सन् १८३९ मा रसियाली लेखक मिखाइल लर्मोन्तोवले अ हिरो अफ आवर टाइम अर्थात् हाम्रा समयका नायक भन्ने उपन्यास लेखे। उक्त उपन्यासको भूमिकामा उनले लेखेका छन्, 'मेरा पि्रय पाठकहरू, आवर हिरो अफ टाइम निश्चय नै एक पोट्रेट चित्र हो। तर, यो कुनै एउटा मानिसको चित्र होइन। यो त हाम्रा सबै पुस्ताले गरेका पापहरूको समष्टि रूप हो।' अर्थात्, उनले भनेको कथा 'एन्टी हिरो'हरूको कथा हो। वर्तमान नेपाली राजनीतिक फलकमा देखिएका हाम्रा नायकहरू कति पुस्ताले गरेका गल्तीहरूका पोट्रेट होलान्?
मुलुकमा अत्यासलाग्दो सुस्तता छ। सुस्तता अघि बढ्ने सवालमा छ। जनतालाई राहत दिने र संविधान निर्माण गर्ने जिम्मेवारीलाई सिंहदरबारको कीलामा झुन्ड्याएर के रमिता हेररिहेका छन् हाम्रा प्रतिनिधिहरू, बुझिनसक्नु छ। तर, पछि र्फकने यात्राको गति भने तीव्र छ। चाहे त्यो टनकपुर ब्यूँझाउने प्रसंगमा होस् वा दौरा-सुरुवाल प्रेममा होस्, अन्यत्र कतै गोचर नहुने हतारो देखिन्छ, हाम्रा शासकहरूमा। पञ्चायतकाल भोगेर आउनेलाई अहिले पञ्चायतको झल्को आइरहेको छ। ०४६ पछिका घुर्मैला दिन देखेको पंक्तिकारका लागि पञ्चायतको धङधङी नसकिएको 'श्रीपेचसहितको प्रजातन्त्र' पुनः घटित भइरहेको भान हुँदै छ। दृश्यपटमा महेन्द्र शाहका छायाँहरू सलबलाउँदै छन्। पञ्चायतको प्रेत जीवितै रहेछ भन्ने अनुमान सही हुँदै छ। केही समयलाई 'कोमा'मा गएको त्यो प्रेत अहिले सिंहदरबार वरपिरि कवाज खेलिरहेको छ।
यसै बेला काठमाडौँ सहरमा शिल्पी नाटकगृहले कोमा नाटक प्रदर्शन गररिहेको छ। जब पञ्चायती प्रेत कोमाबाट उठ्छ, मुलुक कोमामा जान्छ। जब नायकहरू आफँै आफ्नो नायकत्वलाई क्रूरतापूर्वक निमोठ्छन्, तिनको नेतृत्वमा विश्वास गर्नेहरू कोमामा जान्छन्। हेर्न नपाए पनि कुमार नगरकोटीले लेखेको यो नाटकको नाम अत्यन्त प्रासंगिक छ।
संयोगवश यसै बेला म पञ्चायतकालीन अनुभवको एक लामो बयान पढ्दै छु। पत्रकार किशोर नेपालको मेरो समय नामक आत्मकथाको पाण्डुलिपि पढ्ने अवसर आफैँमा गौरवको कुरा हो। तर, यसले हाल्ने कथा ज्यादातर असफलता र स्खलनकै हो। नेपालले राणाकाल, पञ्चायत र वर्तमानका संघर्षको स्मरण गर्दै सुरुकै पानामा यस्ता पंक्तिहरू लेख्नु भएको छ, 'संघर्षको आदि र अन्त्य थिएन। नेपाली सामाजिक र राजनीतिक इतिहासको रंगमञ्चमा मञ्चित यो यस्तोे नाटक थियो, जसमा सरकारी पक्षको एकोहोरो घात र प्रहारका विरुद्ध प्रतिघातको कुनै एक्सन नै थिएन। अचम्म छ, त्यही नाटक अहिलेसम्म पनि चलिरहेको छ।' लामो नाटक कतै निराशलाग्दो हुन्छ, कतै रोमाञ्चक र कतै विदारक। नाटककारमा जीवन बुझ्ने सीप छैन भने नाटकमा हास्य रसको पुट भर्न जान्दैन। दर्शकले खुसीको अट्टहास गर्न पाउँदैन। नेपाली राजनीतिक नाटकका धेरै चरणको पटाक्षेप हेर्दै आउनुभएको पत्रकारलाई समेत अचम्ममा पाररिहेको तर खुसी हुने मौका कमै दिएको राजनीतिले यो पंक्तिकारलाई अलमल्याउनु अनौठो भएन। अहिले चलिरहेको नाटकको पटाक्षेप कसरी हुन्छ, थाहा छैन।
माथि भनिएजस्तै नायक हुन नसकेका धेरै पात्रका कथा हाल्छ, मेरो समयले। सामाजिक सम्बन्धका आयामहरू यति जटिल हुँदा रहेछन् कि पात्रको कदले कहिले अग्लेर चुली छुन्छ र कहिले रसातलमा भासिन्छ, हिसाब लगाउनै अप्ठ्यारो हुँदो रहेछ। बीपी कोइराला वैचारकि रूपमा सबल, प्रतिभासम्पन्न व्यक्ति हुन् भन्ने बुझ्न उनका एक-दुई कृति पढे नै काफी हुन्छ। तर, उनी सफल नेता हुन सकेनन्। उनको नेतृत्व क्षमताले सफलताको शिखर चुम्नुअघि नै त्यस बेलाको सामन्ती सामाजिक सम्बन्धको जालोले उनलाई बन्दी बनाइदियो।
मदन भण्डारीको नियतिलाई मूल्यांकन गर्नु अप्ठ्यारो छ। उनले अघि सारेको जनताको बहुदलीय जनवाद नामको राजनीतिक कार्यक्रमलाई परख गर्ने कसी उनकै पार्टी एमालेलाई मान्ने हो भने त्यो परख गर्ने सज्जन नै अप्ठ्यारो स्थितिको सिकार हुन्छ। सेक्सपियरको पात्र हेमलेटले भोगेजस्तो विषादमय द्विविधाको भासमा ऊ डुब्न पुग्छ। एमालेका विद्वान्हरूमा त्यही सकसको स्पष्ट छायाँ देखिन्छ। कब्जियत रोगीले आफूलाई हलुका पार्न गरेको जस्तो कसरतमा फसेका छन्, उनीहरू यस बेला।
त्यसपछि स्मरण गर्नुपर्ने पात्र सायद गिरजिाप्रसाद कोइराला नै हुन्। उनलाई सफल नेता त मान्न सकिएला तर उनका स्खलनका अनेक विचित्र कथाहरू लिपिबद्ध नगरी नेपाली इतिहासको एक अध्याय पूरा हुँदैन। प्रचण्डको नेतृत्वमा भएको विद्रोह र त्यसको शान्तिपूर्ण पटाक्षेपमा उनी उत्तीर्ण नै भएका हुन्। तर, उनको नायकत्वमा आएको विचलन नै सायद अहिलेको सुस्तताको कारण हो। उनको मूल्यांकन हुन अझै बाँकी छ। जटिल सामाजिक सम्बन्धहरूको मेहेरोमा बाँधिएको एक नायक वा अनायकले गरेका कर्महरूको समष्टिगत असर आउँदा धेरै पुस्तासम्म पररिहने रहेछ।
यसर्थ, किशोर नेपाललाई अहिलेको किशोर नेपाल बनाउने उहाँको समय अर्धनायक र तिनका बेलाबेला अग्लिने र कुबेलामा निहुरमुन्टी हुने कदले नै बनाएको हो भन्न सकिन्छ। उहाँको समयमा जनताको व्यग्रता परावर्तित भएको छ। यहाँ वणिर्त आन्दोलनहरू त्यही व्यग्रताका अभिव्यक्ति हुन्। ती व्यग्रताहरू विभेदरहित र समृद्ध समाजको निर्माणको ऊर्जा हुन नसकेको असफलताको कथा हाल्न उहाँ अभिशप्त हुन पुग्नु दुःखदायी छ। कवि सेलीले भनेका छन् कि हाम्रा सुन्दरतम् गीतहरू तिनै हुन्, जसले हाम्रो वेदना कहन्छन्। यही भनाइमा मेरो समयले पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्ने प्रयत्न गरेको छ।
तर, लेखकहरूले वेदनाका सुन्दर गीत लेख्छन् भनेर कहिलेसम्म समयलाई उल्टो गंगा बगाउने छुट दिइरहने? समयलाई वेदनारहित बनाएर लेखकहरूलाई चुनौती दिने जिम्मा राजनीतिक नायकहरूकै हो। यद्यपि, आउँदा कति वर्षसम्म नेपाली लेखकहरूलाई यो चुनौती आउने छाँट देखिँदैन। बजारको प्रभावमा परेर हुन सक्छ, नायकहरू अचेल जनतालाई एसएलसी पास गर्न फास्ट फुड शैलीको टिप्स बाँड्नमा बढ्तै व्यस्त छन् ।

mơ thấy người khác mang bầu
ReplyDeletenằm mơ thấy máu là điềm gì
nằm mơ thấy nước là điềm gì
nằm mơ thấy cá là điềm gì
nằm mơ thấy phân
nằm mơ thấy tiền là điềm gì
nằm mơ thấy mình khóc
máy quét mã vạch
may in ma vach
nằm mơ thấy rắn
đặc sản tây ninh