उज्ज्वल प्रसाईं / भाद्र १३ -
रुकमाङ्गद कटवाल व्यवसायीक भनिएको नेपाली सेनाको त्यस्ता प्रधान सेनापति थिए जो खुलेर राजनीति गर्थे । उनले सेवामा रहुन्जेल अत्यन्त चातुर्र्याईंपुर्वक तर देखिने गरि राजनीति गरे । सेवा निवृत्त भएपछि पनि राजनीति गर्ने उनको लालसा कम भएको छैन । भर्खरै प्रकाशित आत्मकथा उनको राजनीतिक स्टन्ट नै हो । कारण, यस पुस्तकको ठूलो राजनीतिक अभिष्ट छ । परिवर्तीत समयमा काठमाडौंका एलीटहरुको नायक बन्ने उनको अभिष्ट किताबमा छर्लंग छ । कुलीनहरु जो पछिल्ला राजनीतिक परिवर्तनले स्थापीत गर्न खोजिरहेका एजेण्डाहरु प्रति असन्तुष्ट छन्, तीनले कटवालको आत्मकथालाई आफ्नो मेनिफेष्टो सम्झे भने उनको यो अभिष्ट पूरा हुनेछ । आफ्नो अभिष्ट पूरा गर्न उनले हरसम्भव प्रयास गरेका छन् ।
रकमी राजनीति गर्नेहरुले धेरैजसो आम उपभोगका लागि भाषण गर्ने वा लेख आदि लेख्ने गर्छन् । त्यस्ता कथनी र लेखनीमा बढीचढाईं हुन्छन्, तथ्यहरु लुकाईएका हुन्छन्, भ्रमपूर्ण अभिव्यक्ति हुन्छन् र ती ज्यादातर झुठका पुलिन्दा हुने गर्छन् । त्यसो गर्दा मात्र आफ्नो राजनीतिक स्पेस सुरक्षित रहने चतुर नेताको बुझाई हुने गर्छ । भ्रमको ढीस्कोमा उभिएर अग्लो हुने उनीहरुका प्रयत्न धेरैपटक सफल भएको हुन्छ । एकपटक पाएको सफलताले उनीहरुलाई त्यसो गरिरहन हौसला प्रदान गर्छ । त्यसैले कहिलेकाहीं उनीहरु किताबै लेख्न अग्रसर हुन्छन् । पहिले-पहिले कटवाल अजय पी नाथ नामको आवरणमा लुकेर अखबारी लेखमार्फत् यस्तो राजनीति गर्थे । अहिलेको खुला परिवेशमा आत्मकथा प्रकाशित गरेका छन् । त्यसबेला छद्म नाममा छापिने लेखमार्फत् उनले राजतन्त्रको रखवाली गरे । उनको त्यो भगिरथ यत्न सफल भएन । अहिले भने आत्मकथा मार्फत आफुलाई हिरोका रुपमा स्थापित गर्दै काठमाडौंका सुकीला मुकीला एलिटले खलनायक साबित गरेको राजनीतिक शक्ति र पात्रहरुको अनुहारमा कालो पोत्ने प्रयत्न गरेका छन् ।
भ्रामक सूचना र विश्लेषण
आम जनतामा राम्रो छवि बनाउन असफल ज्ञानेन्द्र प्रति अतिरिक्त अनुराग देखाउनु कुनै फाईदाको सौदा हुँदैन भन्ने उनले राम्ररी बुझेका रहेछन् । त्यसैले ज्ञानेन्द्रलाई उनले मुर्ख राजाका रुपमा चीत्रण गरे । उचित सल्लाह नसुन्ने र आफु जस्तो राजनीति बुझ्ने प्राणीलाई पाखा राखेर राजाले मुख्र्याईं गरेको उनको टिप्पणी छ । गिरिजाको मुखबाट उनले राजालाई शासक होइन बरु खाली एउटा लोभी व्यापारी मात्र भएकोले राजपाठ धान्न नसकेको आरोप लगाएका छन् । उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको हवाला दिँदै लेखेका छन्, 'ज्ञानेन्द्र व्यापारी हुन्, बदमास छन्,' उहाँ (गीरिजा) आगो हुनुभयो, 'उनलाई नाफा चाहिन्छ राजसंस्थाको वास्ता छैन ।' (पृष्ठ ४०२) ज्ञानेन्द्रका अघिल्तिर निहुरमुन्टी हुँदै चाकरी गर्न लेखसमेत लेख्न तम्सीने जर्नेलले बठ्याईं गरेर राजपाठ र लोकप्रीयता समेत गुमाए पछिको आफ्नो ईष्ट देवतालाई चटक्कै माया मारेका छन् । ज्ञानेन्द्रसँग उति नजिकको साईनो सम्बन्ध केही नभएको देखाउनलाई उनले आफ्नो पृष्ठभुमि नै गैर दरबारीया भएको जबर्जस्त दर्ज गरेका छन् किताबमा ।
ज्ञानेन्द्र जस्तो आफंै शासन गर्न हौसिने निरंकुश राजा र कथित सर्वसत्तावाद लाद्न खोज्ने कम्युनिष्ट दुवै भन्दा पृथक पूर्ण लोकतन्त्रमा विश्वास गर्ने जर्नेलका रुपमा आफुलाई दर्ज गर्ने उनले ठूलै यत्न गरेका छन् । गिरिजाभन्दा चर्को लोकतन्त्रवादी हुने नाममा उनले गिरिजाले समेत अघि बढ्नुस भन्दा आफुले सैनिक 'कू' नगरेको जीरह पेश गरेका छन् । 'धेरैबेरको उकुसमुकुसपछि उहाँ (गीरिजा)को मुखबाट वाक्य निस्कियो, 'मुलुक जोगाउनुपर्यो । सेनालाई जे इच्छा लाग्छ गर्नुस ।' (पृष्ठ ३८६) उनको यो भनाईलाई पत्याउँदा दुईटा क्रुर निष्कर्षमा पुगिन्छ ः कि गिरिजाप्रसाद कोईरालाको बुढ्यौली र रोगले थलिएर त्यो बेलासम्म सोच्न सक्ने सामथ्र्य नै सकिइसकेको थियो, कि त्यसबेलासम्म उनलाई लोकतन्त्रमाथीको विश्वास नै उठिसकेको थियो र उनी चाहन्थे सैनीक जर्नेलले मुलुकको बागडोर सम्हालोस् । कम्तिमा पंक्तिकार कोइरालाबारे त्यति क्रुर सोच्न सक्दैन ।
सजिलै राजतन्त्रको अन्त र गणतन्त्रको घोषणा हुन दिएर नेपाली जनतालाई आफुले ठूलो गुण लाएको उनले दोहोर्याएर उल्लेख गरेका छन् । गणतन्त्रको घोषणालाई स्वीकार्नु उनको रहर होइन बाध्यता थियो । तर, त्यसो नभनेर उनले यहाँका राजनीतिक दल र सडकमा ओर्लेका जनतामाथि ठूलो कृपा गरेको भाकामा आफ्नो बडप्पन प्रस्तुत गरेका छन् ।
उनका धेरै दावीहरु सही छैनन् भन्ने अनुमान लगाउने अरु धेरै आधारहरु छन् । एउटा गतिलो उदाहरण कोटवाडा काण्ड बारेको अंश नै हो । पुस्तकमा 'मीसन कोटबाडा' भन्ने एउटा सिंगो अंश छ । कोटवाडा एयरपोर्ट कब्जा गरेर 'हजारौं' माओवादी बसेको खबर प्राप्त भएपछि त्यसलाई 'क्लीयर' गर्न आफंै पुगेको र त्यहाँ हेलिकप्टरबाट बम खसाएर माओवादी तीतरबीतर पारेको सनसनीपुर्ण वर्णन गरेका छन् । त्यो अपरेसन सफल बनाउने क्रममा केही सैनिकसँग भएको 'फील्मी' संवाद पनि उल्लेख गरेका छन् । यहाँ उनी कुनै घोर राष्ट्रवादी बलिउड सीनेमाको हिरोभन्दा कम लाग्दैनन् । तर, त्यस क्रममा उनले 'कोटवाडा एयरपोर्टमा सेनाले पहिले पनि अपरेसन गर्नु परेको थियो' (पृष्ठ २९१) भनेर त्यहाँ नृशंस हत्या गरिएका धादिङ जोगिमाराका मजदुरहरु बारे केही उल्लेख गरेका छैनन् । कोटवाडा एयरपोर्ट काण्डका बारे धेरै रिपोर्टींग भएका छन् र मोहन मैनाली लगायतका पत्रकारले डकुमेन्ट्री पनि बनाएर सार्वजनिक गरिसकेका छन् । यी रिपोर्टहरुले सेनाद्वारा मारिएका जोगीमारा धादिंग र अन्यत्रबाट एयरपोर्टमा काम गर्न आएकाहरु हतियारबद्ध माओवादी छापामार नभएर मजदुर भएको तथ्य बाहिर आईसकेको छ । तर, उनले यसमा गल्ती भएको स्वीकार्नु त कता हो कता, ती मजदुरलाई अहिलेसम्म माओवादी छापामार नै करार गर्दै तीनको हत्या गर्नु सेनाको बहादुरीका रुपमा चीत्रण गरेका छन् ।
एलिटका नेता बन्ने अभिष्ट
कटवाललाई सेनापतिबाट हटाउन खोज्नु ठूलो धृष्टता भएको प्रचण्ड र अन्य माओवादी नेताले बारम्बार बताउँदै आएका छन् । तर, त्यस प्रकरणमा उनले आफुलाई जोगाईदिने एमाले र कांग्रेसका नेता, राष्ट्रपति, र भारत संस्थापनलाई पनि उति भाउ दिएका छैनन् । बरु आफुले नै सबलाई हप्काएर पद थमौती गर्न लगाएको नधकाई बताएका छन् । राष्ट्रपति कार्यलयलाई आफ्नो गोजीकै शक्ति भएको भान दिने गरि लेखेका छन् । राष्ट्रपतिमाथि आफ्नो दह्रो प्रभाव हुनुको पछाडि रामवरण यादवलाई राष्ट्रपतिमा निर्वाचीत गराउन गतिलै लबिंग गरेको बताउन पनि उनी पछि परेका छैनन् ।
सेनापतिलाई दिईएका सुविधा र अख्तियारीको दुरुपयोग गरेर कसैलाई कुनै पदमा जीताउन गरेको लबिंगबारे खुलेर बताउनु लबस्तर्याईं भएको अर्का जर्नेल कुलबहादुर खड्काले बताएका छन् । (हे. नेपाल सात्ताहिक, भदौ ८) माओवादीले कटवाललाई हटाएर सेनापति बनाउन खोजेको पात्र उनै खड्का हुन् । भर्खरै छापिएका अन्तरवार्ताहरुमा उनले कटवालको सिंगो पुस्तक झुठो भएको दावी गरेका छन् ।
एकबेला काठमाडौंमा राज गर्दै आएका एलिटका नेता ज्ञानेन्द्र थिए भने अहिले लगभग आफंै त्यो स्थानमा पुग्न खोजेको छनक दिएका छन् कटवालले । माथि भनिएजस्तो शक्तिमा रहेका राजनीतिक दलका नेतृत्व र मुलुकका सबैखाले शक्तिलाई आफुले मुठ्ठीमा राखेको बताएर उनी 'महाएलिट' हुन खोजेका छन् । त्यस्तो दावी गर्नलाई नै उनले परिवर्तनको आँधी ल्याउँछु भनेर राजा र सेनालाई लल्कार्दै शासनको बागडोर सम्हाल्न आइपुगेको प्रचण्डलाई राजीनामा गर्न आफैले बाध्य बनाएको फेहरिस्त पस्केका हुन् आत्मकथामा । उनको यस बहादुरीलाई लोकतन्त्रको पैरवी गरेको भनेर शहरीया कुलीनहरुले उकेरा लगाउने गरेका छन् ।
यथास्थितिवादका प्रवक्ता
नेपाली समाजका सीमान्तमा रहेका मधेशी, महिला र जनजाती परिवर्तित राजनीतिक परिवेशमा आफ्नो हक अधिकार स्थापीत गर्न अघि सरे । उनीहरु यथास्थितिलाई चीर्दै समाजमा ठाडो शीर गरेर बाँच्न चाहन्छन् । यी सीमान्तमा धकेलिएकाले गरेको राजनीतिलाई कटवालले पचाउन सकेको देखिदैन । आवरणमा लोकतन्त्रको भजन गाए पनि उनी नेपाली समाज यथास्थितिबाट अघि बढेको देखि सहँदैनन् भन्ने उनले पुस्तकमा उल्लेख गरेका कतिपय प्रसंगबाट स्पष्ट हुन्छ ।
बृहद शान्ति सम्झौतामा माओवादीको जन मुक्ति सेनाको समायोजन र पुनर्स्थापना गर्ने स्पष्ट उल्लेख छ । साथै, सेनाको लोकतान्त्रीकरण गरिने भन्ने बुँदा पनि उतिकै बुझिने भाषामा लेखिएको छ । तर, कटवाल सेनालाई लोकतान्त्रीकरण गर्न जरुरी नभएको ठान्छन् । सेना कहिल्यै अलोकतान्त्रीक नभएको उनको जीकिर छ । नेपालको ईतिहासमा नेपाली सेना जहिल्यै पनि दरबारप्रति बफादार रह्यो त्यसैले दरबारले जस्तो रुपराग र आकारको सेना चाह्यो, त्यो त्यस्तै भयो । यो सत्यलाई उनले इन्कार गरेका छन् ।
मधेशीहरुले सेनामा आफ्नो प्रतिनिधित्व हुनुपर्छ भनेर उठाएको आवाजलाई उनले सोझै नकारेका छन् । सेनामा मधेसीको रुची नै नभएको पुष्टि गर्न खोज्दै उनले ठालु राणाजीको भाकामा सिंगो मधेसी समुदायका युवालाई उडाएका छन् । मधेसीलाई मौका दिँदा पनि उनीहरु सेनाको जाँचमा खरो उत्रिन नसकेको प्रसंग उल्लेख गर्दै उनले भनेका छन्, 'हामी घोडालाई पानी भएको ठाउँसम्म त ल्याउन सक्छौं, तर पानी पीउन बाध्य पार्न सक्दैनौं ।' (पृष्ठ ३९२) उनको भनाईमा औपनिवेशीक कालमा ब्रीटीश साम्राज्यवादीहरुले केही खास जातिलाई भन्ने गरेको मार्सल रेसको अवधारणा रिफ्लेक्ट भएको देखिन्छ । अर्थात उनले घुमाउरो भाषामा मधेसीमा सेना बन्न चाहिने धातु नै नभएको बताउन खोजेका छन् । समग्रमा, उनी सेनाको पुर्नसारचना चाहँदैनन् । त्यो हिजोकै कुलखान्दानका सेठहरुकै हातमा रहोस् भन्ने चाहान्छन् भन्ने स्पष्ट देखिन्छ ।
महिलालाई हेर्ने उनको दृष्टिकोण पनि समस्याग्रस्त छ । उनकी श्रीमती उमा सहनशीला सुशीला भएकोमा उनी फुरुंग पर्छन् भने एक ठाउँमा उनलाई अबला नारी भनेर चीत्रण गर्छन् । रुद्री चण्डीलगायत चाणक्य नीति जस्ता पूराना शास्त्रका ज्ञाता हुँ भन्ने भान दिने उनले एकपटक चाणक्यलाई उल्लेख गर्दै भनेका छन्, 'राजा, नारी, जल, मुर्ख, र सर्पसँग बँचेर रहनु ।' (पृष्ठ ३२८)
राजनीतिक दलका केही नेताप्रति उनको झुकाव रहेको पुस्तकमा उल्लेख गरेका छन् । ती नेताहरुप्रति उनको विशेष लगाव हुनुको कारण उनीहरु उनले चाहे जस्तो 'राजभक्त' भएकाले हो । जस्तो उनी एक प्रसंगमा भन्छन्, 'हुँदाहुँदा माधव नेपाल जस्तो एउटा ठूलो पार्टीप्रमुखको फोन खोस्ने, कम्प्युटर खोस्ने कामसमेत भयो । राजसंस्थाप्रतिको भरोसाले नै २०६१ सालमा पाँच दलको आन्दोलन छाडेर एमाले देउवा सरकारमा सामेल हुन आएको थियो । उहाँजस्तो राजभक्त नेतालाई दुव्यर्वहार गर्न राजाले निर्देशन दिएजस्तो लाग्दैन ।'(पृष्ठ ३२४) त्यसैगरि उनले के.पी ओली र कांग्रेस नेता शेरबहादुर देउवाको पनि खुलेरै प्रशंसा गरेका छन् । एमाओवादीका कृष्णबहादुर महराप्रति उनको विशेष अनुराग देखिन्छ । एमालेका युवा नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई समेतले आफ्नो पद थमौती गर्न झलनाथ खनाललाई कन्भिन्स गरेकोमा खुशी भएर उनीहरुको नाम पनि उल्लेख गरेका छन् ।
समग्रमा सीमान्तकृतहरुको आत्मसम्मान र हक अधिकार सुनिश्चित हुने व्यवस्थाको विरुद्धमा खडा ठूलो शक्तिले रुकमांगद कटवाललाई आफ्नो हिरो मान्नेछ । उनको आत्मकथा उनीहरुका लागि एउटा गतिलै दस्तावेज हुनेछ जसले हाल उठेका प्रगतिशील एजेण्डालाई लफ्फाजी र तिनलाई बोक्ने शक्तिहरुलाई ईतिहासको खलपात्र सावित गरेको छ ।
आत्मकथा
लेखक : रुकमाङ्गद कटवाल
प्रकाशक : नेपालय
मूल्य : रू, ५४५/-
प्रकाशित मिति: २०७१ भाद्र १४ ११:३३
कान्तिपुर दैनिक / https://www.kantipurdaily.com/koseli/2014/08/29/328602.html

0 comments:
Post a Comment