Thursday, August 29, 2013

सम्पादक-जीवनको रहस्य

Book Review: Lucknow Boy A Memoir by Vinod Mehta

भर्खरै बजारमा देखापरेको एक ट्याब्लोइड पत्रिकाका सम्पादकलाई कसैले दिग्गज भारतीय पत्रकार विनोद मेहताको आत्मकथा लखनउ ब्वाय उपहार दिएछ । उपहार पाउने कति खुसी भए, त्यसको लेखाजोखा राखिएन । तर, एक पाठकका नाताले यो पंक्तिकारचाहिँ गद्गद् छ । यी नयाँ सम्पादकले मेहतालाई पढेर डेबोनेयरजस्तो महिलाका नांगा तस्िबर छाप्ने पत्रिकालाई लुकाएर हेर्ने मात्र नभई पढ्न पनि सकिने कसरी बनाए भन्ने बुझ्नेछन् । रस्िकन बन्डजस्तो उँचो व्यक्तित्व भएको लेखकले समेत त्यस पत्रिकाका लागि लेखे भन्ने रोचक तथ्य थाहा पाउनेछन् । र, पत्रिकालाई यत्तिको स्तर प्रदान गर्नु सम्पादकको सफलता हो भन्ने पनि महसुस गर्नेछन् । ती नयाँ सम्पादकका लागि मेहताको यस्तो सफलता प्रेरणादायी हुनसक्छ ।

मेहता भारतका अत्यन्त चर्चित र सफल सम्पादक हुन् । पछिल्लो समय उनी १६ वर्षदेखि आउटलुक साप्ताहिकको सम्पादन गर्दै आएका छन् । यसअघि भने उनले डेबोनेयरलगायत सन्डे अब्जर्भर, इन्डिया पोस्ट, इन्डिपेन्डेन्ट र पायोनियरजस्ता पत्रिकाको पनि सम्पादन गरे । उनको आगमनपश्चात् यी सबै पत्रिकाको स्तरोन्नति भयो र ती पढ्नलायकको दर्जामा पुगे । तिनै मेहताको आत्मकथा लखनउ ब्वाय यी सबै सफलताका कथा हाल्छ । तर, सफलता पाउन उनले सामना गरेका चुनौती र बेहोरेका समस्याको फेहरस्ित पनि हो यो किताब । यसका अलावा उनको व्यक्तिगत जीवनका आरोहअवरोह, उनले नजिकबाट चिनेका केही खास व्यक्तित्वका शब्दचित्र साथै पत्रकारतिा पेसा अपनाउन चाहने नयाँ पुस्तालाई केही 'टिप्स' दिनु पनि यस पुस्तकको विश्ोषता हो ।

आत्मकथा बजारमा आउनुअघि नै आउटलुकको १५औँ वाषिर्कोत्सव मनाउन निकालिएको विशेषांकमा मेहताले आफ्नो सम्पादन यात्राबारे एक रोचक पंक्ति लेखेका थिए । 'आउटलुक सुरु गर्नुअघिका तीन वर्षभित्र मैले तीनवटा पत्रिकामा काम गरेर छोडिसकेको थिएँ । आउटलुकमा आएपछि पनि धेरैले मलाई कहिले छोड्ने भनेर सोधिरहे । म गिनिज बुकमा सबैभन्दा बढी जागिर गुमाउने सम्पादकका रूपमा दर्ज हुनका लागि कडा प्रतिस्पर्धी भइसकेको थिएँ । तर, आउटलुकमा १५ वर्ष बिताइसकेपछि भने अब कहिले सेवानिवृत्त हुने भनेर सोध्नेको संख्या बढ्न थालेको छ ।' अर्थात्, सम्पादनको जिम्मेवारी बहन गर्ने क्रममा उनले सफलता हासिल गरे पनि कतै असहमतिहरू चुलिए र कतै उनलाई लामो समय काम गररिाख्ने जाँगर भएन । चाहेजस्तो काम गर्न नपाएकै कारण उनले जागिर समाउने र छोड्ने गररिहे । बन्द हुन लागेको डेबोनेयरलाई थोरै परमिार्जन गरेर ब्यूँताए तर एकदिन उनलाई भारतीय जनता पार्टीका शीर्षस्थ नेता अटलबिहारी वाजपेयीले भने, "पत्रिका पढ्नलायक छ तर तकियामुनि लुकाएर राख्नुपर्ने बाध्यता छ ।" त्यति मात्रै होइन, उनलाई भेट्न आउने साथीले ती पत्रिकामा निर्वस्त्र छापिएका युवती उनका कोठामा छन् कि भनी कुनाकुना छान मारे । त्यसैले मेहतालाई यस्तो लुकाएर पढ्नुपर्ने र उत्ताउलो पत्रिकाको सम्पादक बनिराख्ने उत्साह भएन । अनि, उनले पृथक् स्वरूपको सन्डे म्यागेजिनको अवधारणा बनाएर सुरु गरे सन्डे अब्जर्भर । आफ्नै खुसीले सन्डे अब्जर्भर छाडेपछि उनले इन्डियन पोस्टलाई पुनःजन्म दिए । तर, पछिल्लोमा पनि धेरै दिन टिकेनन् । राजनीतिक दबाबका कारण राजीनामा दिए । र, आफ्नो दलबलसहित उनी इन्डिपेन्डेन्टतिर लागे । यसमा २९ दिन काम गरसिकेपछि विवाद सिर्जना भयो, उनले छाडे । अर्को पत्रिका पायोनियरमा उनी सम्पादक भए तर चार वर्ष मात्र उनका नाममा लेखिएको रहेछ । यसमा चाहिँ उनले प्रकाशकसँग जुँगाको लडाइँ लड्नु पर्‍यो । त्यसपछि अर्थात् सन् १९९५ मा राजन राहेजाले लगानी गरेको आउटलुकमा उनी सम्पादक बने र अद्यापि उनको जागिर बँचेको छ ।

गम्भीर पत्रकारतिालाई 'पपुलर' बनाउन सकिनेमा उनी विश्वस्त थिए । र, त्यसका लागि सनसनीपूर्ण हुन जरुरी छैन भन्ने पनि उनले बुझेका थिए । फलस्वरूप, उनले आउटलुकलाई इन्डिया टुडेजस्तो लामो इतिहास भएको स्थापित पत्रिकाको प्रतिस्पर्धीका रूपमा खडा गरेर देखाए । भारतमा उत्ताउलो नभई पपुलर बनेका थोरै पत्रिकामध्येको एक हो, आउटलुक ।

सम्पादन कर्मको सफलताका पछाडि उनको व्यावसायिक ज्ञान त हो नै तर एक असल मानिस भएका कारण पनि उनी बलिया भएका हुन् । आत्मकथाको परचिय पृष्ठमा उनले यस्तो चाहना व्यक्त गरेका छन्, 'मेरो मृत्युपछि साथीभाइले 'ही वाज अ डिसेन्ट फेलो' -उनी एक असल मानिस थिए) भनिदिऊन्, मलाई पुग्छ ।' उनले आत्मकथा लेख्न देखाएको इमानदारीले पनि उनी डिसेन्ट -असल) मान्छे हुन् भन्ने पुष्टि गरेको छ ।

तेस्रो श्रेणीमा बीए पास गरेर बेलायत गएका मेहताले कोलम्बो प्लानको छात्रवृत्तिका बारेमा थाहा नपाएकै कारण एउटी प्रेमिका गुमाएको प्रसंग धक नमानी वर्णन गरेका छन् । त्यति मात्रै होइन, उनले अर्की एक प्रेमिकालाई गर्भवती बनाएपछि विवाह गर्न इन्कार गरेको लुकाएका छैनन् । ती स्वीस प्रेमिकाले गर्भपतन गर्न नमानेर बच्चीलाई जन्म दिएको र अहिले लगभग ३५ वर्षको हाराहारीमा पुगेकी आफ्नी छोरीसँग कुनै सम्पर्क नभएको पनि उनले उल्लेख गरेका छन् । मेहतासँगै कुनै बेला काम गरेका एक पत्रकार उनको इमानदारीबाट प्रभावित हुँदै लेख्छन्, 'म चाहन्छु लखनउ ब्वाय स्वीट्जरल्यान्डमा पनि छापियोस् र मेहताकी छोरीले यो किताब पढेर बाबु भेट्न आऊन् ।'

लखनउमा हुर्केका मेहता सन् १९६२ मा लन्डन जान्छन् । तर, उनी त्यहाँ कुनै उच्च शिक्षा हासिल गर्दैनन् । सानातिना काम गर्नु र पत्रपत्रिका पढ्नु नै उनको दैनिकी हुन्छ । बेलायतमा चर्चित बनेका सबै पत्रिका उनी बडो गहिरोसँग अध्ययन गर्छन् र नियमित पुस्तकालय धाउँछन् । यस क्रममा उनका पुराना मान्यता भत्कन्छन् । लेखक समरसेट मम, कवि विलियम ब्लेक र नेता जवाहरलाल नेहरूबारेका उनका पुराना बुझाइहरूमाथि ठूल्ठूला प्रश्नचिन्ह उभिन्छन् । कहिलेकाहीँ सुनेको कार्ल माक्र्सका बारे उनी इच्छुक हुन्छन् र अध्ययन थाल्छन् । माक्र्स वा माक्र्सवादपट्ट िकुनै स्पष्ट झुकाव नबढी नै उनी माक्र्सको सालिक हेर्न पुग्छन् । विश्वविद्यालयको कुनै डिग्री होइन, बरु यस्ता अनुभव लिएर मेहता भारत फर्किन्छन् ।

पुस्तकमा उनको व्यक्तिगत जीवनबारेको वर्णन त्यति छैन, जति एक सामान्य पाठकले अपेक्षा गर्न सक्छ । लन्डनबाट फर्केपश्चात् सुरु भएको आफ्नो पत्रकारतिाको कथा हाल्ने क्रममा उनले व्यक्तिगत जीवनभन्दा बढ्ता भारतको केन्द्रीय राजनीति उधिन्नतिर बढी समय खर्चेका छन् । त्यस क्रममा राजनीतिक खेलाडीहरू अटलबिहारी वाजपेयी, सोनिया गान्धी, शरद पवारलगायतका नेताका रंगरूप राम्रैसँग उतारेका छन्, उनले ।

अत्यन्त मीठासपूर्ण भाषामा लेखिएको पुस्तकले गम्भीरता गुमाएको छैन । अनेकन् विषयमा मेहताले गरेका पेचिला टिप्पणी पनि स्वादिला लाग्छन् । भीएस नयपालजस्ता अप्ठ्यारा मानिस र सफल लेखकसँगको उनको अन्तरंग सम्बन्ध, सलमान रुस्दीसँगको उतारचढावयुक्त सम्बन्ध, अरून्धती रोयसँगको दोस्ती सबै गसिप हुन् । तर पनि ती प्रसंगहरू महत्त्वहीन भने छैनन् । अरू त अरू उनले आफ्नो कुकुरको नाम 'एडिटर' राखेको प्रसंगले पनि सोचमग्न नै बनाउँछ ।

पत्रिकाका सम्पादकहरूबारे पुस्तकमा उनले गरेको टिप्पणी यति सटीक छ कि पत्रकारहरूलाई मनन गर्न बाध्य तुल्याउँछ, जो नेपाली पत्रकारका हकमा पनि हुबहु लागू हुन्छ भन्दा फरक पर्दैन । मेहता लेख्छन्, 'केही सम्पादकहरू आफैँले मुलुक चलाइरहेको ठान्छन् । सिंगो मुलुकको मुख्य एजेन्डा आफैँले निर्धारण गरेको सम्भिmन्छन् । उनीहरूले लेखेका अत्यन्त शक्तिशाली सम्पादकीय वा लेखको आयु केवल ३० मिनेट हो भन्ने उनीहरू भुसुक्कै बिर्सिन्छन् ।' (नेपाल साप्ताहिक)

0 comments:

Post a Comment