अंग्रेजी साहित्य तथा सांस्कृतिक सिद्धान्तका प्राध्यापक सञ्जीव उप्रेतीको पछिल्लो कृति 'सिद्धान्तका कुरा'को विमोचन कार्यक्रममा गुरुकुलको रिमाल नाटकघर त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग सम्बद्ध विद्यार्थी र प्राध्यापकहरूले खचाखच भरिएको थियो । अन्य विश्वविद्यालयमा पढ्ने अंग्रेजी साहित्यका विद्यार्थीको पनि राम्रै उपस्थिति थियो । यसले के संकेत गर्छ भने यो पुस्तक अंग्रेजी विभागमा अध्ययन-अध्यापन गर्नेले नै सबभन्दा बढी पढ्नेछन् । यो पंक्तिकार चाहन्छ, तिनीहरूले यो पुस्तक दोहोर्याएर पढुन् । कारण, अधिकांश विद्यार्थी र प्राध्यापकहरूका दैनिकीको ठूलै अंश यी सिद्धान्तका पहेलीमा जेलिएर बित्ने गर्छ । तर, सिद्धान्तको पढाइले उनीहरूको दृष्टिकोण स्पष्ट बनाउनुको सट्टा मानव जीवन र दुनियाँलाई बुझ्ने कर्म अझ अस्पष्ट र समस्याग्रस्त बनाइदिन्छ । परिणामस्वरूप उनीहरूका मस्तिष्क जार्गनहरूको गुदीहीन हाडे ओखरहरूले अतिक्रमित हुन्छन् । त्यसैले गहिरो बुझाइ र गतिलो विश्लेषणको ठाउँ छिपछिपे र सतही सिद्धान्तका गफले लिन्छ । रमरम बौद्धिकता छाँट्न यत्तिको विश्वविद्यालयीय ज्ञान काफी हुन्छ तर सो अवस्थाभन्दा एक कदम अगाडि बढ्ने हो भने उप्रेतीको पछिल्लो पुस्तक पढ्न जरुरी छ ।
केही दिनअघि एकजना अंग्रेजी साहित्यका विज्ञले एक दैनिक पत्रिकामा नेपालका राजनीतिक दलको राष्ट्रियतामाथि प्रश्न उठाउँदै लेखेको आलेखले सिद्धान्त पढेका हाम्रा विद्वान्हरू कति पानीमा छन् भन्ने स्पष्ट पार्छ । हाम्रा राजनीतिक दलले आफूलाई माक्र्सवादी वा माओवादी भनेकाप्रति उनले ठूलो रोष प्रकट गरेका छन् । विदेशी सिद्धान्तकार र दार्शनिकका नाममा रहेका सिद्धान्तबाट नेपालका दलले आफूलाई परिचित गराउनु अराष्ट्रिय हुनु हो भन्ने उनको तर्क थियो । सो तर्क सर्वथा कमजोर त हुँदै हो, तर आफ्नै तर्कको विरुद्ध आलेखको मुन्तिर आफू एक पश्चिमा विश्वविद्यालयको एल्मुनाई एसोसिएसनको नेपाल संयोजक भएको तथ्य उनले सगर्व उल्लेख गरेका छन् । सिद्धान्तको प्रयोगमा यो एक सर्वाेत्तम फत्तुरबाजीबाहेक केही थिएन । त्यसैले डाक्टर साहबहरूले उप्रेतीको 'सिद्धान्तको कुरा' पढिदिऊन् भन्ने आग्रह हो । उप्रेतीले पुस्तक लेख्न गरेको मिहिनेतले सिद्धान्तको नक्कले शान र फुर्तीलाई अलि निरुत्साहित गथ्र्यो कि !
सैद्धान्तिक वादविवाद चलिरहने नै छ । यो मेलोमा यस पुस्तकले प्राध्यापकहरूलाई सिद्धान्त पढाउन होलो बनाइदिन्छ भने विद्यार्थीलाई घोक्नुपर्ने यन्त्रणाबाट थोरै भए पनि मुक्ति दिन सक्छ । उसो भए के छ त 'सिद्धान्तका कुरा'मा ? प्रचलित साहित्यिक र सांस्कृतिक सिद्धान्तका सरल परिचय छन् । तीनका छोटा व्याख्या छन् । र छन् साहित्यिक सिद्धान्त बुझाउने हेतु गरिएका नेपालका केही सन्दर्भ र नेपाली साहित्यिक कृतिका प्रसंगसहितका छोटा चर्चाहरू । न्यू क्रिटिसिज्म -जसलाई उप्रेतीले नवसमालोचना भनेका छन्) देखि उत्तरआधुनिकता र पर्यावरणीय समालोचनासम्मका सिद्धान्तहरूका 'कुरा' गरिएका छन् पुस्तकमा । नेपाली साहित्यका सुम्निमा, अनुराधा, शरणार्थी, अवतरणजस्ता उपन्यासहरू र रंगवादी कविका केही कविताहरूका विषय र शिल्पलाई विभिन्न प्रसंगमा चर्चा गरिएको छ । नेपाली आधुनिकताका बारे लामो र मौलिक चर्चा यस पुस्तकको मुख्य विषयवस्तु हो ।
सर्वसाधारण पाठकका लागि भने आधुनिकता/उत्तरआधुनिकता र नेपालको 'वैकल्पिक' आधुनिकता नामका दुई लामा निबन्धहरूमा उठाइएका विषयहरू बढ्ता रुचिकर हुनसक्छन् । नेपालमा उत्तरआधुनिकताका बारेमा थुप्रै लेखिएको छ । तर, अर्थपूर्ण बहस भने कम भएका छन् । तीनखाले अतिवादी मतका चेपुवामा परेर सोझा पाठकहरू धेरै आहत भइसकेका छन् । अखबारहरूमा एकोहोरो गाली गर्ने, प्रशंसाका सस्ता फूलझडी भिराउने, र नबुझी बुझेको स्वाङ पारेर जटिलता थप्नेहरूकै
बढ्ता कुरा आएका छन् । त्यसैले यससम्बन्धी गम्भीर तर सबैले बुझ्ने भाषामा कसैले लेखिदिन जरुरी थियो । उप्रेतीले सो दिशामा महत्त्वपूर्ण जमर्को गरेका छन् । उत्तरआधुनिकताको अवधारणालाई सरलीकृत गर्दै उप्रेतीले लेखेका छन् ः 'उत्तरआधुनिकतावाद आधुनिकतावादको विश्वदृष्टिभन्दा बाहिरको धारा होइन । आधुनिकता र उत्तरआधुनिकतालाई छुट्टयाउने कुनै ठूलो खाडल पनि छैन । इतिहासको निरन्तरताले दुवैलाई बाँधेको छ । पँुजीको विकास र विस्तारको कथानकले दुवैलाई जोडेको छ । साहित्य र कलामा भएका शैलीगत प्रयोगको दृष्टिले पनि दुवै केही हदसम्म जोडिएका छन् ।'
उत्तरआधुनिकताका बारेमा चर्चा गर्नुअघि उनले आधुनिकता र आधुनिकतावादका फरकहरू छुट्टयाएर यी प्रत्येक महत्त्वपूर्ण अवधारणाहरूको व्याख्या गरेका छन् । उस्तै देखिने तर भिन्न अर्थ लाग्ने यस्ता अवधारणाहरूले सिर्जना गर्ने अन्योल चिर्ने गुणकारी प्रयत्न भएको छ पुस्तकमा । यस विषयमा उप्रेती लेख्छन् ः 'आधुनिकता सत्रौं र अठारौं शताब्दीदेखि विकसित हुँदै आएको व्यापक विश्वदृष्टि थियो । यसका विपरीत, आधुनिकतावाद भने साहित्य, चित्रकला, मूर्तिकला, भवननिर्माण कला, फिल्म तथा फोटोग्राफीजस्ता विधामा उन्नाइस्ाौं शताब्दीको उत्तरार्द्धदेखि हुँदै आएका विशिष्ट प्रयोगहरूको परिणाम थियो ।'
आधुनिकतावाद र उत्तरआधुनिकतावादका सबल र कमजोर पक्षहरूका बारेमा उप्रेतीले पेस गरेका बँुदाहरू उल्लेख्य छन् । यद्यपि पुस्तक अस्पष्टता र अपूरा विश्लेषणहरूबाट मुक्त भने छैन । केही उदाहरणहरू हेरौं । आधुनिकताकै चर्चा गर्ने क्रममा उप्रेतीले एक ठाउँमा लेखेका छन् ः 'उत्तरआधुनिक विचारले उच्चवर्गीय युरोपेली पुरुषका सत्य र सिद्धान्त मात्र सही र सटीक नभएर काला, खैरा, धनी, गरिब, पुरुष, महिला, श्रमिक तथा साहुकारसम्मका सबैका आआफ्ना सिद्धान्त र दृष्टिकोण, आआफ्ना सत्य हुन्छन् भन्ने मत प्रकट गरेको छ ।' यसो भनिरहँदा 'सत्य' र 'सिद्धान्त' भन्ने दुई खास शब्दहरूलाई लेखकले कसरी बुझेका छन्, स्पष्ट छैन । र उनका पाठकले कसरी बुझुन् भन्ने चाहन्छन् भन्ने पनि अस्पष्ट छ् । धनीको सत्य कस्तो हुन्छ ? अनि गरिबको सत्य भनेको के हो ? यदि दुई सत्यहरू फरक हुन् भने दुवै सत्यहरू एकैपटक कसरी सही हुनसक्छन् ? मानौं धनीले गरिबहरू आफ्ना भाग्यका कारण गरिब भएका हुन् भन्ने कुरालाई सत्य मानेको हुन्छ । त्यसैगरेर गरिबले धनीले शोषण गरेका कारण आफू गरिब भएको भन्ने कुरालाई सत्य ठानेको हुन्छ । अब उप्रेतीको तर्कका आधारमा भन्ने हो भने धनीको मात्रै होइन गरिबको सत्य पनि ठीक हो भन्नुपर्ने हुन्छ । यसरी धेरै ठाउँमा अस्पष्टताहरू देखिएका छन् । भाषिक कमजोरीका कारण पनि भन्न खोजिएका कतिपय कुराहरू स्पष्ट नभएका थुप्रै उदाहरण भेट्न सकिन्छ । भाषा सम्पादकले प्रुफ पनि राम्रोसँग नहेरेको छर्लङ्ग छ, वाक्य गठनका कुरा त परै छाडौं । अंग्रेजीको 'स्ट्रयाटेजिक इसेन्सलियालिज्म' लाई 'रणनित्यात्मक तात्त्विकता' भनिएको छ, जहाँ रणनीतिकभन्दा नै बढी सहज र स्पष्ट हुने थियो । विश्वव्यापीकरण र भूमण्डलीकरणजस्ता शब्दलाई एकै अर्थ आउने शब्दका रूपमा समान रूपले प्रयोग गरिएको छ । सैद्धान्तिक मीमांसा गरिएका पुस्तकमा कम्तीमा यस्ता शब्द प्रयोग गर्नुअघि स्पष्ट परिभाषासहित कुनै एउटा मात्रै प्रयोग गरेर एकरूपता ल्याउनु श्रेयष्कर हुन्छ । त्यसैगरी 'रिडर रेस्पोन्स' सिद्धान्तमा विश्वास गर्नेलाई 'पाठक प्रतिक्रियावादी' भनिएको छ । प्रतिक्रियावादी भन्ने शब्दले यहाँ अनर्थ निम्त्याएको छ । रिडर रेस्पोन्सलाई पाठककेन्दि्रत वा पठनकेन्दि्रत सिद्धान्त भन्न सकिन्थ्यो ।
माक्र्सवादी सिद्धान्त शीर्षकको आलेखमा उप्रेतीले माओवादी, एमाले, कांग्रेस सबैले इन्टरनेट प्रयोग गरेका र महिला र मधेसीलाई समेटेका आधारमा उत्तरआधुनिक हुन पुगेको भन्नेजस्ता धारणाहरू राखेका छन् । तर, यस्ता धारणालाई प्रमाणित गर्न उनले जति व्याख्या र विश्लेषण गर्नुपर्ने हो, त्यति आवश्यक महसुस गरेका छैनन् । यी सबै वाम र गैरवाम पार्टीहरूलाई एउटै डालामा हालेर
'उत्तरआधुनिक' भन्दा उनले सामना गर्नुपर्ने प्रश्नका आँकलन पनि उनले नगरेको देखिन्छ । अझ उनले उत्तरआधुनिकताको परिभाषामै संकट पैदा गरिदिएका छन् ।
यी सबै अस्पष्टताहरूका बाबजुद साहित्यिक र सांस्कृतिक सिद्धान्तमा चासो राख्ने नेपाली पाठकका लागि संग्रहणीय कृति तयार भएकोमा खुसी मान्नुपर्छ । विशेषतः विश्वविद्यालयमा अंग्रेजी अध्ययन/अध्यापन गर्नेका लागि भने लुइस टाइसनको 'क्रिटिकल थ्योरी टुडे' नामक गाइडमा घोत्लिन नपर्ने गरी सहयोगी सामग्री हुन सक्छ 'सिद्धान्तका कुरा' ।
प्रकाशित मिति: २०६८ श्रावण १४ ०२:५३ (कान्तिपुर दैनिक)

0 comments:
Post a Comment