उज्ज्वल प्रसाईं / काठमाडौ, भाद्र १५ -
अर्को भित्तामा टाँसिएको पुस्तकको पोस्टरमा मेरा आँखा धेरै बेरसम्म अडिए ।
लेखकको नाम पढें- समी अहमद खान । अर्थात् उही समी जो 'रेड जिहाद'को लेखक हो । जेएनयुको होस्टलमा मेरो पार्टनर यही लेखक हुनेछ ।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय -जेएनयु) घुम्न आउने पाहुना सायद सबभन्दा बढी यहाँका रंगीन भित्ताहरूतर्फ आकषिर्त हुन्छन् । अनेक किसिमका नारा र कविता लेखिएका पेन्टिङ र पम्पलेट पढ्दै हिँड्दा नवागुन्तकलाई रमाइलै हुन्छ । यस्तो लाग्छ मानौं विद्यार्थीहरू नोटबुकमा भन्दा भित्तामा बढी लेख्छन् । यहाँ के भइरहेको छ भन्ने जान्न पनि भित्तामा जताततै टाँसिएका सूचनांकित सेता पोस्टर हेरे पुग्छ । यी भित्ताहरूमा सिंगो विश्वविद्यालयको जीवन्तता छचल्केको हुन्छ । कुनै एक बिहान यी सबै भित्ता सपाट बने भने, त्यो जेएनयु, जेएनयु रहँदैन । लगभग सबै विद्यार्थीको दैनिकीको एउटा अंश भित्ता हेर्नमा बित्छ अर्थात् यो यहाँका विद्यार्थी जीवनको अभिन्न अंग बनिसकेको छ ।