उज्ज्वल प्रसाई / १९ पौष, २०७२
निर्वाचित संविधानसभाबाट लेखिने संविधानले त्यस्तो राजनीतिक संरचनाको निर्माण गरोस् जसले नेपालको सामाजिक र साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्न सकोस् । नयाँ बन्ने संरचनाले सामाजिक न्याय स्थापना गर्नेछ र लोकतन्त्र सबल हुनेछ । सपना यस्तो थियो । रक्तरंजित र निशासलाग्दो विपनामा त्यो सपनालाई दोहोर्याएर देख्न जोखिमपूर्ण हुन्छ । सुखद पक्ष यति मात्रै हो, त्यस्तो जोखिम मोल्न चाहनेहरुले हिम्मत हारेका छैनन् ।
पहिलो संविधानसभामा माओवादी र मधेसवादी बलिया थिए । खासगरी माओवादीका कारण भारत डराएको थियो । तिनताक भारतीय संस्थापन माओवादीले चाहे जस्तो संविधान बन्न सफल हुनु भनेको माओवादी अझ बलियो हुनु हो भन्ने भयबाट ग्रसित थियो । आफ्नो ‘करेसाबारी’मा माओवादी नाम झुण्डिएको विद्रोही दस्ताले निर्वाचन त जित्यो नै, संविधान पनि सहजै बनायो भने त्यसले आफ्ना घरेलु विद्रोहीहरुलाई बल पुग्नेछ भन्ने बुझाईका कारण पनि ऊ सकसपूर्ण अवस्थामा थियो । हरसम्भव माओवादीलाई साइजमा ल्याउने र भरसक उसले क्रेडिट लिन सक्ने गरी संविधान निर्माण हुन नदिने मनसाय भारतका गतिविधिहरुमा प्रष्ट देखिन्थ्यो । तिनताक भारतको सो ईच्छालाई बलियोसँग काँधमा बोक्ने नेपाली पात्र थिए अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली ।
त्यसो त अघिल्लो संविधानसभाको पहिलो पटक म्याद थप्नु पर्ने अवस्था सृजना हुँदा नै उनी म्याद नथपेर संविधानसभा तुहाउने खेलमा लागेकै हुन् । त्यसबेला सफल हुन सकेनन् ।
गिरिजा प्रसाद कोईरालाले ठूलो आलटाल गर्दै र बडो अनिच्छापूर्वक निर्वाचनबाट सबैभन्दा ठूलो बनेको पार्टी माओवादीलाई सत्ता स ञ्चालन गर्ने बाटो छोडिदिएका थिए । त्यसबेला पनि एमाले विभिन्न गुटहरुको महासंघ नै थियो । झलनाथ खनालको गुटलाई दाहिना बनाऊँदै वामदेव गौतमसँग साँठगाँठ गरेर प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाए । सरकार जसोतसो चल्दै थियो, माओवादीभित्रका चर्का साम्यवादीले कटवाल काण्ड निम्त्याउने अवस्था सृजना गरे । तत्कालिन प्रधान सेनापति रुक्मांगद कटवाल हटाउने प्रधानमन्त्री प्रचण्डको निर्णयले सबभन्दा बढी चिढ्यायो भारतलाई । भारतको यो चिडचिडाहटको काँधमा चढेर यिनै खड्गप्रसाद हुल बाँधेर राष्ट्रपति रामवरण यादवको दैलोमा पुगे ।भारतको निर्देशन र सो निर्देशनलाई सहजतासाथ कार्यान्वयन गराउने अनुकुल अवस्था निर्माण गर्न खड्गप्रसाद झुण्डका क्रियाकलापको आडमा राष्ट्रपतिले कटवालको थमौती गरिदिए । माओवादीको सशत्र विद्रोह, मधेस आन्दोलन, र जनआन्दोलनबाट भएका परिवर्तनलाई नरुचाउने कांग्रेसीहरुमा रामवरण यादव पनि पर्थे । उनी खड्गप्रसाद भन्दा धेरै फरक राजनीतिक विचारधारा बोक्ने मानिस थिएनन् त्यसबेला । भारतको इच्छालाई कार्यान्वयन गर्दै खड्गप्रसाद र रामवरणले माओवादीको तेजोबध गरे । यी सबैको गठजोडले प्रचण्ड पदच्युत हुने अवस्थामा पुगे । भारतसँग सडकबाट पौंठेजोरी खेले । परिणाम, संविधान बनाउने श्रेय लिन त पाएनन् नै दोस्रो संविधानसभाको निर्वाचनसम्म आउँदा बद्नामीको ठूलो चांग माओवादीले आफ्ना टाउकामा बोकेका थिए ।
अन्ततः खड्गप्रसाद जे चाहान्थे, त्यही भयो । धर्मनिरपेक्षताको धज्जी उड्यो, संघीयता अर्थहीन बन्यो, समावेशीताको ज्यान थुतियो, मधेसीको अग्घोर निन्दा र अपमान भयो । महेन्द्रीय राष्ट्रवाद हावी भयो । खड्गप्रसादका लागि त्यो भन्दा पनि सुखद पक्ष के भने, माओवादी समेत उनैले हाँकेको महेन्द्रीय गाडीको इमान्दार खलाँसी हुन पुग्यो । प्रचण्डले आफ्ना लागि यो भूमिका किन स्वीकारे ? राजनीति शास्त्रका विद्यार्थीले सो प्रश्नको उत्तर खोज्दै होलान् ।
समावेशी र सबल लोकतन्त्र निर्माण गर्ने राजनीतिक अभिष्टलाई पूरा हुन नदिन बाह्य शक्तिकेन्द्रका सबभन्दा ठूला मतियार बनेका पात्रले अहिले देशभक्तको ताज पहिरिन पाउनु आँफैमा बिडम्बनापूर्ण छ । अहिले आएर खड्गप्रसादलाई जबर्जस्त देशभक्त बनाउन खोजिए पनि राष्ट्रवादी त उनी पहिले देखि थिए । कारण, उनको कम्युनिष्ट स्कूलमा उनलाई माक्र्सवादभन्दा पहिले राष्ट्रवाद नै पढाईएको थियो । माक्र्सवाद पढ्न जति अप्ठ्यारो हुन्छ, राष्ट्रवाद पढ्न त्यति नै सजिलो । नेपाली भाषालाई मैथिलि वा वान्तवा भन्दा श्रेष्ठ ठान्नु, दौरा सुरुवाललाई हाकु पटासीभन्दा बढी नेपाली ठान्नु राष्ट्रवाद हो । सरकारी पोषाक कुनै हुन्छ भने त्यो वर्चस्वमा भएको समुदायले मनपराउने पोषाक नै हुन्छ भनेर मान्नु राष्ट्रवाद हो । अधिकार दिने र खोस्ने अधिकारी पनि वर्चस्वशाली जाती समुदायकै मानिस हुनुपर्छ भनेर मान्नु पनि उतिकै सक्कली राष्ट्रवाद हो । त्यसैले माक्र्सवादी बन्नु अघि नै राष्ट्रवादी बनेका ओलीले माक्र्स भन्दा पहिले महेन्द्रलाई आफ्नो नेता मानेका हुन् । अहिले आएर माक्र्सको ख्याल गर्ने जिम्मा उनले घनश्याम भुसाललाई सुम्पेका छन् भने महेन्द्रको पोषण उनी आँफै डटेर गरिरहेका छन्। उनलाई साथ दिनेहरु धुरन्धर माक्र्सवादी प्रदिप ज्ञवाली र योगेश भट्टराईहरु छँदैछन् ।
खड्गप्रसादले पहिरिएको देशभक्तिको ताज नक्कली हो । उनले लगाएको राष्ट्रवादी जामा सक्कली हो । कारण, महेन्द्रमार्का नश्लवादी राष्ट्रवादलाई नै यहाँ सक्कली भन्ने चलन छ । यो नक्कली र सक्कलीको खेल खेलिरहँदा, खड्गप्रसादले सबभन्दा बढी मुर्ख ठानेको नेपाली समुदाय पहाडे समुदाय नै हो । मधेसले यो नक्कली र सक्कलीको भेद छुट्याइसकेको छ । मधेसी जनताले जति राम्रोसँग खड्ग प्रसादलाई कसैले चिनेको छैन भन्नेमा स्वयं खड्गप्रसाद ढुक्क छन् । यो तथ्यलाई उनले नजरअन्दाज गर्न खोजेका पनि छैनन् । खड्गप्रसादले बडो मजाले कसैलाई थाङ्नामा सुताउने प्रयास गरिरहेका छन् भने त्यो पहाडे मूलका र खासगरी बहुसंख्यामा भएका बाहुन क्षेत्रीलाई नै हो । त्यसैले ती समुदायलाई मधेसप्रति सक्दो नकारात्मक बनाउने र मधेसी जनताप्रति बढी भन्दा बढी शंकालु बनाएर उनी आफ्नो लोकप्रियता बढाउन चाहान्छन् । भारतको दाह्रा नंग्राबाट नेपाललाई जोगाएको झुठो कथ्य रचेर बेच्न उनी अहिलेलाई सफल भएका छन् । त्यही कथ्यबाट प्रभावित भएर अहिलेसम्म हामीले उनलाई यी सारा बेथितिका दोषी हुनबाट मुक्त राखेका छौं । सरकारमा बसेर बेसुरा गफ गर्ने र सिन्को नभाँच्ने छुट दिएका छौं । भुकम्प पीडितलाई जीवन बाँच्न कुनै सहयोग नगरेर बित्थाको स्मारक बनाउने प्रचार गर्न छुट दिएका छौं । भुकम्पमा बँचेका ज्यान उनकै लापर्वाहीले मर्दै गर्दा, सधैं रेला गर्ने अराजकता यसै सहेका छौं । परिणाम, पहाडे मूलका नागरिकलाई मधेसी विरुद्ध भड्काउन खुला छोडेका छौं । तिनलाई विखण्डनकारी भन्न, माखो भनेर अपमान गर्न, र जनावर भनेर दुत्कार्न हौसला दिएका छौं ।
खड्गप्रसादको अर्थहीन गफले मधेसी त भुलिंदैनन् । तर, पहाड लठ्ठ छ । नाका अवरोध गर्न भारतको साथ लिएका मधेसीलाई ‘भारतीयको प्यादा’ का रुपमा अझ मजाले प्रोजेक्ट गर्न पाउने यो मौकालाई उनले सक्दो पुँजिकृत गर्न खोज्दैछन् । त्यसमा उनी एक हदसम्म सफल पनि भएका छन् । कारण, उनकै कथ्य हरेक दिन नांग्ले अखबारका सम्पादकीयले प्रचार गरेका छन् । भारतले गरेको भनिएको ‘नाकाबन्दी’ खोल्ने जिम्मा पनि खड्गप्रसादकै हो । तर, प्रश्नको हल हामी सुष्मा स्वराजबाट खोज्छौं । स्वराज हाम्रो समस्या हल गरिदिन बाध्य छैनन् । हामीले भोट उनलाई हालेका होइनौं । तर, त्यसो गरेर हामीलाई नै सधैं झुक्याउँदै आएको खड्गप्रसादलाई प्रश्न र दायित्वबाट मुक्त गरेका छौं । अहिले कसैले मधेस र पहाडबीचमा कहिल्यै नमेटिने दरार चाहेको छ भने, ति खड्गप्रसाद नै हुन् । कारण, उनलाई महेन्द्रको असली क्लोन बन्नु छ ।
भारतको नरेन्द्र दामोदर दास मोदीतिर फर्केर धारे हात लगाउनु अघि मोदी र खड्गप्रसादको घरेलु राजनीति ठ्याक्कै उस्तै हो र उनीहरुको ‘सक्कली’वाला राष्ट्रवादमा पनि कुनै फरक छैन भनेर पहाडे समुदायले महसूस गर्न ढिलो भइसकेको छ ।
यो समुदायका अघिल्तिर उभिएको सबभन्दा पेचिलो प्रश्न हो – कहिलेसम्म खड्गप्रसादलाई पहाडलाई झुक्याउने छुट दिने ? कहिलेसम्म उनलाई आफ्ना दायित्वबाट उम्केर हाम्रा दुखलाई मजाक बनाउने अधिकार दिने ? मधेस आन्दोलनलाई इमान्दारीपूर्वक सम्बोधन नगरेर बिनोद चौधरी र मठाधिस रविशंकर मार्फत नरेन्द्र मोदीको फन्को मारिरहने छुट कहिलेसम्म दिने ?
रेकर्ड नेपालमा प्रकाशित / http://np.recordnepal.com/perspective/141

0 comments:
Post a Comment