको केही समय उतै गएर बस्न उचित हुन्छ। तर उहाँ बस्दा पनि सुरक्षित भएर बस्नुपर्ने हुन सक्छ। राजाका मान्छेले उहाँ पनि हामीमाथि आक्रमण गराउन सक्छन्। राम्रो र सुरक्षित ठाउँको व्यवस्था गरेर केही महिना उता बस्ने सोचेको छु। सक्नुहुन्छ भने, यसका लागि सहयोग गर्नुपर्यो।’
बेनले आफूलाई प्रस्ताव ठीक लागेको र सहयोग गर्न तत्पर रहेको उत्तर दिए। कार्यालयमा सानो छलफल गरेर त्यसको व्यवस्था मिलाउन सक्ने उनको आशय थियो। आफ्नो तजबीजले उचित लागेको ठाउँमा खर्च गर्न सक्ने गरी केही फन्ड भएकाले, त्यसैबाट उनलाई सहयोग गर्ने बाचा दिए। राजदुतको भरपर्दो आश्वासन पाएर बोधनाथ शर्मा प्रजातन्त्र र मानवअधिकारको अवस्था केही सुदृढ हुनेमा ढुक्क भए।
घर फर्कँदा उनले मूल बाटो नै पहिल्याए। मोटरको ऐनामा आफूलाई हल्का चिहाएर हेर्दा, बोधनाथले आफ्नो व्यक्तित्व उस्तै भव्य देखे। उनी फर्कँदै गर्दा, सोम सेढ्याईं पस्दै थिए। बोधनाथ वास्ता नगरी अघि बढे।
राजदुत बेनसँग भेटेर फर्केको केही समयपछि उनले राजदुतावासबाट काम फत्ते भएको सूचना पाए। दिल्लीको वसन्त कुञ्जमा एउटा घर, हिँडडुल गर्न एउटा गाडी, गाडी चालक र केही महिनालाई पुग्ने अन्य मसलन्द खर्चको व्यवस्था भएको थियो। देशमा प्रजातन्त्र र मानव अधिकारमा परेको संकटको डटेर सामना गर्न बोधनाथ शर्मा सपरिवार दिल्ली प्रस्थान गरे।
.......... .............. .............
त्यसपछि बोधनाथ शर्माको घरमा ताला लाग्यो। घरमा भएको कुकुर छिमेकीको जिम्मा लगाइयो। कुकुर जिम्मा लगाउने बेला, बोधनाथकी श्रीमती सुभद्रा दिदीले भनिन्, ‘बहिनी, हामी पन्ध्र दिनमा आउँछौं, त्यतिञ्जेल यो जोलीको दुःख बेहोरिदिनु पर्यो।’ टोलमा सुभद्रा दिदीको ठूलो इज्जत भएकाले सकस मान्दै भए पनि छिमेकीले कुकुर जिम्मा लिए।
सोम सेढ्याईं बोधनाथको घरकै बाटो पैदल आउने जाने गरिरहन्छन्। सधैं बोधनाथको कम्पाउन्डमा शान्त देखिने जोली छिमेकीको आँगनमा बेस्सरी भुकिरहेको उनले देखे। छिमेकीको छोरोले बेला बेला आँगनमा निस्केर कुकुरलाई लात हान्दै गरेकाले जोडजोडले भुकिरहेको होला भन्ने सोमले अन्दाज लगाए। केही दिनसम्म साँझमा अन्धकार देखियो बोधनाथ शर्माको घर।
लगभग बाह्र दिनसम्म सुनसान रहेको बोधनाथको घरमा सोमले एक साँझ बत्ती बलेको देखे। बुढा उतै बसेर अरूलाई घर फर्काएछन् भन्ने उनले अनुमान गरे। तर भोलिपल्ट बिहान कम्पाउन्डमा ढुनुमुनु गरिरहेका बोधनाथलाई देखेपछि सोम छक्क परे।
देशमा प्रजातन्त्र निलम्बित थियो। बोल्न, लेख्न, र संगठित भएर राज्यका ज्यादती माथि प्रश्न उठाउन अप्ठ्यारो थियो। सोम सेढ्याईंले यी सबै अवस्थाको खबर राखेका थिए। त्यसैले राजदुत बेनले बोधनाथलाई सहयोग गर्न देखाएको तत्परता उनलाई जँचेको थियो। उनलाई सहयोग स्वरूप दिइएको रकम केही बढी जस्तो लागे पनि राजाको ज्यादतीबाट बोधनाथजस्ता प्रजातन्त्रप्रेमीहरू जोगिएको राम्रो हो भन्ने उनलाई लागेको थियो। तर, कम्तीमा तिन महिना दिल्ली बसेर प्रजातन्त्र पुर्नबहालीको पक्षमा काम गर्नुपर्ने मान्छे यति चाँडै काठमान्डुमा आएको थाहा पाएर उनी अचम्मित भएका थिए।
हरेक दिन जसो विहान बेलुका सोमले बोधनाथको घरतर्फ आँखा लगाए। कुनै जरूरी कामले केही दिनलाई घर फर्केको हुन सक्ने उनको अनुमान थियो। तर, हप्तौंसम्म बोधनाथ घरमै बसिरहेको देखेपछि, सोम सोचमग्न भए, ‘आखिर दिल्ली नै बस्नुपर्ने त्यस्तो गम्भीर अवस्था केही आइपरेको रहेनछ त।’ प्रजातन्त्र र मानव अधिकारको नाममा दिइएको सहयोगको यसरी बेमतलब खर्च भएको देखेपछि सोमलाई अप्ठ्यारो महसुस भयो। उनले बेन इष्टर्लीसँग कुरा गरे कसो होला भनेर मनमा तर्कना गरे। तर, बेनसँग सोझै बोधनाथ जस्तो ठूलो र राजदुतसँग व्यक्तिगत तहको सम्बन्ध भएको व्यक्तित्वबारे बद्ख्वाईं गर्न सजिलो थिएन।
केही दिन उनले यसबारे सोची मात्र रहे, कुनै कदम चालेनन्। आफैले बोधनाथलाई भेटेर सोधौं कि भन्ने पनि लाग्यो सोमलाई। तर एक्कासी यस्तो कुरा सोध्न अप्ठ्यारो भयो, के भनेर सोध्ने? तर हरेक दिन बोधनाथलाई घरमा देखेपछि भने उनले अरू धैर्य गर्न सकेनन्। घरमा आएर आफ्नी श्रीमतीलाई सबै बेलिविस्तार लाएर भने, ‘त्यत्रो ठूलो नाम कमाएको मान्छेले यस्तो लाजमर्दो काम गरेको देख्दा दिक्क लाग्यो। विदेशीले हामीलाई त्यसै हेपेर कुरा गर्दैनन्।’ श्रीमती रिमाले अर्काको पछि लागेर केही फाइदा नहुने जवाफ दिइन्। उनले भनिन्, ‘तपार्इंले कुरा लगाएको थाहा पाए भने, आफ्नै टोलको सबैभन्दा ठूलो मान्छे हाम्रो दुश्मन बन्छ। भो, जेसुकै होस्, वास्ता नगर्नुस्। त्यसरी खाने कति होलान् कति, सबैलाई सुधार्न सके पो केही हुन्छ। एउटाको सोमत सोझ्याएर के नापिन्छ?’
हिजो आफूले मानेको मान्छे यस्ता साना स्वार्थमा बिकेको सोमको आदर्श मनले पचाउन सकस मानिरहेको थियो। श्रीमतीको सल्लाह एक ठाउँमा मनासिब नै थियो। उनले केही निधो गर्न सकेनन्।
भोलिपल्ट बिहान फेरि बोधनाथसँग जम्काभेट भयो, उनले सदाझैं नमस्कार भने। बोधनाथ पहिले जसरी नै हडबडाए तर केही नबोली नमस्कार फर्काए। नहुनु भेट भइसकेपछि, फेरि तिनै बोधनाथबारे सोमका मनमा अनेक तर्कना उब्जिए। सोच्दै गएपछि, उनले बेनसँग कुरा गर्ने नै निधो गरे। घर फर्केर उनले श्रीमतीलाई केही बताएनन्। बरू कार्यालय पुग्ने बितिकै बेनसँग समय मिलाउन उनकी सचिवसँग भेट्ने अठोट गरे।
कार्यालयमा पुगेर उनले धक मान्दै बेनसँग भेट्ने समय मिलाइदिन उनकी सचिवसँग आग्रह गरे। सचिवले सहजै हुन्छ भनिन्। केही घन्टापछि उनलाई बेनको कार्यालयमा हाजिर हुन आदेश आयो। उनलाई सुरूमा अप्ठ्यारो लाग्यो। एक मनले सोचे, ‘अरू नै केही बात मारेर फर्कौं, भो। रिमाले भनेको ठीकै हो।’ अर्को मनले भन्यो, ‘हैन, बोधनाथको उछितो नकाढी, उसको अहिलेको खबर मात्रै सुनाए के बिग्रेला र !’
यति सोच्दा नसोच्दै उनी बेनको कार्यालयमा पुगे। आफ्ना सबैभन्दा उच्च हाकिमका अघिल्तिर पुगेपछि उनी केही क्षण नर्भस भए। हाकिमले उनलाई बस्न अह्राए। बसेर उनले आफूलाई राम्रोसँग सम्हाले अनि भने, ‘सरसँग कुरा गर्नुपर्ने एउटा अलि अनौठो विषय छ, अन्यथा नमानिदिनुहोला।’ बेनले हाँसेर अप्ठ्यारो नमानी भन्नु पर्ने कुरा सोझै भन्नु राम्रो हो भने। बेनको सौहार्दताले उनलाई केही बल दियो।
उनले भने, ‘सर, बोधनाथ शर्माका बारे कुरा गर्नुछ।’
‘के भयो र? उनी पक्राऊ परे?’
‘हैन सर, उनी अहिले काठमान्डु घरमै आराम गरेर बसिरहेका छन्।’
‘ए, ठीक छ। अनि के भयो त?’
‘उनी दिल्लीमा हुनुपर्ने हैन र सर? केही दिन पहिले हामीले उनलाई दिल्लीमा तीन महिनालाई बस्ने व्यवस्था मिलाइदिएको हो, सरले नै आदेश दिनुभएको थियो।’
‘ए, उनी यतै छन्? अरू?’
बोधनाथले प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्ने नाममा लगेको रकमको दुरूपयोग गरेकोबारे सोमले विस्तारमा सुनाए। दस बाह्र दिन परिवारलाई भारत वा अन्यत्रै कतै घुमाएर सो रकम खर्च गरेकोबारे उनले दुखेसो गरे। दूतावासबाट लगेको रकम चानचुने रकम नभएको र त्यो पैसा मोजमस्ती र परिवारको आउटिङमा सिध्याएको हुन सक्ने बताए। उनले भने, ‘नेपालका प्रबुद्ध भनिएका नागरिक यस्तो भएकोमा आफू समेत लज्जित छु, सर।’
उनको कुरा ध्यानपूर्वक सुनेर बेन इष्टर्ली एकछिनसम्म मुस्कुराए। बोधनाथको ठगीप्रति कुनै क्षोभ नभई आफैप्रति व्यंग्य गरेको जस्तो हाँसो हाँसिरहेका बेनलाई देखेर सोमलाई अप्ठ्यारो लाग्यो। उनले भुईंतिर हेरे।
एकछिन मौन रहेपछि, बेनले भने, ‘मलाई यस्तो हुन्छ भन्ने राम्रो अन्दाज थियो। यो सबै सामान्य हो, सोम।’
बोधनाथ शर्माको कृत्यले उनलाई जति अप्ठ्यारो महसुस भएको थियो, इष्टर्लीको कुराले उनलाई त्यो भन्दा बढी अचम्मित तुल्यायो। उनले किञ्चित दबेको स्वरमा एकै सासमा भने, ‘त्यत्रो पैसा फजुल खर्च भएन र? यो त जवाफदेहीताको उल्लंघन हैन र? हामी जवाफदेहीताबारे सचेत हुनुपर्ने हैन र?’
इष्टर्लीले उतिकै नरम भाकामा निर्देशन दिए, ‘हामीले यस्ता सब काम गर्न जरूरी हुन्छ। बोधनाथ शर्माजस्ता अरू थुप्रै छन् यहाँ। उनीहरू खास समयमा काम लाग्ने मान्छे हुन्, सोम। सबैको भाग पुर्याइदिनुपर्छ।’ यसपटकलाई बोधनाथको भाग पुगेको थियो।
सोम चुपचाप आफ्नो कार्यकक्षमा फर्किए।
प्रकाशित १६ असार २०७४, शुक्रबार | 2017-06-30 16:43:48
नेपाल खबरमा प्रकाशित / https://nepalkhabar.com/np/news/magazine/18499/
डेभिएन्टआर्ट |

0 comments:
Post a Comment