उज्ज्वल प्रसाईं / मंसिर १५ -
योजनाका ठोस बुँदाहरू पछ्याउँदै हिँड्दैन जिन्दगी । जिन्दगीका योजनाहरूको त्यस्तो फाइल पनि हम्मेसी राखिँदैन जसलाई घरी घरी पल्टाएर हेरिरहुँ । प्रज्वल पराजुलीको जिन्दगीले पनि अनिश्चित र बांगोटिंगो बाटो समाएर हिँड्नुपर्ने नियति भोग्यो । सोझो रेखामा खुरुखुरु हिँड्थ्यो भने यी पराजुली ठिटाकोे कथा लेख्ने जाँगर सायद हुँदैन थियो । भारतमा चलेका सबैजसो ठूला पत्रिकाले उनका फोटो टाँस्ने र उनले बोलेका शब्दलाई छाप्ने लेठो सायदै गर्थे । तर आज भने यी सिक्किमेली ठिटालाई भ्याइनभ्याइ छ । कति पत्रकारलाई अन्तरवार्ता दिन भ्याउँदिन भन्नुपर्दा उनी चुकचुकाउँदैछन् । उनैलाई सुन्न कार्यक्रम आयोजना गर्छु भन्ने शुभेच्छुकहरूलाई समय छैन भन्नुपर्दा खल्लो महसुस गरिरहेका छन् । पराजुली भर्खरै प्रकाशित कथासंग्रह 'गुर्खाज डटर'का लेखक हुन् । लन्डनमा कोर्कसले र भारतमा पेन्गुइनले सो संग्रहको प्रकाशन गरेका हुन् ।
पुस्तक लोकार्पण गर्न दिल्ली आएका पराजुलीलाई भेट्न मित्र दिनेश काफ्ले र म सिक्किम हाउस पुग्दा पनि उनी फोनमा व्यस्त थिए । मीठो सिक्किमे लवजमा उनले हामीसँग भने, 'मलाई नो भन्न कस्तो अप्ठ्यारो लाग्छ कि, तर टाइम मिलाउनु पनि त सक्दिन हो !' फरासिलो स्वभावका पराजुलीले शुद्ध नेपाली भाषामा बोल्ने ठूलो यत्न गर्दै हामीसँग लगभग डेढ घन्टा बिताए । अस्ति अक्टोबर २४ मा २८ वर्ष पुगेका उनले सिक्किमदेखि लन्डनसम्मका घटनापूर्ण यात्राको कथा हाले । अलिकति लेग्रो मिसिएको सिक्किमेली भाका र बीच बीचमा घुस्ने अंग्रेजी वाक्यहरूमा सुनिने खास्सा बि्रटिस लवजमा भनिएको उनका कथा सिक्किम हाउसको प्रख्यात प|mाइड मोमोभन्दा मीठो थियो ।
सन् २०१० अपि्रलको कुनै एक दिनको कुरा हो । ज्वालामुखीको खरानी लन्डनको वायुमण्डलभरि उडिरहेका थिए । जहाज उडानहरू रद्द भएका थिए । बाटामा हिँड्नसमेत गाह्रो भइरहेको थियो । लन्डन बुक फेयरमा हिलारी मेन्टल बोल्न आउने कार्यक्रम थियो । प्रज्ज्वल झोला बोकेर निस्किए, मेन्टललाई सुन्न । त्यस बेला अक्सफोर्ड युनिभर्सिटीमा क्रिएटिभ राइटिङ पढ्न आवेदन दिएका थिए । उनलाई लाग्यो, मेन्टललाई सुन्दा अक्सफोर्डको प्रवेश परीक्षा उत्तीर्ण गर्न केही सहयोग नै पुग्ला । मेन्टललाई त सुने तर ज्वालामुखीको राखकै कारण बुक फेयरका अरू सबै कार्यक्रम रद्द भयो । राम्रा कार्यक्रमहरू हेर्न नपाएकाले दिक्क मान्दै फर्केकी एक महिलासँगै ट्रेनमा बस्न पुगे उनी । गफ गर्ने मेसोमा ती महिलाले आफूलाई लिटररी एजेन्ट भएको बताइन् । झोलामा बोकिराखेको आफ्नो एउटा कथा हेर्न भनी तिनै एजेन्टलाई थमाए उनले । त्यसबेला उनलाई हेक्का थिएन, यसै विन्दुमा उनको जिन्दगीले एउटा ठूलै मोड लिइसकेको थियो भन्ने । केही दिनपछि नै सुसन इयरउड भन्ने ती महिलाले उनका अरू कथा पढ्ने मन भएको बताइन् । अन्य केही कथा पठाइदिए । अक्सन चल्यो, कोर्कस जस्तो ठूलो प्रकाशन गृहले उनका कथाहरू छाप्ने निश्चय गर्यो । त्यति मात्रै हो र ? उनको अर्को उपन्यासका लागि पनि पाण्डुलिपि नै नहेरी उनलाई एड्भान्स दियो । अर्को वर्ष यसै समयमा उनको 'ल्यान्ड ह्वेर आई फ्ली' नामको उपन्याससमेत बजारमा आउनेछ । उनले लेख्ने काम सिध्याइसके ।
जसै यो खबर बाहिर आयो, एकपछि अर्को गर्दै भारतका सबै पत्रिकाले उनका बारे स्टोरी छापे । 'टाइम्स अफ इन्डिया'देखि 'दि हिन्दु'सम्मका पाठकले एक युवा लेखकको उदय हुँदै गरेको खबर पढे । कपाल नभएको टाउको सुम्सुम्याउँदै भने, 'त्यसपछि एक दिन बिहान उठेर फेसबुक खोल्दा त एकैपटक ७० भन्दा बढी पे|mन्ड रिक्वेस्ट आएको थियो । म त छक्कै परें नि !'
उनले थपे, 'ला..किताब आएकै छैन, यत्रो हाइप भइसकेछ । अलि अलि डर पनि लाग्यो हो । तर पढ्नेहरूले राम्रो भनेका थिए ।' आफ्नै भाकामा उनले खुलेर त्यस बेलाको अनुभूति सुनाए । पश्चिमका र भारतका समेत अंग्रेजी भाषा पढ्ने पाठकलाई उनले आफ्ना कथाहरू मार्फत नयाँ संसारको परिचय दिएका छन् । पूर्वाेत्तर भारत, दार्जिलङ, भुटान र नेपालका नेपाली भाषीका कथा लेखेका छन् उनले । काठमाडौंका सासूबुहारीका सम्बन्धका पहेली, कालिम्पोङमा पसल गरेर गुजारा गर्ने मान्छेको दोधारे मनस्थिति, दार्जिलिङमा मनाइने हिन्दु चाडमा भएको मारकाट, नेपाली भाषी भुटानी शरणार्थीको व्यथा, गोर्खाली लाहुरेकी छोरीले उसकी बाबुलाई बुझ्न गरेको प्रयत्न लगायतका विषयहरू उनका कथामा छन् । यसअघि भारत र अन्य भेगमा रहेका नेपालीभाषी समुदायका कथाहरू बाहिरी दुनियाँमा बिरलै पुगेको छ ।
अब यस संग्रहलाई नेपाली भाषामा अनुवाद गर्ने जमर्को गरेका छन् उनले । तर उनको नेपाली भाषामाथिको पकड अभ्यासको कमीले कमजोर हुँदै गएकाले अनुवादका लागि बा आमाको सहयोग लिएका छन् । बीसी शर्मा र सरला भट्टराई आजकल जोडतोडले छोराका अंग्रेजी कथालाई नेपालीमा अनुवाद गर्न लागेको उनले दंग पर्दै सुनाए । यो त भयो सन् २०१० पछि अग्लिएको उनको करियर ग्राफ । तर त्यहाँसम्म आइपुग्न उनले गरेको यात्रा कम रोमाञ्चक छैन ।
कालिम्पोङमा जन्मेर उनी सिक्किममा हुर्के । परिवार ठूलो थियो । काका काकी, हजुरबा, हजुरआमा, सबै भएको सगोल परिवार थियो । भात भान्सा एउटै, आर्थिक मामलो पनि सगोलमै । उनले सगोल परिवारको आफ्नो हुर्काइलाई एक वाक्यमा संश्लेषण गरे, 'इट टिचेस यु टु बी अ सर्भाइभर ।' अर्थात् जिन्दगीका जटिलतासँग परिचित हुँदै जिउन सिकाउँछ । त्यसैले होला, उनले सहजै सानी नोकर्नी, बूढी सासू, तरुनी विधवा, बूढा लाहुरे र अनेक किसिमका पात्रहरूको चित्रणमा आफूलाई खरो उतारेका छन् । तर, सबभन्दा रमाइलो त के भने उनको घरमा सबै पढन्तेहरू थिए । सबै लेख्नसमेत सक्ने ल्याकत भएका । बुबा न्यायाधीश, काका वकिल, काकी नेपाली भाषाकी समाचार वाचिका, दिदीहरूसमेत उत्तिकै लेख्न र पढ्ने रुचि भएका । उनले भने, 'म नेपाली र अंग्रेजी उत्तिकै लेख्न र बोल्न जान्दथें । स्कुलमा हुने दुवै भाषाका डिबेटमा बोल्थें ।'
यी यावत् अनुभवहरू उनलाई लेख्ने क्रममा कतै न कतै काम लागे होलान् । तर, सानो हुँदा पढेका पुस्तकहरूका असरचाहिँ उनको लेखनीमा पटक्कै नभएको बताउँछन् । न अंग्रेजी न नेपाली, कुनै भाषामा पढिएका साहित्यको त्यस्तो स्पष्ट प्रभाव आफूमा नभएको जिकिर छ उनको । तर, उहिल्यै पढेका भानुभक्तका कविता उनलाई अझैसम्म मुखस्त छ । हाम्रा अघिल्तिर उनले 'भर जन्म घाँसतिर' भन्दै सुरु गरेर, भानुभक्तका दुइटा पूरै कविता सुनाए । उनले गुरुप्रसाद मैनालीको 'छिमेकी' कथाका पंक्तिहरू पनि खुरुखुरु भन्न थाल्दा दिनेशका आँखिभौं एक बित्ता माथि पुगेका थिए । देवकोटा, सुधपा, इन्द्रबहादुर राई, सानु लामा र वीरविक्रम गुरुङका लेखनीका कुरा गरेर आफ्ना वरिपरिका नेपालीभाषी लेखकहरूब्ाारे राम्रै जानकारी राखेको पुष्टि गरे ।
अघिल्लो साँझ भएको पुस्तक लोकार्पणमा उनले नेपाली भाषाबारे टिप्पणी गर्दै भनेका थिए, 'नेपाली भाषामा काफी साहित्य लेखिएको छ । अहिले त त्यो क्रम अझै बढेको छ । हरेकपटक घर जाँदा थुप्रै नयाँ लेखकहरू आफ्ना नयाँ कृति लिएर अगाडि आएको मैले देखेको छु । अंग्रेजी पढ्ने नयाँ पुस्तामा भने नेपाली भाषा जटिल भएको र लेख्न गाह्रो भएको भन्ने बुझाइ छ । त्यसैले यसलाई सजिलो बनाउनुपर्छ । ह्रस्व दीर्घको अनेक जटिल झन्झट लगाउनु हुँदैन ।' यति भनेर उनले आफ्नै कथाको नेपाली अनुवादबाट केही अंश पढेर सुनाएका थिए । इन्डिया इन्टरनेसनल सेन्टरको सेमिनार हलमा भेला भएका विभिन्न क्षेत्र र भाषाका दर्शकले ताली बजाएर उनको यो प्रयत्नको स्वागत गरे ।
१८ वर्षको उमेरदेखि अमेरिका बसेका उनले कम्युनिकेसन मेजर लिएर स्नातक गरे । त्यसपछि भने भिलेज भ्वाइस नामको पत्रिकामा विज्ञापन शाखामा काम गरे । तर न उनलाई आफूले अध्ययन गरेको विषयले चित्त बुझेको थियो, न उनले गर्ने कामले कुनै सन्तुष्टि दिन्थ्यो । काम झिंझोलाग्दो बन्न लागेपछि उनले अरू कुनै योजना नबनाई चटक्कै छाडिदिए । अब अगाडि के गर्ने भन्ने उनलाई कुनै हेक्का नभएको बेला, अमेरिकी रुममेट लिएर उनी भारत आए । भारतका विभिन्न सहर घुमे । घुम्ने क्रममा उनको रुममेट सन मोहिनी ह्यानले ब्लग लेख्न थाल्यो । साथीले लेख्न गरेको प्रयत्नबारे उनी भन्छन्, 'विचरा, एकाउन्टेन्ट मान्छे, कहिल्यै केही नलेखेको । तर जबरजस्ती भए पनि लेख्थ्यो उसले ब्लग । परिवार र साथीहरूलाई आफूले देखेको कुरा भन्न ।' त्यसै बेला उनले पनि आफ्ना अनुभूतिहरू लेख्न थाले । उनलाई लेखनका तकनिकीहरू थ्ााहा थियो । उनले राम्रैसँग आफ्ना अनुभवहरू फेसबुकमा लेख्न थाले । भारतका थुप्रै सहरहरू घुमेर उनको साथी फक्र्यो । भर्खरै जागिर छोडेका उनलाई फर्किन मन भएन । फेरि उनी मनालीतिर हानिए । कारण उनीसँग केही काम थिएन । र जसको जागिर वा अरू कुनै उद्यम छैन, त्यसैलाई मान्छेले तिमी के गर्दै छौं आजकल भनेर सोध्ने गर्छन् । त्यसउपर, कुनै आफन्तको केही सानातिना काम पर्यो भने, पहिल्यै सम्भिmने बेरोजगारलाई नै हो । यी सब भोगेपछि आफ्नो बेकामेपनलाई अरूका नजरबाट लुकाउन उनले लेख्ने विचार गरेर मनाली जाने निधो गरे । त्यसबेलासम्म त्यो लेखनको फिलिंगो उनको मस्तिष्कमा रापिलो बनिसकेको थियो । मुस्कुराउँदै भन्छन्, 'मैले लेख्न थालेर खासमा मेरो बेकामेपनलाई लेजिटिमाइज गरेको हुँ ।'
मनालीमा राज नामको होटलमा बसे । एउटा कथा त्यहीँ लेखे । तर त्यस्तो जाडोमा नुहाउनलाई तातो पानी पनि नपाइने होटल थियो त्यो । उनले फेरि घर सम्झेछन् । 'होस बरु घरमै बसेर लेख्छु अरू कथाहरू भनेर ग्यांगटोक फर्किएँ ।' अरू केही कथाहरू घरमै बसेर लेखे । र एक दिन ती सबै कथाहरू झोलामा राखेर उनी हानिए लन्डन । यसपालि बेकामेपनलाई 'लेजिटिमाइज' गर्ने बहाना थियो अक्सफोर्डमा पढ्ने ।
साहित्यिकहरूलाई आपसमा दाँज्ने चलन छ । 'गुर्खाज डटर' बाहिर आउन नपाउँदै प्रज्ज्वललाई पनि कसैले सलमान रुस्दीसँग त कसैले झुम्पा लाहिरीसँग दाँज्न भ्याइसकेका छन् । तर, उनलाई दाँज्ने मात्रै होइन खुलेर प्रशंसा गर्नेको पनि ओइरो नै लागेको छ । 'दि हिन्दु'ले त ठोकेरै लेखिदियो, 'पराजुली खस्किँदो साहित्यिक कथा विधालाई पुनरुत्थान गर्ने सामथ्र्य भएका लेखक हुन् ।' यो सब देखेर उनी रमाउनुभन्दा बढी आश्चर्यमा परेका छन् ।
प्रशंसाले चुलिएर हावामा तैरिनबाट जोगिएर उनी अहिले धर्तीमै रहने प्रयत्न गरिरहेका छन् । त्यसै गरेर भारतको नेपाली भाषी समुदायले उनलाई आफ्ना राजनीतिक मुद्दाहरू बोलिदिने प्रवक्ताका रूपमा समेत बुझ्न थाल्ने सम्भावना छ । उनीहरूको अपेक्षा हुनु त सामान्य हो । तर केही पत्रिकाहरूले समेत उनलाई त्यसै विषयमा प्रश्नहरू सोध्न थालेका छन् । उनलाई अहिले केवल लेखक हुने रहर छ । उनको स्पष्टोक्ति छ, 'एक्टिभिस्ट हुने वा राजनीति गर्ने भन्ने मैले सोच्दै नसोचेको कुरा हो । नेपाली भाषा बोल्नेहरू हिरो पनि छन्, भिलेन पनि छन्, मैले तिनीहरू सबैको कथा मात्रै लेख्ने हो ।'
प्रज्वल लेखक नै बन्नलाई कुनै योजना बनाएर लामो यात्रामा निस्किएका होइनन् । उनका स्पष्टोक्तिहरूबाट थाहा लाग्छ, उनी कतै संयोगले र कतै उनको स्वभावले धकेलिएर लेखक बनेका छन् । भविष्यमा पनि लेख्नेबाहेक उनको केही योजना छैन । हामीसँगको संवादमा उनले एउटा वाक्य निकैपटक दोहोर्याए मानांै उनले लेख्ने दौरान सिकेको गुह्य त्यति नै हो- 'लेख्न सजिलो छैन ।' आफूभन्दा पछि आउने पुस्ताले पनि यति बुझिदेओस् भन्ने उनको चाहना रहेको बुझिन्थ्यो । उनलाई लाग्छ फेसबुकमा दुई चार मीठा वाक्य लेख्ने अनि लाइक गनेर बस्नेले लेखनमा उन्नती गर्न सक्दैन । अन्तिममा हामीले सोध्यौं, 'तपाईं त भाग्यमानी हुनुभयो, संयोगवश एजेन्टसँग भेट भयो र तपाईंको प्रकाशन हुने मौका जुर्यो । तर लेख्न चाहने अरू युवाले पछ्याउनुपर्ने कुनै खास बाटो छ ?' उनले मौलिक लवजमा ती लेखक बन्न चाहनेलाई भने, 'सबैलाई लेख्न सक्छु जस्तो लाग्छ तर लेखेर देखाउनु अप्ठ्यारो छ । मेरो परिवारका सबै सदस्यलाई आफू लेखक हुन सक्छु भन्ने लाग्छ । खै त कसैले लेख्दैन । काकीले एउटा कविता संग्रह निकाल्नुभयो अनि मैले लेखें । सबभन्दा पहिला लेख्नु त पर्यो नि हौ । सक्दो राम्रो लेख्नु, अनि सोच्नु अरू कुरा !'
प्रकाशित मिति: २०६९ मंसिर १६ १०:२९
कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2012/11/30/284743.html

0 comments:
Post a Comment