Book Review: Maobaadi Comradeharu Sanga by Arundhati Roy (Nepali Translation of Walking with Comrades)
अरुन्धती रोयले गुरेनीका पत्रिकालाई अन्तर्वार्ता दिँदा भनेकी थिइन्, 'तपाईं छत्तीसगढको कुनै एउटा गाउँमा बस्ने आदिवासी हो र तपाईंलाई वरपिरबिाट आठ सय प्रहरी घेरा हाली बस्तीमा आगो लगाउने र मान्छे मार्ने काम गररिहेका छन्, अब भन्नूस् तपाईं के गर्नुहुन्छ ? त्यस्तो अवस्थामा बाँचिरहेकालाई मैले अनशन बस्ने सल्लाह दिनू ? पहिल्यैदेखि भोकमा पिल्सिएर बसेकालाई अनशनको के अर्थ हुन्छ ? र, उनीहरूले भोक हडताल नै सुरु गरे भने पनि त्यो देख्ने र सुन्ने कसले ? त्यसैले म अप्ठ्यारो स्थितिमा छु। आफूले हतियार उठाउने हिम्मत नगरेकाले हिंसाको वकालत कसरी गरूँ ? तर, उनीहरूले जस्तो पीडा भोग्नु नपरेको मैले अहिंसाको मन्त्र जपिरहनु पनि उत्तिकै अनैतिक हुन्छ।'
अन्तर्वार्तामा व्यक्त गरेको 'अप्ठ्यारो' धरातलमै उभिएर रोयले आउटलुक पत्रिकाका लागि दुईवटा लामा निबन्ध लेखिन्। माओवादी प्रभावित क्षेत्र दन्तेवाडाको यात्रा गरेपछि उनले 'वाकिङ् विथ कमरेड्स' शीर्षकमा निबन्ध लेखिन्, जो अत्यन्तै चर्चित भयो। त्यसको समर्थन र विरोधमा प्रतिक्रिया सेलाइनसक्दै ६ महिनापछि उनले अर्को उत्तिकै लामो आलेख तयार पारनि्। 'टि्रकलडाउन रभिोलुसन' शीर्षकको सो निबन्धले भारतीय लोकतन्त्रलाई असफल र मनमोहन सिंहको सरकार तथा 'कहिल्यै चुनावको सामना नगरी शासन गर्न पाउने सिंगो कर्मचारीतन्त्र र न्यायपालिका'को उछितो काढ्यो। अनेक पुस्तक, भाषण र प्रतिवेदनहरूको अध्ययनपश्चात् लेखिएको सो निबन्ध तार्किक त छँदै थियो, उत्तिकै कडा प्रतिक्रियाहरू जन्माउन सफल पनि ठहरयिो।
यी दुवै निबन्ध नेपालीमा अनुवाद गरे, आन्विका गिरी र विकास बस्नेतले। भोगिराज चाम्लिङको सम्पादनमा यी दुई निबन्धको एउटा छरतिो संग्रह माओवादी कमरेडहरूसँग प्रकाशित भयो। अंग्रेजी भाषा र आउटलुकजस्ता पत्रिकामा पहँुच नभएका नेपाली पाठकका लागि सो संग्रह आउनु उपलब्धिपूर्ण मान्नुपर्छ। १० वर्षे माओवादी द्वन्द्व भोगेका नेपाली पाठकका लागि भारतीय माओवादी आन्दोलन चासोको विषय हुनु स्वाभाविक भएकाले सो संग्रहले हामीमाझ स्थान पाउनु स्वाभाविक हो। तर, रोयका निबन्धहरू अनुवाद गर्नु सजिलो काम भने होइन।
उनका निबन्धहरू आक्रोशपूर्ण मात्रै हुँदैनन्, भाषिक दृष्टिकोण र प्रस्तुतिका हिसाबले अत्यन्तै सुन्दर पनि हुन्छन्। उनको भाषा कवितात्मक लाग्छ। गड अफ स्मल थिंग्सजस्तो चर्चित उपन्यासकी स्रष्टा रोयसँग घटनाको वर्णन गर्ने शील्प शक्तिशाली छ। आर्किटेक्चरकी विद्यार्थी उनले आफ्नो कालीगढी उपन्यास र निबन्धहरू डिजाइन गर्न पनि प्रयोग गरेको प्रतीत हुन्छ। आठ हजार शब्दसम्मका निबन्ध पढ्न झिँझो लाग्दैन। कारण, सूचनालाई प्रस्तुत गर्ने र तिनले उब्जाउने जटिल प्रश्नलाई कविताजस्ता लाग्ने पंक्तिमा लेखिएका आलेख पढिसकेको धेरै समयसम्म मस्तिष्कमा तरंग उत्पन्न गराउने सामथ्र्य राख्छन्। सो सामथ्र्य पहिचान गर्न सक्नेले मात्रै रोयका निबन्ध अनुवाद गर्न सक्छन्। गिरी र बस्नेतले यस सत्यलाई आत्मसात् गरेका छन्। यद्यपि, कतैकतै ठाडो -लिटरल) अनुवाद हुन पुग्दा प्रस्तुति भुत्ते पनि भएको छ।
माथि संकेत गरएि अनुसार दुवै निबन्ध भाकपा माओवादीको वरपिर िघुमेका छन्। यसै मेसोमा भारतीय लोकतन्त्रका आइरोनी, सञ्चारमाध्यमहरूले बुनेका जटिल राजनीतिक समीकरण र सिंगो भारतको भविष्यमाथिको चिन्तन पनि निबन्धका विषयवस्तु हुन्।
दन्तेवाडाको जंगलमा माओवादी छापामारसँग यात्रा गर्दाको विवरण परम्परागत यात्रा-निबन्धजस्तो छैन। छापामारहरूका जीवनशैली र उनीहरूले देखाउने व्यवहारको वर्णनका बीचबीचमा आउने पार्टीको इतिहास र आदिवासी जनताले भोगेका दर्दनाक कथालाई रोमाञ्चक त भन्न नसकिएला तर मन उद्वेलित पार्ने खालका छन्। लेखकले भेटेका छापामार पात्रहरू कतिले हामीले कल्पना मात्र गर्नसक्ने अप्ठ्याराहरू भोगेका कथा सुनाउँछन्। यी सबै वर्णनले छापामार युद्धलाई जायज ठहर्याउन पृष्ठभूमि तयार पाररिहेको जस्तो पनि भान पर्न सक्छ। तर, त्यस्ता आततायीपूर्ण घटनाहरू ती सोझा गरबि आदिवासीहरूका जिन्दगीमा नघट्दो हो त उनीहरूले भोको पेटमा एके-४७ भिर्ने रहर गर्ने थिएनन्। सहरयिा पठ्ठोले भारी मोटरबाइक कुदाउँदा देखाएको तुजुकजस्तो होइन ती आदिवासी तन्नेरीले भिरेका गह्रुँगा हतियारहरू। तिनका बारेमा रोयको धारणा यसरी व्यक्तिएको छ, 'यी मान्छेहरू आफ्ना सपनासँग बाँचेका छन्, बाँकी संसार भने आफ्नो दुःस्वप्नसँग बाँचेको छ।'
तर, छापामार युद्धको वकालत गर्नु रोयको अभीष्ट होइन। त्यसो त उनले चारु मजुमदारको बुझाइ र बोलीमा रहेका कमजोरीहरूमाथि प्रश्न पनि उठाएकी छन्। मजुमदारपथकै अनुयायीका रूपमा पहिचान बनाएका भाकपा माओवादीले भन्ने गरेको दीर्घकालीन युद्धको वास्तविक अर्थ उनले दिएकी छैनन्। बरु, यस अवधारणामाथि उनले प्रश्नहरू गरेकी छन्। अर्थात्, उनी उत्तरहरू होइन, प्रश्नहरू लिएर निबन्धमा आएकी छन्। र, उनले उठाएका प्रश्नहरू केवल भारतीय संस्थापनपट्ट िमात्रै केन्दि्रत छैनन्। उनले माओवादीहरूलाई पनि प्रश्न गरेकी छन्। यद्यपि, उनी छापामारहरूप्रति सहानुभूति राख्छिन्। उनीहरूले कम्तीमा निमुखा जनतालाई आत्मसम्मान खोज्न सक्ने सामथ्र्य प्रदान गरेकामा खुसी व्यक्त गर्छिन्।
दोस्रो निबन्धले भारतले ढोल पिट्ने गरेको आर्थिक वृद्धि केवल मुठ्ठीभर मान्छेको मात्रै उन्नतिको कथा हो भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ। यसै पृष्ठभूमिमा हिंसात्मक आन्दोलन चर्केको रोयको जिकिर छ। यो निबन्ध लेखिनुको मुख्य कारण भने युद्धविरामका बेला सरकारले षड्यन्त्रपूर्वक गरेको माओवादी नेता आजादको हत्या नै हो। भिडन्तमा मारएिको भनिएका आजादलाई अत्यन्तै नजिकबाट ताकेर गोली हानेको पुष्टि गर्दै आउटलुकले नै समाचार छापेपछि रोयले सो निबन्ध लेखेकी हुन्।
'लोकतन्त्रको धराप' भनेर अनुवाद गरएिको पछिल्लो निबन्धमा रोयले मनमोहन सिंहलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको खास मान्छे भनेकी छन्। पी चिदम्बरमलाई कर्पोरेटको बफादार कामदारका रूपमा चित्रित गरेकी छन्। उनले सप्रमाण यस्ता दाबीहरू पेस गरेकी छन्। यी दुईले चलाएको सरकारले आदिवासीहरू बसोबास गरेका जग्गा र जंगल सबै कर्पोरेटलाई बेचेर केही सीमित व्यक्तिलाई खर्बपति बनाउने खेल खेलेको बताएकी छन्। यसका लागि भारतका मूलधारका सञ्चारमाध्यमले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको पनि उनले भनेकी छन्। र, प्राकृतिक स्रोतसाधन केही खर्बपतिलाई अझ धनी बनाउन बेपर्वाह सौदा गर्ने शासकलाई केही प्रश्नहरू गरेकी छन्, 'नदीको पानी नदीमै रहन दिन्छौ ? रूख जंगलमै छाड्छौ ? पहाडभित्रको बक्साइट त्यहीँ रहन दिन्छौ ?'
यस निबन्धमा पनि उनले माओवादीका तर्फबाट भएका गम्भीर गल्तीहरूप्रति आँखा चिम्लेकी छैनन्। उनले भनेकी छन्, 'माओवादीको वैचारकि जडता, भिन्न मतलाई सहनै नसक्ने उनीहरूको चर्चित खूबी, अन्य राजनीतिक संगठनहरूसँग काम गर्न नसक्ने प्रवृत्ति र सबैभन्दा मुख्य उनीहरूको एकोहोरो सैन्य मनोविज्ञानले गर्दा अब बदलिने शक्ति सन्तुलनमा उनीहरूले शासन गर्न गाह्रो छ।'
समग्रमा, रोयका निबन्ध पढ्नैपर्ने कोटीका छन्। (नेपाल साप्ताहिक)

0 comments:
Post a Comment