Friday, May 18, 2018

प्रचण्डको प्रेम र धोका

उज्ज्वल प्रसाई / जनकपुर ६ श्रावन, २०७२

प्रचण्ड एक ताका मधेससँग प्रेममा परेको बताउँथे । प्रचण्डले बोलेर प्रेम (?) व्यक्त गरे । मधेसले उनलाई विश्वास गर्यो, कर्मले नै उनीप्रतिको प्रेम दर्शायो । वामपन्थी किल्ला भनिएको कीर्तिपुरले माओवादी सुप्रिमोसँग ‘बदला’ लिइरहँदा, सिराहाले उनलाई चुनावमा जिताएर प्रेम प्रदर्शन गरेको थियो । तर, प्रचण्डले धोका दिए । अर्कोपटक फेरि प्रेम परेको यदि प्रचण्डले बताए भने, सिराहा मात्र होइन, सायद सिंगो मधेसले उनलाई सपाट भाषामा भन्नेछः ‘केपी ओलीको प्रतिच्छायाँप्रति हामीलाई कुनै अनुराग छैन ।’ संविधानको पहिलो मस्यौदामा सुझाव संकलन गर्न जाँदा उनीप्रति देखाइएको आक्रोशलाई बुझ्न टाउको दुखाइरहनुपर्दैन ।

भोलि सीमांकन गरेर नै संविधान जारी गरिएछ भने पनि मधेसलाई सर्वथा कमजोर बनाउने तय गरेर नै त्यो सम्भव तुल्याइनेछप्रचण्डले ‘केपी डक्ट्रिन’लाई नै आफ्नो राजनीतिक रोडम्याप बनाएको सचेत मधेसी नागरिकहरुको बुझाइ छ । मधेसको कुनै अस्तित्व नै नभएको बताउने केपी ओलीलाई मधेसले आफ्नो मित्र मान्दैन, प्रचण्डलाई पनि मित्र मानिरहन उनीहरुको कुनै बाध्यता छैन । १६ बुँदे त्यस्तो महेन्द्रीय धागो हो जसले केपी र प्रचण्डलाई कसेर बाँधेको छ । महेन्द्रको प्रेतले मधेसलाई सदैव परचक्री देख्छ भन्ने बुझ्न मधेसीको आजपर्यन्तको अलगाव भोगाइ नै काफी छ । अब अर्को मौका दिने शंकाको सुविधा समेत रहेन मधेसीसँग । कारण, मस्यौदाले मधेसलाई अहिलेभन्दा कमजोर बनाएको छ ।भोलि सीमांकन गरेर नै संविधान जारी गरिएछ भने पनि मधेसलाई सर्वथा कमजोर बनाउने तय गरेर नै त्यो सम्भव तुल्याइनेछ । केपी डक्ट्रिनमा यो भन्दा फरक केही आशा गर्न सकिने ठाउँ छैन ।


प्रचण्डले मधेसलाई धोका त दिए नै, हिजो उनको पार्टीले आफ्नो समुदायको मुद्दा बोकेको छ भनेर माओवादीमा आएका नेता कार्यकर्तालाई पनि ‘पेन्डुलम’ बनाइदिए । त्यसरी माओवादीसँग जोडिन मधेसी, दलित, जनजाति, र सीमान्तकृत सुमदायका मानिसहरु आएका थिए । हो, माओवादीको लोकप्रियता मापन गर्न नसकी पार्टी प्रवेश गर्ने नेता अनेक प्रलोभनमा परेर पनि आएका थिए होलान् । तर, अर्को पार्टीमा लामो समय इमान्दार र निष्ठावान भएर काम गरेका मानिसलाई विस्तारै त्यहाँ परचक्रीको व्यवहार हुन थालेपछि आशा बोकेर माओवादीमा आएकाहरुको संख्या  उल्लेख्य थियो , उनीहरुमाथि कुठाराघात भएको छ । के उनीहरु माओवादी छोडेर पुरानै पार्टीमा फर्केर जाऊन् ? राजनीतिप्रति विमुख भएर जिन्दगी गुजारुन् ? वा अर्को आन्दोलनको बाटो हेरेर बसुन् ? कम्तीमा अहिले उनीहरु पूरै निराशा र अल्मलमा छन् । आखिर प्रचण्ड पूर्णतया पहाडे ब्राह्मणवादीको भेषमा मैदानमा उत्रिएका छन् । संविधानको मस्यौदामा कसैले प्रचण्डको अनुहार खोज्छ भने उनी त्यहाँ यस्तै भेषमा मात्रै भेटिन्छन् ।

कहिले नचाहिँदो फुर्केर, कहिले नचाहिँदो क्रान्तिकारी पोष्चर देखाएर, कहिले नगर्नुपर्ने सम्झौता गरेर, कहिले नक्कली तडकभडक र नेपथ्यका तिकडममा हेलिएर, प्रचण्ड एण्ड कम्पनीले आफ्नो साख गिराउँदै लग्योअनेकन् विभेदले गाँजेको नेपाली समाज र यो समाज डो¥याउने राजनीति कचल्टिएको थियो तर प्रगतिका संकेत पनि सँगै देखिन थालेका थिए । विभेदको अन्त्य गर्न राजनीति संग्ल्याउँदै लैजान प्रचण्ड र उनीसँगैका अन्य शिर्ष माओवादी नेताप्रति केही बौद्धिकहरुले भरोसा गरे । त्यसरी भरोसा गर्नेको संख्या उल्लेख्य थियो । तर, प्रचण्ड एण्ड कम्पनीले बौद्धिकका सल्लाह कहिल्यै गम्भीरतापूर्वक सुनेनन् । अप्ठ्यारा परस्थितिमा आफ्नो पक्षमा जनमत बनाउन उनीहरुकै सहयोगको अपेक्षा भने सधैं गरिरहे । कहिले नचाहिँदो फुर्केर, कहिले नचाहिँदो क्रान्तिकारी पोष्चर देखाएर, कहिले नगर्नुपर्ने सम्झौता गरेर, कहिले नक्कली तडकभडक र नेपथ्यका तिकडममा हेलिएर, प्रचण्ड एण्ड कम्पनीले आफ्नो साख गिराउँदै लग्यो । खासगरी प्रचण्डले नै आफ्नै अनेकन् हर्कतहरुबाट सुस्तरी ती बौद्धिकहरुको विश्वास गुमाउँदै गए ।

हरेक पटकको उनीहरुको कमजोरीमा शंकाको सुविधा दिँदै यो बौद्धिक समुदायले उनीहरुबाट नै केही परिवर्तनको आशा गर्यो । निर्वाचनमा नमिठो हार हुँदा समेत प्रचण्डलाई उनका एजेण्डा जिउँदै रहेको र त्यसैको बलमा राजनीति गर्न र जनताको नजिक रहन यही समुदायले हौसला दिएकै हो । प्रचण्डको ‘माओवाद’सँग एक हात परको सम्बन्ध पनि नभएका यी मानिसले उनैलाई नेता माने र उनलाई बलियो बनाउन नै अन्तिम समयसम्म प्रयत्न गरिरहे । उनीहरुलाई माओवादीको पिछलग्गु भएको आरोप लाग्दासम्म उनीहरुले विचलित नभई सहयोग गरेकै हुन् ।

यो सबको परिणाम के भयो ? प्रचण्ड केही बलियो त भए होलान् तर उनको बल सबभन्दा बढी नचाहिँदा तडकभडक र बन्द ढोकापछाडिका तिकडममा खर्च भयो । उनका बल ल्यार्केल लामाको पदस्थापन र आफ्ना सन्तानका सर्वोपरि हितमा प्रयोग भयो । परिवर्तनका एजेण्डालाई बलियो ढंगले समाजमा स्थापित गर्न र तिनलाई संस्थागत गराउनमा त्यो बल कत्ति पनि खर्च गरिएन भन्ने अहिले खुल्दै आएको छ । बौद्धिक समुदायले मस्यौदा पढ्दा अहिले जताततै प्रचण्ड एण्ड कम्पनीको त्यही अधोगति मात्रै देखिरहेको छ ।
व्यक्ति बाबुरामप्रतिको बौद्धिकहरुको अपेक्षा कम हुँदै गएको त छ नै, उनको सामाजिक सञ्जाल आदिमा देखिने विचित्र चित्रप्रति क्षोभ पनि बढ्दै गएको छयहाँ प्रचण्डलाई मात्रै विम्व बनाइएको भए पनि, यो उनको व्यक्तिगत कमजोरीमाथिको मात्रै टिप्पणी होइन । बरु, उनीसँगै यात्रारत बाबुराम भट्टराई, कृष्ण बहादुर महरा, वर्षमान पुन, इत्यादि पनि उत्तिकै दोषी छन् भन्न खोजिएको हो । डा. भट्टराईको आन्दोलन र पार्टी निर्माणमा प्रचण्डजत्तिकै लगानी छ, उनको बौद्धिक लगानी पनि उति नै होला । तर, उनको क्षमताको प्रयोग पार्टीलाई प्रगतिशील बनाउन र बढीभन्दा बढी भूईंमान्छेको नजिक पुर्याउनमा खर्च भएको देखिएन । व्यक्ति बाबुरामप्रतिको बौद्धिकहरुको अपेक्षा कम हुँदै गएको त छ नै, उनको सामाजिक सञ्जाल आदिमा देखिने विचित्र चित्रप्रति क्षोभ पनि बढ्दै गएको छ । उनले प्रस्ताव गरेको नयाँ शक्तिप्रति पनि कसैले धेरै चासो देखाएको बुझिएको छैन ।

त्यस्तै दोस्रो तहका नेताहरुमा पनि कसैका लागि चिलिमे हाइड्रोबाट आउने कमिसन संघीयता भन्दा कता हो कता महत्वपूर्ण बनेको छ भने कसैलाई हिजो थुपारेको सम्पत्ति कसरी तह लगाउने भन्ने चिन्ता धेरै छ । त्यसैले उनीहरु अरु केही सोच्नै सक्दैनन् । कसैले ओलीको क्याबिनेटमा मन्त्री बनेपछि ताक्नुपर्ने टेन्डरको सूचि बनाउनमा आफूलाई पूरै व्यस्त तुल्याएका छन् । यी सबै युवा नेतामा केही भरोसा गरेका बौद्धिकहरु आफ्नै भरोसा भारी भएर हैरान छन् ।

मधेस, नवप्रवेशी पहिचान पक्षधर माओवादी, र बौद्धिकहरुका सकस र कहर यति नै । प्रचण्डकै आह्वानमा हिजो जनयुद्ध लड्न आएका मधेसी, जनजाति, र दलित लडाकुका व्यथा कति होलान् ? आखिर उनीहरु नै त हुन् जसले आफ्ना समुदायले भविष्यमा कुनै विभेद भोग्नुपर्ने छैन भनेर आफ्नो एक बारको ज्यान अर्पण गरेर जनयुद्ध रच्ने । प्रचण्डप्रति उनीहरुको विश्वासका अगाडि उनीहरुले खपेका दुःख यसै हराएर जान्थ्यो । त्यसैले उनीहरुलाई अविचलित चुपचाप पर्खने हिम्मत दिएको थियो । के उनीहरुले आइन्दा प्रचण्डलाई उत्तिकै प्रेम र सम्मान गरिरहलान् ? वा, बाहिर भनिए जस्तो पार्टीको विवशताका रुपमा यो ‘कोअप्टेसन’ उनीहरुले पनि सहजै स्वीकार्लान् ? हो, त्यसबेलासम्म उनीहरुको मनमा आफ्ना ‘चेयरम्यान’प्रतिको सम्मान ज्युँदै रहला जुन बेलासम्म उनीहरुलाई प्रचण्ड केपी डक्ट्रिनमा पूर्णतया समर्पित भएको महसुस हुँदैन । सोह्र बुँदे र अहिले सार्वजनिक मस्यौदाले भ्रमको पर्दा धेरै हदसम्म च्यातिसकेको छ । आगामी राजनीतिक घटनाहरुले विस्तारै त्यो ह्वांगै उघ्रिन सक्छ । त्यसबेला यो विश्वास गर्लम्मै ढल्नेछ । ढलेको विश्वास घातक हुन्छ । 

हिजो लडेका केही मुठ्ठीभर लडाकु पार्टीका ठालुहरुसँगका अनेक खाले संगतबाट मोटाएका छन् । उनीहरु अझै मोटाउने आशामा अहिले द्रुतगतिमा चलिरहेको पश्चगमन जारी रहोस् भन्ने चाहान्छन् । बाँकी अधिकांश विदेशमा हड्डी घोट्दैछन् । केही वैद्य र विप्लवको छहारीमा रमरम क्रान्तिकारिताको भ्रममा आफूलाई भुलाउने कोशिस गर्दै होलान् । बाँकी रहेकाहरुमा बँचेको प्रचण्डप्रतिको अनुराग सकियो भने उनीहरुको मनोदशा डरलाग्दो हुनसक्छ । उनीहरुले केपी ओलीबाट केही आशा गरेका थिएनन् । तर, प्रचण्डले नै धोका दिएको महसुस गरे भने, उनीहरुको आक्रोश कता पोखिएला ? हेक्का रहोस्, कम्युनिष्टलाई कसैसँग रिस उठेपछि उसले सबभन्दा पहिले प्रयोग गर्ने शब्द ‘गद्दार’ हो । सच्चा कम्युनिष्ट बन्न ‘गद्दार’लाई घृणा गर्नुपर्छ भनेर उनै ‘चेयरम्यान’ र ‘उप’हरुले यी कार्यकर्तालाई सिकाएका छन् ।

धोकाधडी गरेर ‘गद्दार’ हुने वा साँचो अर्थमा कर्मले नै प्रेम व्यक्त गर्ने ? यो चुन्ने बेला पनि सायद अब घर्किसक्यो । 

रेकर्ड नेपालमा प्रकाशित / http://np.recordnepal.com/perspective/121

0 comments:

Post a Comment