नेपाली बौद्धिक वृत्तमा 'वाद'लाई लिएर घम्साघम्सी पर्नु कुनै नौलो घटना होइन। यो वा त्यो 'वाद'बाट माथि उठेको बताउनमा एकथरी विद्वान् रमाउन थालेको पनि आजदेखि होइन। त्यसरी माथि उठिएन भने संकुचित भइन्छ भन्ने भयले उनीहरूलाई गाँजेको छ।
'वाद'प्रतिको प्रेम र घृणा चलिरहँदा अहिले नेपाली छापामा एकाएक चर्चा पाएको नयाँ वादको नाम हो, डलरवाद। प्रवृत्तिगत रूपमा डलरवादको दबदबा पुरानै भए पनि यसको सैद्धान्तिक व्याख्या हुन बाँकी नै छ। बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग बन्ने क्रममा एकथरी अधिकारवादी हौँ भन्नेहरूले बखेडा झिकेपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले ती अधिकारवादीलाई डलरवादी भएको आरोप लगाएका थिए। पौडेलले दिक्दारीको भावमा उक्त शब्द प्रयोग गरेका हुन्। तर, उनले फ्याट्ट प्रयोग गरेको शब्दले छापा र बौद्धिकहरूमाझ ठूलै हल्लीखल्ली मच्चाइसकेको छ। जसलाई उनले डलरवादी भने उनीहरू आफूले शान्तिका नाममा बारम्बार डलर लिएको भए पनि डलरवादी नभएको दाबी गररिहेका छन्। डलरवादीबारेको यो रस्साकसी अझै केही समय चल्ने देखिन्छ। त्यसैले डलरवादको अवधारणाबारे खुद्रा नै सही केही विचार गर्न मनासिब हुनेछ।
सामान्यतः माक्र्सवाद जीवन जगत् र सामाजिक, सांस्कृतिक परविर्तनलाई ऐतिहासिकताको कसीमा बुझ्ने पद्धति हो। सजिलो भाषामा भन्दा नाफा 'एकुमुलेट' गर्ने र लगानीको चक्र एवं पुनःचक्र अकन्टक घुमाइरहने विधि नै पुँजीवाद हो। डलरवादको सैद्धान्तिकता भनेको खान पुगेका मुलुकहरूले तन्नम मुलुकका जनतालाई दिन पुग्ने गरी उबारेका डलर, क्रोनर वा पाउन्डलाई 'च्यानलाइज' गर्ने पद्धति हो। यसका लागि केही पूर्वाधारहरू पहिले तयार गर्नुपर्छ।
सबभन्दा पहिले आफ्नो मुलुक तन्नम हुनुका कारणहरू पत्ता लगाउनुपर्छ। गरबि र पछौटे जनतासम्म नपुगेका वस्तु र सुविधाहरूका सूची बनाउनुपर्छ। जस्तो ः जनताको घरमा चर्पी छैन, उनीहरूले शिक्षाको उज्यालो देख्न पाएका छैनन्, कति कुपोषणले ग्रस्त छन्, कतिलाई आफ्नो अधिकारबारे ज्ञान छैन, कतिले लोकतन्त्र र आवधिक निर्वाचनको परिभाषा बुझेका छैनन्, कतिलाई शान्ति किन चाहिन्छ नै थाहा छैन अनि द्वन्द्वको व्यवस्थापन गर्ने तौरतरिका पनि धेरैलाई पत्तो छैन। यी र यस्ता शीर्षक र उपशीर्षकहरूमा तथ्यांकका ढड्डा तयार पार्नुपर्छ। यी तथ्यांकहरूको अंग्रेजी भाषामा चुस्त व्याख्या गर्नुपर्छ। तर, रमाइलो यहाँ के छ भने डलरवादले यस्ता तथ्यांक र व्याख्यान तयार पार्न डलरको जोहो गर्ने तरिका पनि विकास गरसिकेको छ। यस्ता व्याख्यानहरू तेस्र्याएपछि खान पुगेका उदारमनाहरूले दिन पुग्ने गरी उबारेका डलर खन्याइदिन्छन्। डलरवादले विकास गरेको मुख्य शिल्प भनेको यसरी प्राप्त डलरको उपयोग गर्ने नै हो। जसले उल्लिखित पूर्वाधारहरू तयार पारेको छ, सबभन्दा पहिले उसैको झोलीमा डलर आइपुग्छ। जो डलरवादी होइन, उसले यसको 'उचित उपयोग' गर्न जान्दैन। अर्थात्, त्यो डलर जसको नाममा आएको हो, उसैको हितमा बढीभन्दा बढी प्रयोग गर्छ। तर, डलरवादी बनिसकेकाले 'टि्रकल डाउन' सिद्धान्तको प्रयोग गरेर तलतिर आनासुका छरिदिन्छ र दानको ठूलो अंश आफ्नै श्रीवृद्धिमा उपयोग गर्छ।
यी आनासुका जो निमुखामाझ पुग्छ, त्यसको व्यवस्थापनमा पनि डलरवादले केही विशिष्ट तौरतरिका अघि सारेको हुन्छ। कारण, यो आनासुका पनि तन्नम सबाल्टर्नहरूलाई ठूलो उपहार हुने गरेको छ। यस्तो आनासुकामा ती हरपिहरूलाई पल्काएपछि तिनलाई काम गर्न मन लाग्न छोड्छ। उनीहरू त्यही आनासुकाको आशामा हरदम आकाशतिर मुख फर्काएर पर्खी बस्ने अल्छीहरूमा परिणत हुन्छन्। श्रमको महत्त्व बिर्सिन्छन्। स्वावलम्बन फोस्रो गफ बन्छ। परनिर्भरता बढ्दै जान्छ। यसरी अरूमाथि आश्रतिहरूको संख्या दिनप्रतिदिन बढाउनु पनि डलरवादको प्राथमिकतामै पर्छ। जति परनिर्भरता बढ्छ, तथ्यांकहरू त्यति नै डलरवादको अनुकूल हुँदै जान्छ। यसले डलरको आयातलाई अनन्तसम्म निरन्तरता दिन्छ। डलरवादीको झोली भरिँदै जान्छ, आनासुका तल चुहिँदै जान्छ। त्यसमा रमाएर तलका दंग भइबस्छन्। र, उही चक्रको नीरस पुनरावृत्ति भइरहन्छ।
तन्नम मुलुकका मुट्ठीभर मानिसका झोली भर्ने तकनिकी र सूत्रहरूको समग्र शास्त्रलाई नै डलरवाद भनिएको हो। यसको विकासमा अंग्रेजी भाषामा दक्षता भएका राजधानीका अभिजात वर्गको भव्य योगदान छ।
तर, डलर ल्याएर गरिएका सबै काम खराब छैनन्। सबै मानिस डलरवादमा फसेका पनि छैनन्। त्यसैले पनि डलरवादको सैद्धान्तिक परख गर्नुपर्ने आवश्यकता छ। ताकि, ठोस काम गरेर योगदान पुर्याएका संस्था, मानिस र दाताहरू डलरवादमा लेस छैनन् भनेर देखाउन मिलोस्।
पछिल्लो समय विवादमा तानिएको साउथ एसिया ट्रस्ट र त्यससँग सम्बन्धित कनकमणि दीक्षित, जसले नर्वेजियन दूतावाससँग सम्झौता गरेर ६ करोड रुपियाँभन्दा बढी लिएका छन्, को डलरवादिता उपर्युक्त व्याख्या अनुसार जाँच्न मिल्छ। त्यसो त यस्ता धेरै संस्था र व्यक्तिमाथि छानबिन गर्नुपर्ने आवश्यकता छ। तर, एउटा नजिर स्थापित गर्नका लागि पनि दीक्षित र ट्रस्टबारे संसद्मा उठेका मुद्दामा गम्भीर छानबिन जरुरी छ। तथ्य बाहिर आउनु उनका लागि पनि सुखद नै हुन्छ। उनको दाबी अनुसार उनी डलरवादी नभएको पुष्टि हुनु राम्रो काम गर्ने अरूलाई हौसला पुग्नु हो। तर, निष्पक्ष छानबिनले आरोपलाई साबित गर्यो भने त्यसले एउटा नजिर स्थापित गर्छ र डलरवादमा फसेकालाई निरुत्साहित गर्छ। यसो हुनुले डलरवादको सैद्धान्तिक व्याख्या अझ स्पष्ट बनाउन सकिन्छ।
डलरवादमाथि विमर्श अझ घनीभूत बनाउन अत्यन्त जरुरी छ। कारण, नेपाल भीखमंगाको देश भनेर चिनिन थालेको धेरै भयो। आफूले केही उत्पादन गर्न नसक्ने, आफू निर्भर हुन नसक्ने मानिसहरू बसोवास गर्ने तन्नम देशका रूपमा हाम्रो परचिय स्थापित भइसकेको छ। यो बदनामी आउँदा कति पुस्ताले निधारमा बोकेर हिँड्नुपर्ने हो ? मुलुकको सुनाम हरेक नागरकिको सुनाम हुनेछ। त्यसैले डलरवादजस्तो घातक रोगको निराकरण गर्न यसका सैद्धान्तिक र व्यावहारकि पक्षबारेको छलफलले सहयोग पुर्याउँछ। डलरवादवरपिरि घुमिरहेको विमर्श अझ फराकिलो र गहन बनाउनु सुखद हुनेछ।