उज्ज्वल प्रसाई / १२ फागुन २०७४
मृत्युले हडताल गरे के हुन्छ ? अर्थात्, कुनै एउटा मुलुकको परिधिभित्र कसैको पनि मृत्यु हुन छोड्यो भने के हुन्छ ? एउटा बेनामे देशमा त्यस्तो समय आयो। मृत्युशय्यामा घिटिघिटी भएका मान्छे बौरिन थाले। बुढ्यौलीले थलिएर ‘आज हो कि भोलि’ भनिएका मान्छेको मृत्यु टर्यो।
मान्छे मर्न छोडेपछि सबभन्दा पहिले त्यो मुलुकको महत्वपूर्ण धार्मिक संस्था चिन्तित बन्यो। मान्छेले धर्ती छोड्नु नपरेपछि परलोकको कथा बेकार भयो। स्वर्ग र नर्कका परिकल्पना अर्थहीन भए। मरेपछि स्वर्ग पुगिने आशामा मान्छेले भगवान्को अर्चना गर्न छोडे। गिर्जाघरहरूको धन्दा सबै चौपट भयो। त्यसैले सबभन्दा ठूलो चिन्ता गिर्जाघरका मालिकहरूलाई भयो। भगवान्का दूत दाबी गर्ने पुजारीहरूले परमात्मालाई यसबारेमा जिज्ञासा राखेको र यसको छिट्टै समाधान खोजिने बताउन थाले।
बुढ्यौलीले कुँजिएका मानिसको सेवामा हाजिर परिवारका सदस्यलाई पनि उस्तै हैरानी थपियो। स्याहार गर्नुपर्ने दिन थपिँदै गएपछि उनीहरूलाई झिँझो लाग्न थाल्यो। उमेर पुगेका मानिस र रोगले थलिएका आफन्त बोकेर सयौं परिवार मुलुकको सिमाना काटेर अन्यत्र दौडन थाले। छिमेकी मुलुकमा कालले आफ्नो धर्म छोडेको थिएन। त्यहाँ मानिसको मृत्यु भइरहेको थियो। मर्नुपर्ने तर मर्न नसकेका सयौं मान्छे लिएर उनीहरू छिमेकी देशको शरणमा पुगे। त्यहाँ लगेका मानिसले मृत्युवरण गर्लान् भन्ने उनीहरूको आशा थियो।
अर्को एउटा सहरमा एक्कासि मानिसहरू दृष्टिविहीन हुन थाले। एक जना सहरिया गाडी कुदाएर ट्राफिक बत्ती मुन्तिर आइपुगेर अडिए, उनी हरियो बत्तीको पर्खाइमा थिए। उनका आँखाले एकाएक केही देख्न छोड्यो। आँखा अघिल्तिर सेता पर्दाहरू मात्र देखे। सडकबीचमा ‘गुहार, मेरा आँखा बन्द भए’ भन्दै चिच्याए। कोही सज्जन आएर उनलाई सघाइदियो, कार हाँकेर घर पुर्याइदियो। घर छोडेपछि, त्यो सज्जनले त्यही कार चोरी गर्यो। चोरेको गाडी धेरै भोग्न नपाउँदै, ऊ आफंै दृष्टिविहीन बन्यो। त्यसरी एक्कासि आँखाको ज्योति गुमाएका मानिस आँखा जँचाउन डाक्टरकहाँ पुगे। डाक्टरका आफ्नै आँखा काम नलाग्ने बने। सो अस्पतालमा आएका एक देहव्यापारी महिला, आँखा टेढो भएको एक युवक, र अर्का एक वृद्ध सबै एकाएक दृष्टिविहीन भए। एक जोडी प्रेमीहरू सिनेमा हेर्न गएका थिए, रंगीन र चलायमान पर्दा एकाएक अस्थिर र सेतो देखियो। अधबैंसे, बूढाबूढी, तन्नेरीहरू, विस्तारै सहरका सबै मान्छेले दृष्टि गुमाउन थाले। दृष्टि गुमाउने पहिलो मान्छेको आँखा जाँच्ने डाक्टरकी श्रीमतीबाहेक अरू सबै दृष्टिविहीन भए।
यस्तो दृष्टिविहीनता फैलन थालेपछि घोर चिन्तामा राज्यले यो सरुवा रोग नियन्त्रण गर्ने उपाय निकाल्यो। वर्षौं उपयोगमा नआएर खाली रहेको पागलखानामा दृष्टि गुमाएका मानिसलाई राख्यो। त्यहाँ उनीहरूको रेखदेख गर्ने भन्यो। दृष्टिविहीनहरू राख्न तयार पारिएको त्यो ठाउँमा आवश्यक सुविधाहरू थिएनन्। स्वास्थ्य परीक्षणदेखि खानपिन र बसोबासका उचित प्रबन्ध थिएन। एकाएक दृष्टि गुमाएर आत्तिएका मानिसहरू यो कैदबाट मुक्त हुन खोज्थे। भाग्ने छिद्रहरू पत्ता लगाएर उम्कन खोज्थे। बाहिर पहरा दिएर बसेका सिपाहीहरूले उनीहरूलाई पक्राउ गर्थे। ती सिपाहीहरूसमेत अन्धोपनको संक्रमण होला भन्नेमा भयग्रस्त थिए। त्यो ‘असाइलम’ कुनै उपचार केन्द्र थिएन, बरू बन्दीगृह थियो।
बन्दीगृहभित्र दृष्टिविहीनहरू बीचमा ठूला द्वन्द्वहरू देखा पर्न थाले। भित्रै गुट, उपगुटहरू बनाएर एकअर्कासँग लड्न थाले। कोही प्रेममा परे र शारीरिक सुख भोग गर्ने मौका खोज्नमा उद्यत् रहे। पानीको उपलब्धता नभएकाले त्यहाँ थुप्रिएका मान्छे कसैले नुहाउन पाएका थिएनन्। उनीहरू डुंगडुङ्ती गन्हाउन थाले। मयलको पाप्रा शरीरभरि भयो। एकदिन असावधानीवश आगलागी हुँदा भागाभाग मच्चियो। दृष्टिविहीनताले ग्रस्त सहर नै तबाह भइसकेको थियो। जताततै लासहरू पल्टेका थिए। कुकुरहरू मान्छेका लासमा दाँत गाडिरहेका देखिन्थे। बाँचेकाहरू भौंतारिँदै हिँड्ने र जे भेट्यो त्यही खाइरहेका थिए। केही समयमा पानी बर्सियो। झमझम परेको पानीमा दृष्टिविहीन मानिसहरूले आफूलाई पखाले, एक दृष्टिविहीनले अर्काको शरीर माडेर सफा गरिदियो। नग्नताको पर्वाह नगरी सबै पुरुष र महिला दुवै पखालिन थाले।
होजे सारामागो एक कल्पनाशील कथावाचक हुन्। उनलाई धेरैजसोले अर्का उस्तै प्रचुर कल्पनाशीलता प्रयोग गर्ने होर्खे लुई बोर्खेससँग तुलना गर्छन्। सारामागो र बोर्खेसमा धेरै समानता छन्, एउटा प्रष्ट असमानता छ – सारामागोमा सामान्य मानिसहरू र तिनका दैनिकीप्रति अत्यन्त गहिरो चाख देखिन्छ।
यस्तो अव्यवस्थाका बीच एकअर्कालाई सघाउन खोज्ने, मान्छेको हित कसरी गर्न सकिन्छ भनेर सोच्ने मान्छेहरू त्यहाँ थिए। दुःख कम गर्न र विस्तारै मुक्त हुन सकिने उपायका खोजी गर्ने प्रयत्नहरू थालिए। आँखाको ज्योति नगुमाएकी उही दृष्टिविहीन डाक्टरकी श्रीमती यो तबाही हेर्न बाध्य थिइन्। उनले भनिन्, ‘खासमा हामी एक्कासि अन्धा भएका होइनौं। हामी देख्दादेख्दै दृष्टिविहीन बनेका हौं। हामी त्यस्ता अन्धा हौं जो खासमा देख्न सक्छौं तर देख्न चाहँदैनौं।’
०००
होजे सारामागो एक कल्पनाशील कथावाचक हुन्। उनलाई धेरैजसोले अर्का उस्तै प्रचुर कल्पनाशीलता प्रयोग गर्ने होर्खे लुई बोर्खेससँग तुलना गर्छन्। सारामागो र बोर्खेसमा धेरै समानता छन्, एउटा प्रष्ट असमानता छ– सारामागोमा सामान्य मानिसहरू र तिनका दैनिकीप्रति अत्यन्त गहिरो चाख देखिन्छ।
वोर्खेसले जस्तै सारामागोले अचम्मका कल्पना गरे। कहिले काल हराएको कल्पना गरे, कहिले सिंगो सहर दृष्टिविहीन बने के हुन्छ भनेर सोचे। यस्ता कथा भनेर उनले कल्पनाको डरलाग्दो उडान भर्न मात्र खोजेनन्– जीवन र मृत्यु, सामाजिक व्यवस्था र अव्यवस्था, न्याय र अमानवीयताका पहेँलीहरू पाठकका अघिल्तिर राखिदिन चाहे। रहस्यमयी कथामा डोर्याउँदै लगेर सामाजिक, सांस्कृतिक र राजनीतिक स्थापत्यहरू माथि प्रश्न उठाए। मृत्युको भय दोहन गरेर आफ्नो वर्चस्व कायम गर्ने धार्मिक संस्थाहरूका पोल खोले।
दुनियाँमा चलेको एउटा सामान्य प्रक्रियामा केही फेरबदल आउँदा सबभन्दा पहिले निरीह त्यही शक्ति बन्यो जसले दुनियाँ आफूले नै चलाएको दाबी गथ्र्यो। मृत्यु नै त्यस्तो पडाव रहेछ जसको अनिवार्यताको आडमा परलोकको कल्पना खडा गरियो। देहनासपछिको अवस्थालाई देखाएर उभ्याइएको धर्म नामको संस्थाले आखिर त्यही मृत्युलाई परमात्मा वा भगवान् भनेको रहेछ। सारामागोले ‘डेथ एट इन्टर्भल्स’ नामको उपन्यास मान्छेका दिमाग कब्जा गरेको धर्मको त्यही कमजोर जग देखाउन लेखेका हुन्।
यथार्थप्रतिको मान्छेका अन्धताले बीसौं शताब्दीले भोगेका अव्यवस्था निम्त्याएको थियो। मान्छेका आत्मविस्मृतिका कारण दुनियाँ अनेक ताण्डवको साक्षी बन्न अभिशप्त भयो। विद्रुप मानवीय आकांक्षा, तिनका घातक कमजोरी र तिनले निम्त्याउने त्रासदीबारे चिन्तन जरुरी थियो। त्यसो त ताडनाहरूबाट मुक्तिको भौतिकवादी उपायहरूको खोजी पनि बीसौं शताब्दीको महत्वपूर्ण उपलब्धि थियो। मान्छेको दिमागी दृष्टिविहीनताका परिणामलाई देखाउन ‘ब्लाइन्डनेस’ उपन्यासमा एउटा यस्तो सहरको कल्पना गरे जहाँ अन्धता एउटा महामारीको रूपमा फैलिन्छ। आफूलाई जोगाउने ऊहापोहमा अरुको अहित चिताउने र सिंगो समूहका प्राथमिकता गौण बनाउने यत्नहरू बढी हुन्छन्। तर त्यो आफंैमा दुनियाँको पूर्ण चित्र होइन। आफूसँगै अरू हजारौं मानिसको मुक्तिबारे सोच्ने र काम गर्न खोज्ने चाहना मानवीयता र प्रेमका रूपमा अभिव्यक्त हुन्छ। मान्छेका त्रासदी र सुन्दर जीवनको सम्भावना दुवै दर्शाउन सम्भवतः ‘ब्लाइन्डनेस’ लेख्नुको मुख्य कारण थियो।
साहित्यका यस्ता सफल प्रयोक्ता भएकाले सारामागो आज पनि उत्तिकै सान्दर्भिक छन्। उनले रचेका लोककथा र दन्त्यकथा जस्ता लाग्ने उपन्यासहरूका अन्तर्यमा गहिरो जीवनबोध भएकाले पनि यहाँ स्मरण गरिएको हो।
०००
सन् १९९८ मा नोबेल पुरस्कार पाएका सारामागोबारे मैले पहिलोपटक सन् २०१० मा सुनेँ। सो वर्षको जुन महिनाको एक शुक्रबार ‘द काठमान्डु पोस्ट्’को साप्ताहिक अंक ‘अन सटर्डे’को तयारी चलिरहेको थियो। म डिजाइनरसँग बसेर पेज बनाउँदै थिएँ। सो साप्ताहिक अंक संयोजन गर्ने सहकर्मी अमिसराज मुल्मी छेउमा आएर भने, ‘मेरा एक प्रिय लेखक बितेछन्, दुःख लाग्यो। अर्को सातालाई एउटा ओब्युचरी लेख्नुपर्ला।’
उनले सारामागो बितेको खबर सुनाएका थिए। त्यस्तो नाम गरेका लेखक छन् भन्ने मलाई थाहा थिएन। त्यसो त मुल्मीले पहिले नसुनेका थुप्रै लेखकबारे बताउने गरेका थिए। उनको सिफारिसमा मैले चिनियाँ मूलका अमेरिकी लेखक हा जिन, पत्रकार रोबर्ट फिस्कलगायतका केही पुस्तकहरू पढ्न थालेको थिएँ। उनका छनोट मलाई जाँच्न थालेको थियो। त्यसैले सारामागोबारे गुगलमा खोजेर केही पढेँ। अर्को साताका लागि उनले लेखेर मलाई हेर्न दिएको ओबिच्युरी पढेपछि भने मलाई सारामागोका उपन्यास पढ्ने लालसा जागेर आयो। पहिले बोर्खेसलाई पढ्न कोसिस गरेको थिएँ, अहिले सारामागो छिचोल्न पनि बलियो कोसिस नै चाहियो। बल गरेर सुरु गरिएको सारामागोको पठन फलदायी मात्रै भएन, कतिपय दोहोर्याएर पढेका उनका उपन्यासहरू आनन्दका दिगो स्रोत भएका छन्।
पोर्चुगाली भाषामा लेख्ने उनका कृतिहरू मैले अंग्रेजी अनुवादमा पढेको हुँ। अनुवादमा पनि उनको लेखनको मौलिकता कायम गरिएको छ। त्यही मौलिकता सुरुमा मलाई ठूलो घाँडो भएको थियो। एकातिर कथाले खिँचेर राख्न खोज्ने, अर्कातिर लेखनको दुरुह ढाँचाले बिच्क्याएर खेद्न खोज्ने। पाना पल्टाउँदा नै झिँझो लाग्ने गरी अक्षरहरूका थुप्रो देखिन्छ। अनुच्छेदहरू परिवर्तन भएका कुनै ठाउँ देखिँदैन। पढ्न थाल्यो पूर्णविराम कतै आउँदैन, वाक्यहरू छुट्याउन अल्पविरामहरूको अविराम प्रयोग गरेको भेटिन्छ। पात्रहरूले बोलेका वाक्य पनि कोटेसनभित्र राखिएका छैनन्। कुन पात्रले बोलेका हुन्, कुन कथावाचकका हुन् भनेर ठम्याउन हम्मे पर्छ। यसबीच, घटनाहरू भने यस्ता घट्छन् कि अब के हुन्छ भनेर पढिरहनुपर्ने ! कुनै कुनै ठाउँमा एक अनुच्छेद बराबरका लामा वाक्य भेटिन्छन्। जसै पढ्न थाल्यो, पूर्णविराम नभएकाले हुन सक्छ, मेरो पढाइको गति पनि तीव्र हुँदै जाने। यस्तो लाग्छ, मानौं मैले उपन्यास पढिरहेको छैन बरु हतारिएर गाडी कुदाइरहेको छु र गन्तव्यमा पुग्ने हतारोमा म छेउछाउका कुनै दृश्य देखिरहेको छैन।
यसरी तुफान पढेर केही पाना सकिएपछि मात्रै बीचमा अनेक घटना र संवादहरू छुटे भन्ने थाहा हुने। कतिपय प्रसंग राम्रोसँग नबुझिएरै बाटैमा छुटिजाने। वाक्यहरूबीचका अल्पविरामले रोक्न नसकेको पढाइको तीव्र गतिका कारण धेरैजसो कथाको लय नै नसमातिने। के पढेँ भनेर एकछिन सोचेपछि अघि पढेका पाना फेरि पल्टाएर पढ्न खोज्यो, पढाइले तुफानी रूप लिन खोजिहाल्ने। सचेततापूर्वक रफ्तार रोक्न खोज्दै विस्तारै असंख्य अल्पविरामका ठाउँमा आफंैले मनैमन पूर्णविराम लगाउँदै पढ्दा मात्रै कथाको लय समातिने। जसै कथाको लय समातिन्छ, त्यहाँ घटेका घटनाहरूमा लछ्याप्रै भिजिन्छ, अक्सर बेनामे रहने पात्रहरूका संवादहरू खुट्याउन थालिन्छ, सारामागोले सिर्जना गरेको ती कल्पनातीत दुनियाँका चित्र मस्तिष्कमा उत्रिन थाल्छन्।
उनले धेरैजसो उपन्यासमा व्याख्या गरेका देश र सहर, मान्छे र पशुहरू कसैका पनि नाम नहुने भएकाले त्यो आफ्नै वरपरको कथा हो भनेर बुझ्न छुट पाइन्छ। उनका उपन्यासमा एकैपटक धेरै मान्छेले बोलिरहे जस्तो अनुभूति हुन्छ। मानौं मुख मिठ्याएर गफ गर्नुपर्ने पाँच सात मान्छे चिया पसल वा चौतारामा बसेका छन् र एकअर्कालाई उछिन्न खोज्दै, कहिले एकैपटक दुईचार जनाले बोल्न खोज्दै संवाद गरिरहेका छन्। हरेक पटक उनलाई पढ्दा मेरा हजुरबा र उहाँका साथीहरूको जमघट सम्झन्छु, जहाँ सबै बोलिरहेका हुन्छन्, एकअर्काका गफ खासै सुनिरहेका हुँदैनन्। समालोचक जेम्स वुडले सारामागोका उपन्यासहरूमा प्रयोग भएका कथावाचकबारे यसो भनेका रहेछन्, ‘उनको कथावाचक कुनै चतुर पोर्चुगाली किसान जस्तो लाग्छ, जो सबै कुरा जान्दछ र केही पनि जान्दैन।’
पोर्चुगलको सानो गाउँ आजिनहागाको एक भूमिहीन किसानको घरमा सन् १९२२ मा जन्मेका सारामागोले जीवनको ठूलो कालखण्ड सहरमा बिताए। उनी हुर्कंदै गर्दा पोर्चुगल एन्टोनियो डी सलाजार नामको राष्ट्रवादी तानाशाहको कब्जामा थियो। सलाजारको शासनमा लोकतन्त्र, समाजवाद, साम्यवाद, उदारवादजस्ता कुनै पनि व्यवस्थाबारे चिन्तन गर्न वर्जित थियो। सानो स्वार्थी व्यापारीहरूको झुन्ड सलाजारको वरिपरि हुन्थ्यो, त्यसैले आर्थिक नीति र राजनीति चलाउँथ्यो। पोर्चुगाली समाजको सांस्कृतिक ठेक्का भने क्याथोलिक चर्चले लिएको थियो।
होजे डी सुसा भन्ने नामको पछाडि सारामागो शब्द जोडिन पुगेको कथाले उनी जन्मेको ग्रामीण परिवेशबारे संकेत गर्छ। उनी सात वर्षको हुँदा विद्यालयमा नाम लेखाउन गए, यो लिस्बन सहरको घटना हो। त्यसबेला उनलाई परिचयपत्र मागियो। उनका बाबुले उनको जन्मदर्ता निकालेर देखाउँदा छोराको नामको पछाडि सारामागो भन्ने शब्द जोडिएको थाहा पाए। पोर्चुगाली भाषामा सारामागोको अर्थ जंगली मुला भन्ने हुन्छ।
खासमा, उनको परिवारको नाम काढेर गिज्याउन गाउँलेहरूले उनीहरूलाई सारामागो भन्ने गरेका थिए। न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘त्यो जन्मदर्ता गर्ने कर्मचारी मातेको थियो होला। गिज्याउने नाम भएकाले बा खुसी थिएनन् तर छोराको औपचारिक नाम त्यही भइसकेको थियो। छोराको नाम त्यस्तो भइसकेपछि उनले पनि त्यो आफ्नो नाम हो भनेर मान्नैपर्यो। सायद छोराले बाउलाई नाम दिएको यो पहिलो घटना होला।’ नेपालका ग्रामीण भेगमा पनि अक्सर गरिब, असाक्षर दलित र जनजातिहरूका जन्मदर्ता गर्दा वा विद्यालयमा नाम लेखाउँदा गाउँमा बोलाउने काले, कान्छी, रातेजस्ता नामहरू लेखिदिने गरेका सयौं उदाहरण भेटिन्छन्।
लिस्बन सहरमा हुर्केका सारामागो हरेक बिदामा गाउँ फर्कन्थे। पोर्चुगाली ग्रामीण जनजीवनका ती रङहरू उनले आफ्ना कथा र उपन्यासमा सहजतापूर्वक प्रयोग गरेका छन्। सहरका कथा लेख्दासमेत उनको त्यो ग्रामीण चेतना विभिन्न रूपमा अभिव्यक्त भएको समालोचकहरूले बताउने गरेका छन्। त्यसो त ग्रामीण परिवेशभन्दा बरु सहरकै कथा बढी लेखेका छन् उनले। आफूले बुझेको मात्रै नभई, गहिराइमा अनुभूत गरेको सहर लिस्बनबारे सिंगो पुस्तक नै लेखेका छन्, ‘द हिस्ट्री अफ द सिज अफ लिस्बन’।
तानाशाहले कज्याएको सहरमा उनलाई औपचारिक शिक्षा हासिल गर्न सहज थिएन। आर्थिक अवस्था नाजुक भएकाले उनले व्यावसायिक तालिम लिनुपर्ने भयो। १३ वर्षको उमेरमा उनी कार बनाउने काम सिक्न गए। उनी हुर्कंदै गर्दा उनका बा सरकारी प्रहरी भए। उता बा सरकारी मान्छे हुँदै गर्दा, छोरोले भने अध्ययनमा रुचि बढाउन थालेका थिए। व्यावसायिक तालिम दिने स्कुलमा भएको पुस्तकालयमा उनको अध्ययन सुरु भयो। उनले रिकार्डो रिस नामका कविका कविताहरू पढे, प्रभावित भए। उनलाई तिनताक थाहा थिएन, रिकार्डो रिस पोर्चुगलकै फर्नान्डो पेसोआ नामका कविको छद्म नाम थियो। कालान्तरमा उनले उही रिकार्डो रिसको नाममा उपन्यास लेखे, ‘द इयर अफ द डेथ अफ रिकार्डो रिस’।
उनी अध्ययनले खारिँदै गरेका बेला, पश्चिमा लोकतन्त्रले आफ्नो विद्रुपता प्रदर्शन गर्न थाल्यो। यता विस्तारै विद्रोही तेब्बर बढ्दै जानु र उता लोकतन्त्रका जन्मदाता दाबी गर्ने देशहरूले नेटो जस्तो संगठनमा पोर्चुगलको तानाशाहलाई आमन्त्रण गर्नुले उनलाई उदारवादी लोकतन्त्रको विकल्प सोच्ने ठाउँमा पुर्यायो। आखिर उनी पोर्चुगाली कम्युनिस्ट पार्टीका सदस्य बने र जीवनभर आफूलाई कम्युनिस्टका रूपमा चिनाइरहे।
उनको सबैभन्दा चर्चित पुस्तक ‘द गोस्पेल अकोर्डिंग टु जिसस क्राइस्ट’मा उनले पोर्चुगलको समाजमा गहिरो छाप पारेको क्याथोलिक चर्च र क्यााथोलिकवाद माथि व्यंग्य गरेका छन्। जिससलाई काफी कमजोरी, शंका र अनेक गलत बुझाइहरूसहितको मान्छेको रूपमा उभ्याएका छन्। उनलाई दूतका रूपमा पठाउने भगवान्लाई पनि उस्तै मानवीय गुणले सुशोभित पात्र बनाइदिएका छन्। जिससले क्रसमा झुन्डिएर भगवान्लाई औंल्याउँदै भन्छ, ‘ए मान्छेहरू हो, उसलाई माफ गरिदेओ। उसलाई आफैंले गरेका हर्कतबारे केही थाहा छैन।’ यो उपन्यासका लागि उनलाई दिइन लागिएको पुरस्कारमा राज्यले रोक लगाएपछि उनी आफूले वर्षौं बिताएको लिस्बनबाट बसाइँ सरे।
गाउँलेको गिज्याइको सिकार बनेर जंगली मुलाजस्तो नाम बोकेर बाँच्नुपर्ने बाध्यतामा परेका उनी, त्यही नामले संसारभर प्रसिद्ध बने। अहिले पोर्चुगलको घरेलु नाम बनेका छन्, सारामागो। सम्भवतः उनको उदयपछि सारामागो शब्दले नयाँ अर्थ पायो। सारामागो अर्थात् पोर्चुगलका सुविख्यात आख्यानकार।
जीवनको उत्तराद्र्धमा उनले ब्लग लेखे। छोटा राजनीतिक, सामाजिक र साहित्यिक ती टिप्पणीहरू समेटेर ‘द नोटबुक’ नामको पुस्तक प्रकाशनमा ल्याइएको छ। पछिल्लो समय उनी उदार लोकतन्त्रका रवैया देखेर अझ क्षुब्ध भए भने वामपन्थी भनिने पार्टीहरूका हर्कतसँग पनि खुसी थिएनन्। उनले सन् २००८ को अक्टोबरमा लेखेका रहेछन्, ‘द लेफ्ट ह्याज नो फकिंग आइडिया अफ द वल्र्ड इट्स लिभिङ।’ कम्तीमा नेपाल र भारतका वामपन्थी भनिने पार्टीहरू देख्दा उनको आक्रोशलाई टिपेर कतै देखिने ठाउँमा झुन्ड्याउन मन लाग्छ।
सामाजिक यथार्थप्रति इमानदार बनेर साथै सामाजिक दायित्वबोधसहित साहित्यमा प्रयोग गर्न सकिन्छ। सारामागो जीवन्त उदाहरण हुन्। नेपालमा साहित्यिक प्रयोग गर्न रुचाउनेमध्ये धेरैले जमिन टेक्नभन्दा पहिले प्रयोगका नाममा हावामा कवाज खेल्न खोजे। परिणाम, उनीहरू बोर्खेसको कमसल संस्करण पनि बन्न सकेनन्। सारामागोले सचेततापूर्वक सामाजिक यथार्थ टिपेर गरेको साहित्यिक प्रयोग तिनका लागि सहयोगी बन्न सक्छ।

0 comments:
Post a Comment