जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Thursday, November 21, 2019

बौद्धिक युवाको एक्लोपना


उज्ज्वल प्रसाई /

हुलाकी /

काठमाडौँ — मानव समाजका जटिलता वृद्धि भएका छन् । पुराना संकटका नयाँ रूप सतहमा देखिएका छन्, कतिपय नौला संकट बोधगम्य छैनन् । मानव जीवन र दुनियाँको अस्तित्वसँग जोडिएका प्रश्नमा हिजो गरिएका कतिपय दार्शनिक चिन्तन विलुप्त हुने सम्भावना छ ।

बौद्धिक विलासका निम्ति ती मीमांसा कतै प्रयोग भएका हुन सक्छन्, तिनलाई अद्यावधिक गर्दै मान्छे र प्रकृतिको हित सोच्ने काम भने प्राथमिकतामा छैन । बजार आफैमा प्रभावशाली विचारधारा एवं समग्र राजनीतिक, सामाजिक र सांस्कृतिक अभ्यासको केन्द्र भएकाले प्राथमिकतामा स्वयं बजार छ ।

नेपाली लोकतन्त्रको परिकल्पनामा नभेटिएका अम्बेडकर

नेपाली लोकतन्त्रको परिकल्पनामा नभेटिएका अम्बेडकर। उज्ज्वल प्रसाई। २०७६ कात्तिक २८।

[पोडकास्ट] हार्लेमको बायाँ घुम्ती

उज्ज्वल प्रसाई / 
कवि अमृता प्रीतमले सहरलाई एक लम्बेतान बहस भनेकी छन् । कहिलेकाहीँ लाग्छ, सहरसँग जानीबुझी सर्जकका धुन र शब्दमा सवार हुने क्षमता हुन्छ, जिज्ञासु अन्वेषकका अघिल्तिर प्रश्न बनेर उभिने सामथ्र्य हुन्छ । आफ्ना मौलिकता र नक्कल, साउती र चिच्याहट, संगति र असंगति, रुप र बहुरुप, प्रतिरोध र समर्पणजस्ता विशेषताको कलात्मक रुपान्तरण गर्न जानेरै सायद कुनै ठाउँ सहर बन्छ । आफ्ना नाममा गतिला कविता वा गीत नलेखाएका सहर, सहरै होइनन् । पुँजी र नाफाको नीरस खेलमा निमग्न सहरको सतह उक्काएर हेर्न सके त्यहाँ गीत र कविताको प्रचुरता देखिन्छ ।

सन् १९६२ मा न्युयोर्क पुग्दाको विस्मयलाई बब डिलनले गाए, ‘पीपल गोइङ डाउन टु द ग्राउन्ड, बिल्डिङ गोइङ अप टु द स्काई... ।’ मानिस जमिनमुनि गइरहेका, घर आकाशतिर लम्किरहेका । धमाधम आकाश ताकेर उँभो लम्केका असंख्य घरअघिल्तिर सडकमा पाइला चाल्दा मैले न्युयोर्केली कवि एलेन गिन्सबर्गलाई पनि सम्झेको थिएँ । भनिन्छ, वाचन गर्दा मात्र अर्थ खुलाउन सकिने उनको ‘हाउल’ कवितामा स्वयं म्यानहाटन गुन्जिन्छ । ‘ड्रिम्स ! एडोरेसन्स ! इल्युमिनेसन्स ! रिलिजन्स ! द होल बोटलोड अफ सेन्सिटिभ बुलसिट !’ न्युयोर्कजस्ता सहर निर्माण गर्ने व्यवस्थाको असली आवाज सुनाउन सहरले नै गिन्सबर्गहरु हुर्काउँछ ।

राष्ट्रवादको अप्ठ्यारो परीक्षण


उज्ज्वल प्रसाई /

हुलाकी /

काठमाडौँ — नेपाल र भारत दुवैतर्फ राष्ट्रवादलाई मुख्य विचारधारा मान्ने राजनीतिक शक्तिहरू सत्तामा छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताका रूपमा स्विकारेर नेपाली जनसंख्याको उल्लेख्य हिस्साले विजित तुल्याएको हो ।

भाजपाका नेता नरेन्द्र मोदीलाई पनि ‘भारत माता’ का असली सपूतका रूपमा स्विकारेर भारतीय जनसंख्याको ठूलो हिस्साले दोस्रो पटक प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको हो ।

दुवै राष्ट्रवादी सत्ताले आफूलाई सफल भूराजनीतिक खेलाडी भएको पटक–पटक दाबी गर्ने गरेका छन् । विदेश सम्बन्धमा नयाँ आयाम थप्दै आ–आफ्ना मुलुकलाई बलियो बनाएको दाबी गर्ने यी दुई राष्ट्रवादी सत्ताको आपसी सम्बन्ध सुमधुर भएको बताइन्छ । यसैबीच भारतले नेपालको कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो दाबी गर्दै राजनीतिक नक्सा (म्याप) प्रकाशित गर्‍यो । आइन्दा भारतले बलमिच्याइँ नगर्ने नेपाली सत्ताको दाबी खण्डित भयो ।भारतका राष्ट्रवादी मतदातालाई रिझाउन नरेन्द्र मोदीको सरकारले हालसालै ठूलो उपहार दिएको थियो ।