उज्ज्वल प्रसाईं / काठमाडौ, भाद्र १५ -
अर्को भित्तामा टाँसिएको पुस्तकको पोस्टरमा मेरा आँखा धेरै बेरसम्म अडिए ।
लेखकको नाम पढें- समी अहमद खान । अर्थात् उही समी जो 'रेड जिहाद'को लेखक हो । जेएनयुको होस्टलमा मेरो पार्टनर यही लेखक हुनेछ ।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय -जेएनयु) घुम्न आउने पाहुना सायद सबभन्दा बढी यहाँका रंगीन भित्ताहरूतर्फ आकषिर्त हुन्छन् । अनेक किसिमका नारा र कविता लेखिएका पेन्टिङ र पम्पलेट पढ्दै हिँड्दा नवागुन्तकलाई रमाइलै हुन्छ । यस्तो लाग्छ मानौं विद्यार्थीहरू नोटबुकमा भन्दा भित्तामा बढी लेख्छन् । यहाँ के भइरहेको छ भन्ने जान्न पनि भित्तामा जताततै टाँसिएका सूचनांकित सेता पोस्टर हेरे पुग्छ । यी भित्ताहरूमा सिंगो विश्वविद्यालयको जीवन्तता छचल्केको हुन्छ । कुनै एक बिहान यी सबै भित्ता सपाट बने भने, त्यो जेएनयु, जेएनयु रहँदैन । लगभग सबै विद्यार्थीको दैनिकीको एउटा अंश भित्ता हेर्नमा बित्छ अर्थात् यो यहाँका विद्यार्थी जीवनको अभिन्न अंग बनिसकेको छ ।
केही दिनअघि यस विश्वविद्यालयमा भर्ना हुन आउँदा, भित्ता हेर्ने उपक्रम राम्रैसँग दोहोरियो । त्यसबेला देखिएको एउटा नयाँ किताबको पोस्टरले ध्यानाकर्षण गरेको थियो- 'रेड जिहाद ः ब्याटल फर साउथ एसिया ।' नाम नै 'पोलिटिकल्ली चार्जड' छ भन्ने मेरो ठम्याइ थियो । लाग्यो, वामपन्थी र इस्लाम राजनीतिको चिरफार गरेको होला कुनै राजनीतिशास्त्री वा पपुलर हिस्ट्री लेख्ने कुनै भारतीय लेखकले । त्यो किताबको लेखकको नामसँग म परिचित थिइनँ । यसो बुझेर कुनै दिन पढ्नुपर्ला भन्ने सम्झँदै म भर्नाका लागि गर्नुपर्ने औपचारिक काममा लागें ।
यसबीचमा दिनहरू त्यो ठूलो क्याम्पसभित्रकै नयाँ ठाउँ हेर्ने र जेएनयुलाई राम्रोसँग बुझ्ने उद्यममै बिते । डिन कार्यालयबाट होस्टलका लागि अनुमति पाएपछि एक दिन होस्टलमा भएका खाली कोठाहरू हेर्न पुगियो । हरेक कोठामा दुईजना बस्नुपर्ने नियम । प्रायः सबै खाली भनिएका कोठामा एक एकजना विद्यार्थीहरू बसिरहेका । एउटा खाट खाली भएका कोठाहरू अधिकांश हेरियो । कस्तो मान्छेको फेला परिने भो भन्ने अन्योल गाँठो पर्दै गइरहेको थियो । खुला भएका कोठाहरू हेरें, त्यति चित्त बुझेन । मलाई हेर्नु भनिएका मध्येको एउटा कोठाको बन्द ढोकामा टाँसिएको पोस्टरले ध्यानाकर्षण गर्यो । यहाँ पनि पोस्टर ! त्यहाँ बस्ने मान्छे र कोठाको भित्र केही नहेरी मैले निर्णय गरें, अब म यही ३४७ मा बस्छु ।
केयरटेकरसँग त्यहाँ बस्ने अर्को मान्छेको नाम र फोन नम्बर लिएर म पहिल्यैदेखि साथीहरूसँग बसिरहेको होस्टल फर्कें । मेरो हुनेवाला रुममेटको नाम मलाई कतै पहिल्यै सुनेको झैं लाग्यो । भोलिपल्ट फोनमा कुरा गरें र भनें म तिम्रो नयाँ रुममेट हुँ । त्यसको ३ दिनपछि उनी क्याम्पस आएर मलाई साँचो दिएर भने, 'अझै म केही दिन बाहिरै हुन्छु, अब कोठा तिम्रै भयो, आरामले बस ।' हँसिलो चेहराको समी अहमद खानले थपे, 'म अंग्रेजी साहित्यमा पीएचडी गर्दै छु । मेरो स्पेसलाइजेसन साइन्स फिक्सन र टेक्नो कल्चर हो ।'
उनीसँग साँचो लिएकै दिन सामान लिएर पुगें कोठा नं ३४७ । ढोका खोलेर हेरेपछि थाहा भयो, मैले अनुमान गरेभन्दा राम्रो रहेछ कोठा । म्यालकोल्म एक्सको ठूलो पोस्टरले सिंगै कोठालाई चाहिने सौन्दर्य दिएको छ । बुकर्याकमा केही नयाँ किताबहरू र टेबलमा एक दर्जन जति कलम । अरू खासै केही थिएन । अर्को भित्तामा मेरा आँखा अडिए धेरै बेरसम्म । माथि उल्लेख भएको किताबको पोस्टर त्यहाँ पनि थियो । लेखकको नाम पढें- समी अहमद खान । अर्थात् उही समी जो 'रेड जिहाद'को लेखक हो ।
तर, के उही मान्छे हो त ? उसले 'रेड जिहाद' कतै राखेको हुन सक्छ भनेर मैले पूरै छान मारें, टेबलका ड्रअर र दराज सबै । कतै भेटिनँ । मलाई खुल्दुली भयो । जेएनयुको अंग्रेजी साहित्य अध्ययन केन्द्रमै अध्ययनरत साथी दिनेश काफ्लेलाई समीका बारेमा सोधें । दिनेशले भने, 'उनले भर्खरै एउटा उपन्यास प्रकाशन गरेका छन् ।' मैले सोचेजस्तो कुनै गैरआख्यान राजनीतिक पुस्तक नभएर त्यो त 'थि्रलर' पो रहेछ ।
'नेपालको कलैयामा बसेर लडाइँको योजना बुनिरहेको नक्सलवादी अर्थात् माओवादी नेता अज्ञातसँग एक पाकिस्तानी आतंकवादी समूहको जिहादी नेता यासिर बसिरको भेट हुन्छ । उनीहरू दुवैको तत्कालको उद्देश्य एउटै हुन्छ । भारतीय संस्थापनलाई चुनौती दिने, उसको सातो लिने । पाकिस्तानी आईएसआई र सेनाका केही मान्छेको साथमा उनीहरूले संयुक्त रूपमा काम थाल्छन् । भारतले एकदमै गोप्य ढंगबाट निर्माण गरिरहेको 'पार्ले' नामको क्षेप्यास्त्र कब्जा गर्ने र भारतमाथि आक्रमण गर्ने उनीहरूको योजना मुताबिक काम सुरु हुन्छ । त्यसमा उनीहरू सफल पनि हुन्छन् । तर, मिसाइल भारतको कुनै ठूलो सहरमा नभई पाकिस्तानको लाहोरमा गएर खस्छ । कथाले यहाँ आएर फरक मोड लिन्छ । भारत-पाक युद्ध सुरु हुन्छ र केही दिनमै रोकिन्छ । र, त्यसपछि केही अचम्म लाग्दा घटना हुन्छन् ।'
दक्षिण एसियाको इतिहासमा यस्तो घटना अहिलेसम्म कहिल्यै भएको थिएन । त्यसैले यो उपन्यास इतिहासको कुनै सत्य घटनामा आधारित छैन । बरु यसमा भविष्यको आँकलन छ । समीको विशुद्ध काल्पनिक कथा सन् २०१४ मा घट्छ । त्यसबेला पाकिस्तानमा पूर्ण लोकतन्त्र स्थापना भइसकेको हुन्छ र भारतसँगको सम्बन्ध न्यानो बन्दै गइरहेको हुन्छ । यिनै परिवर्तलाई पचाउन नसकेको पाकिस्तानको अतिवादी समूहले केही उपद्रो मचाउन चाहन्छ । त्यसैक्रममा रेड करिडरमा फेला पर्छ नक्सलवादी नेता । अर्थात् अबको दुई वर्षपछि नक्सलवादी र कुनै अतिवादी जिहादीको यसरी मिलन हुन गयो भने के हुन्छ ? यही प्रश्नको अनुमानित उत्तर हो 'रेड जिहाद ।'
नेपालमा सशत्र युद्ध गरिरहेका माओवादी शान्ति प्रक्रियामा आए, सरकार बनाए । अहिले दलीय राजनीतिको भेडियाधसान उनीहरूको पनि दैनिकी बनिसकेको छ । के समीले भारतको भविष्य, अझ उसैको शब्दमा भन्दा दक्षिण एसियाको भविष्य, कल्पिँदा नक्सलवादीहरू पनि मूलधारको राजनीतिमा समाहित भएको कल्पना गर्न सक्दैन थिए ? केले रोक्यो उनलाई त्यस्तो कल्पना गर्न ? किन उनले कल्पनाको पल्लो फालमा पुग्दै दुई विपरीत ध्रुवका अतिवादी शक्तिलाई एकै ठाउँमा उभ्याए ? उत्तर तयार छ ः 'मेरो कल्पनाको आधार भनेको हामीले दिनहुँ हेर्ने र पढ्ने सञ्चार माध्यमले फैल्याउने न्यारेटिभ हो । हाम्रा सञ्चार माध्यममा आएका कथा कहानीबाट अबको भविष्य मैले उपन्यासमा भनेजस्तै हुन सक्छ ।' उनको स्पष्टीकरणको अन्तर्यमा सञ्चार माध्यमले सजिलोसँग यहाँका मध्यम र निम्न मध्यम वर्गका मान्छेलाई पढाएको राजनीति छ । अर्थात् यो वर्गका आम मान्छेको मनोवृत्तिलाई आधार बनाएर उनले आफ्नो कथा कल्पना गरेका छन् । तर, कल्पना कमजोर भने छैन । नक्सलवादीहरूले यसलाई उनीहरूको आन्दोलनलाई गरिएको चरम भ्रष्टीकरण भनेर बुझ्न सक्छन् । र, कुनै दिन यही जेएनयुको भित्तामा 'रेड जिहादजस्तो भ्रष्ट कृतिलाई जलाउनुपर्छ' भनेर कसैले पोस्टर टाँस्न बेर छैन । यति संवेदनशील विषयलाई लिएर काल्पनिक उडान भएको उपन्यास लेख्न डर लागेन ? जेएनयुमै भएको एक अन्तरक्रियामा उनलाई कसैले प्रश्न गर्छ । प्रश्न भुइँमा खस्न नपाउँदै, उनी हाँस्दै भन्छन्, 'कम अन्, पि|mडम टु स्पिक । हो, मलाई धेरैले डर देखाएका थिए । तर अहिलेसम्म त्यस्तो कुनै खतराको सामना गर्नुपरेको छैन ।'
उपन्यासमा आउने भारतीय नेता, कर्मचारी, सेनाका वरिष्ठ अधिकृत र सामान्य जवान, माओवादी लडाकु, आतंकवादी संगठनका सदस्य, यी सबै पात्रहरू काल्पनिकभन्दा यथार्थजस्ता लाग्छन् । यी सबैका मनोविज्ञान राम्रैसँग अध्ययन गरेको जस्तो लाग्छ लेखकले । उनका पात्रहरू उनले दैनन्दिन सञ्चार माध्यममा आउने मानिसहरूबाटै टिपेका छन् । तिनका विचार र संवादका स्रोत पनि पत्रपत्रिकाहरू नै हुन् भन्ने पाठकले ठम्याउन सक्छन् । फिल्म निर्माणमा समेत संलग्न भइसकेका उनले व्याख्या गरेका लडाइँका दृश्यहरूमा जीवन्तता छ ।
दिल्ली विश्वविद्यालय अन्तर्गतको राजधानी कलेजबाट अंग्रेजी साहित्यमै बीए गरेका समीले जेएनयुमा एमएदेखिको पढाइ गरे । जेएनयुको 'देब्रे ढल्के'को राजनीतिक माहोलले उनलाई पनि राम्रैसँग छोएको छ । त्यसो त उनी विद्यार्थी राजनीतिमा केही समय सक्रिय भएर लागेका पनि हुन् । अहिले भने उनी आफ्नोे राजनीतिक लगावलाई 'लेप्fm्ट अफ सेन्टर' भन्न रुचाउँछन् । उनको राम्रो राजनीतिक सुझबुझले हुन सक्छ थि्रलर नै सही तर राजनीतिक नै लेखूँ भन्ने लागेको । पछिल्लो समय भारतका तन्नेरी लेखकहरूले क्याम्पस रोमान्स र हलुका खाले प्रेम कथाहरू मात्र लेखिरहेका थिए । उनले यीमध्ये लगभग १० कृति पढेछन् । पात्र र स्थान फरक, मूल कथा उही । तन्नेरी पिरतीका वरिपरि घुमिरहने कथा, त्यसै क्रममा पैदा हुने समस्या र निदानका लगभग उस्तै उपाय ।
समीलाई यस्तो र्फमुला मुखाग्र भए पनि केही फरक गर्न मन थियो । तर, उनी चेतन भगतलाई पछ्याउनतिर पनि लागेनन् । अरू साहित्यका गम्भीर विद्यार्थीले जस्तो भगतलाई उनले नकारेनन् पनि । तर भगतले सुरुमा लेखेका केही किताबहरू मन पराएर पढेको सुनाउन उनले धक मानेनन् । तर, साइन्स फिक्सनका जबर्जस्त फ्यान यी तन्नेरी उपन्यासकार केही फरक गर्ने चक्करमा थिए । साइन्स फिक्सनकै बान्की टिपेर उनले लेखे राजनीतिक कथावस्तु भएको थि्रलर 'रेड जिहाद ।'
उनले बेस्टसेलर हुन किताब लेखेका होइनन् । आफूभित्र पाकिरहेको एउटा कथालाई उपन्यासका रूपमा बाहिर ल्याउनु थियो, ल्याए । तर प्रकाशित हुनु त्यति सजिलो भने रहेनछ भन्ने उनले भर्खरै उत्खनन गरेको ज्ञान हो । एक साहित्यिक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, 'मलाई लेख्न र प्रकाशक खोज्न उति नै परिश्रम गर्नुपर्यो ।' तर, धेरै मिहिनेतपछि रूपाले पत्यायो । नयाँ प्रयोग गर्ने हिम्मत गर्यो । छोटो समयमा पहिलो संस्करण सकिइसकेको छ ।
उनको उपन्यासमा नेपाल रेड करिडरका रूपमा प्रकट भएको छ । 'रेड जिहाद'लाई रेड करिडरका पाठकले कसरी हेर्छन्, त्यो थाहा पाउन बाँकी नै छ । उनीहरूलाई मन परे नपरेको फेसबुकमा लेखी पठाउलान्, म समीलाई सेयर गरिदिउँला । जेएनयुका भित्ता जत्तिको जीवन्त नभए पनि नेपाली पाठकहरूका लागि फेसबुकका भित्ता कम रोमाञ्चकारी छैनन् आजकल ।
प्रकाशित मिति: २०६९ भाद्र १६ ०९:४८
कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2012/08/31/278709.html

0 comments:
Post a Comment