उज्ज्वल प्रसाईं / काठमाडौ, भाद्र २३ -
तिमीले लु सुन पढेकी छौ ?' भर्खरै सुरु भएको कुराकानीलाई बलजफ्ती आफ्नैखाले बनाउन साहित्यतिर मोड्छु । ऊ नजिकै आइपुगेको नोर्बुलिंगका दरबार अघिल्तिर फुलेका फूलहरूलाई एकटक नियालिरहेकी छ । मेरो प्रश्न नबुझेको भाव अनुहारमा पोतेर ऊ सोध्छे, 'को भन्यौ ?' म फेरि दोहोर्याउँछु, 'तिमीहरूका एकजना घगडान क्लासिक लेखक छन् नी लु सुन, तिनका कथाहरू कत्तिको पढेकी छौ ?' हाँस्दै ऊ मैले लु सुनको गलत उच्चारण गरेको प्रस्ट्याउँछे र चाइनिज पाराले उच्चारण गर्छे । माने हल्लाउँदै मन्त्रोच्चारण गरिरहेका लामाहरूको गुनगुनका बीचबाट उसले 'ल्हु जुन' भनेको जस्तो सुन्छु ।
लु सुनका कथा नेपालीमा अनुवाद गर्ने खगेन्द्र संग्रौलाले जसरी उनको नाम लेखेका थिए, त्यसरी नै उच्चारण गरेको हुँ । अब उच्चारण सुधार्ने पक्षमा छैन म । दरबारको प्रांगणमा प्रवेश गरिसकेका छौं, मान्छेको भीड र हल्ला बढी नै छ । त्यसैले अलि ठूलो स्वरमा उसलाई भन्छु, 'तिमेरले जेसुकै भने पनि 'अ म्याड म्यान्स डायरी' लेख्ने ती बूढा हाम्रा लागि लु सुन नै हुन् ।' मैले यसो भन्दा ऊ बेपत्ता हाँस्छे । हामी नोर्बुलिंगका अर्थात् दलाई लामाको समर प्यालेसभित्र पस्छौं । उसको ठूलो हाँसो हलुका मुस्कानमा खुम्चिँदै बिस्तारै विलीन हुन्छ ।