Tuesday, April 15, 2014

सामन्तवादको वामदेव ताल

विद्वान् एलएस बरालले पञ्चायतकालीन मन्त्रीहरूको प्राज्ञिक अध्ययन गरेर 'द नेपाली मिनस्टि्रयल एलिट सिन्स १९६० : चेन्ज एन्ड कन्टिन्युटी अफ द पोलिटिकल एलिट' शीर्षकको आलेख तयार पारेका रहेछन्। त्यसमा उनले पञ्चायती मन्त्रीहरूका बारे यसो भनेका छन्, 'परविर्तन पक्षधरका विरुद्धको लडाइँमा पहिलो दस्तामा उभिएका नयाँ वर्गका मानिस हुन् यी।' उनले व्याख्या गरेका ती पञ्चायतकालीन एलिट मन्त्रीहरू र हालका मन्त्रीका चरत्रिबीच खासै भिन्नता लाग्दैन। समाज त पुँजीवादी बन्यो, समाजका अगुवाको चरत्रि र सोच्ने ढंगमा भने त्यो आधारभूत परविर्तनको अत्यन्त न्यून प्रभाव छ। त्यसैले यहाँ उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको एसएसपी रमेश खरेलविरुद्धको अभिव्यक्तिको सामान्य परीक्षण गर्न लागिएको छ।

गृहमन्त्री गौतम ठाडो बोल्छन्। आफ्नो असली चरत्रि छोप्ने गरी गुलिया शब्दजाल रच्ने उनको स्वभाव छैन। उनले प्रयोग गर्ने भाषामा उनको समग्र व्यक्तित्वको तस्बिर खिच्न सकिन्छ। काठमाडौँ प्रहरी प्रमुख रमेश खरेल चाकरी बजाउन उनको दैलोमा नपुगेकामा उनले देखाएको रोष उनको वास्तविक व्यक्तित्व हो। उनीबाट त्यसभन्दा बढी अपेक्षा गर्नु भूल हो। तर, दुःखदचाहिँ के हो भने नेपाली राजनीतिका कुनै अप्रतिम पात्र होइनन् गौतम। अझ उनको पार्टीभित्र त उनी एक्ला हुँदै होइनन्। 'डायलेक्टिक मेटियरयिलिज्म' वा 'पोलिटिकल लिबरलिज्म' काखीमा च्यापेर हरदम धूप, दीप, नैवेद्यको ध्याउन्नमा लाग्नेहरूको जमात ठूलो छ त्यहाँ। फरक यत्ति हो, उनका समकक्षीहरू बोल्दा व्यक्त हुने सामन्ती आशयलाई उदारताको आवरण भिराउन जान्दछन्।

सी राइट मिल्सका अनुसार व्यक्तिको जीवनी र समाजको इतिहासका मिलनविन्दुहरू खोज्नु नै समाजशास्त्रीय चिन्तन गर्नु हो। युवा संघको भेलामा गौतमले खरेललाई गरेको गालीलाई उनको व्यक्तिगत जीवनीको एक चरत्रि मान्दै गर्दा त्यो सामाजिक इतिहाससँग जोडेर पनि हेर्नुपर्ने हुन्छ। सयौँ नेताहरूका बीचमा चिन्तनको त्यो स्तर भएका उनी एक्ला मानिस हुन्थे भने त्यो बिलकुल उनको व्यक्तिगत दुःख हुन्थ्यो। तर, सत्तासीन हुन पुगेका र सत्ताका आकांक्षी बनेर बसेका सयौँको साझा चरत्रि नै वामदेव-चरत्रि हो।

हाम्रो समाजमा निर्वाचन जितेर कुर्सीमा पुगेका हरेकले आफूलाई सानो वृत्तको 'पेट्रन' अर्थात् कृपादाता सम्झिन्छ। भोट माग्दासमेत उसले आफूलाई जनताको प्रतिनिधिका रूपमा प्रस्तुत गररिहेको हुँदैन। बरू उही उदार कृपादाता बन्ने नै वाचा गररिहेको हुन्छ। गत निर्वाचनअघि गरिएका लम्बेतान घरदैलो त्यही कृपालु महाराज हुने ध्याउन्न थियो। हरेक नागरकिलाई उसको पेट्रन बन्ने आश्वासन बाँडेर भोट मागिएको थियो। सोझा जनताले केको विश्वासमा मत दिए भन्न सकिन्न तर मध्यम वर्ग भनेर चिनाइने गरिएको चतुर सहरयिाहरूको रोजाइमा भने आफ्ना पेट्रन हुन सक्ने उम्मेदवार नै परेको थियो।

घरदैलोमा जाँदा हरेक उम्मेदवारले त्यही क्षेत्रका आफ्ना स्थानीय एजेन्टहरूलाई लिएर गएका हुन्छन्। ती एजेन्टहरूलाई उप वा सह पेट्रनका रूपमा मतदाताका अघिल्तिर पेस गरिएको हुन्छ। अर्थात् भोलि जागिर खोजिदिने, विदेश जान भिसा मिलाइदिने वा छोराछोरीलाई छात्रवृत्ति दिलाइदिने अनेक खाले कृपा गर्न ती एजेन्टहरू उपयुक्त बिचौलिया हुने निक्र्योल गरेर एक भोट जोहो गरिएको हुन्छ। उम्मेदवारसँग सोझो चिनजान स्थापित गर्न सक्नेका लागि त उपपेट्रनको खाँचो पनि पर्दैन। त्यसैले मन्त्री वा तिनका पीएका मोबाइलमा हरदम छोरालाई जागिर वा छोरीलाई दाइजोका अनुरोधहरू अहोरात्र बजिरहन्छन्। पछिल्लो समय मन्त्रीका फोनका घन्टी सबभन्दा बढी बजाउने हुल्लडबाज गुन्डा, तस्कर र कथित डनहरू हुन्। निर्वाचनमा हुने करोडौँ खर्च यिनै तस्कर, कमिसनखोर र गुन्डाहरूका अवैध पैसा नै हो भन्ने कसैका अघि छिपेको छैन। अहिले सत्तासीनहरू सबभन्दा बढी यस्तै जमातका सुकिला पेट्रन भएका छन्।

निर्वाचनदेखि कुर्सीसम्मको सिलसिलामा त्यही पेट्रोनगिरीको एकरूपता देखिन्छ। कर्मचारीका सरुवा, बढुवालगायतका काम पनि उही कृपालु महाराजका रूपमा नै गर्ने हुन् मन्त्री र सांसदहरूले। यस्तो पृष्ठभूमिमा ठूलो यत्नपश्चात् गृहमन्त्री हत्याएका वामदेवले प्रहरी प्रमुखबाट चाकरी खोज्नु सामान्य हो। अहिलेसम्म खरेल उनलाई स्वस्ति गर्न नपुग्दा उनी रिसाउनु पनि सामान्य नै हुने भो।

कांग्रेस र एमालेबीच गृह मन्त्रालयका लागि रस्साकसी हुँदै गर्दा प्यूठानतिरका एक चिनारुसँग यो पंक्तिकारको भेट भएको थियो। त्यस क्रममा वामदेवबारेका प्रसंगहरू उनले सुनाएका थिए। वामदेवको किसान पृष्ठभूमिबारे उनी निकै जानकार रहेछन्। उहिल्यै गाउँमा उनले ऋण काढेर आफ्नो गर्जो टार्ने गरेको पनि उनले बताए। त्यसो त धेरै नेपाली वामपन्थी नेताहरू यही पृष्ठभूमिबाट उठेर आएका छन्। उनले ऋण लिने क्रममा कति जाली सामन्तहरूकहाँ तमसुक गरे हुनन् ! ती हरतिाल पोतेका तमसुकहरू उनले ऋण चुक्ता गरेपछि च्यातिए होलान्। तर, ऋण लिएर गर्जो टार्नुपर्ने अवस्थाबाट किसान आन्दोलन, माक्र्सवादको बाटो हुँदै दाइजो पेवा र हीरा-जवाहरातको तिजोरीसम्म आइपुग्दा वामदेवको मस्तिष्कबाट भने सामन्तवादको तमसुक च्यातिएको रहेनछ। वामपन्थी आन्दोलनमा लाग्नुअघि आफूलाई ऋण दिने त्यो आफन्तजस्तै सामन्त बन्छु भन्ने कुनै दिन उनले सपना देखेका थिए हुनन्। सम्भवतः उनको तमसुकमा भन्दा धेरै गाढा हरिताल उनले त्यस बेला देखेको सपनामा पोतिएको थियो। त्यो तमसुकजस्तै उनको सामन्त बन्ने सपना पनि च्यातिएनछ। लम्पट कर्मचारी र केही हुल्लडबाजको पेट्रन बनेर उनले त्यो सपना पूरा गरेका छन्।

नेपाली समाजको आर्थिक जग दलाल पुँजीवादी भएकामा धेरै विद्वान्हरू एकमत छन्। विद्यमान् आर्थिक लेनदेन र क्रियाकलाप हेर्दा त्यो विश्लेषणमा धेरै शंका गर्नुपर्दैन। त्यसो त एमाले वृत्तमा नेपाली समाज पुँजीवादी भएकामा लगभग सहमत हुने नेता वामदेव पनि हुन्। तर, बदलिएको आर्थिक परिस्थितिले उनको मस्तिष्कमा पोतिएको हरिताल राम्ररी उक्किएको रहेनछ। उनको पार्टीको दस्तावेजमा नेपाली समाज अर्धसामन्ती लेखिएको, उनी पुँजीवादी भएको विश्लेषणसँग सहमति जनाउँछन्। समग्र पार्टी हिँडेको नवउदारवादी र बाहुनवादी गोरेटो हिँड्छन् र कुर्सीमा बस्दा सानो वृत्तको कृपादाता हुन्छन्, बोल्दा भने आफूभित्रको सामन्त सग्लै प्रकट गर्छन्। विचित्रको जीवन बाँच्छन् कमरेड वामदेव गौतम। उनीजस्तै छन्, अरू धेरै कमरेडहरू जो आफूलाई तीन करोड नेपालीको प्रतिनिधि भएको दाबी गर्छन्।

सायद, यसैलाई लोकतन्त्रको सौन्दर्य भनिन्छ ।

नेपाल साप्ताहिकमा प्रकाशित (२०७० चैत ३०)

0 comments:

Post a Comment